समाज

    Showing 3,591-3,600 of 11,034 items.
  • मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन

    रामेछाप— रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको छ । पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरूले उपचारका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।मन्थली नगरपालिकाले सञ्चालन गर्दै आएको उक्त नगर अस्पतालमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पनि बिरामीको लामो लाइन देखिने गरेको छ । अस्पतालमा आउने बिरामीहरूको संख्या बढ्दै जाँदा उपलब्ध स्वास्थ्यकर्मीले सबैलाई समयमै सेवा दिन कठिन भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। केशवसिंह धामी बताउँछन् ।अस्पतालमा उपचारका लागि आउने बिरामीहरूका अनुसार बिहान अस्पताल पुगेपछि दिनभरजसो समय उपचारकै लागि कुर्

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 561 पटक पढिएको
  • अन्तर्राष्ट्रिय स्तरको डेलिभरी सेवा प्रदान गर्ने एजी एक्सप्रेस हेटौँडामा पनि सञ्चालन

    हेटौँडा— अन्तर्राष्ट्रिय स्तरको डेलिभरी तथा कुरियर सेवा प्रदान गर्ने एजी एक्सप्रेसले हेटौँडामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।उद्घाटन कार्यक्रम बोल्दै पूर्व प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले मकवानपुरका घरेलु उद्योग सञ्चालकका लागि एजी एक्सप्रेसले विदेशसम्म उत्पादन पु¥याउने सजिलो माध्यम प्रदान गर्ने बताएका छन् । उनले महिलाहरूले वडा समूहबाट उत्पादन गरी गुणस्तरीय सामान बनाउन सके विदेशमा पठाउन झन्झट नहुने बताए ।कार्यक्रममा कम्पनीका ग्लोबल सिइओ तथा अध्यक्ष तुलसी उप्रेतीले हेटौँडा शाखामार्फत मकवानपुर र आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराइने जानकारी दिए । उनले कम्पनी हङक

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 478 पटक पढिएको
  • माघमा मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा सिमित

    काठमाडौं— गत माघ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो ।प्रतिवेदनअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को सात महीनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.८६ प्रतिशतभन्दा निकै कम हो ।खाद्य समूहअन्तर्गत तरकारीको मूल्य

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 528 पटक पढिएको
  • निर्वाचन प्रहरीको काम चुनौतीपूर्ण रहेछः रमा गौतम

    काठमाडौं— कार्यक्रममा निर्वाचन प्रहरी रमा गौतमले छोटो समयका लागि भए पनि देशको सेवामा योगदान दिन पाएको अनुभव साझा गरिन् । उनले बाहिरबाट हेर्दा सजिलो देखिए पनि निर्वाचन सुरक्षाको काम व्यवहारमा चुनौतीपूर्ण रहेको बताइन् । साथै ४५ दिनको अवधिमा नेपाल प्रहरीले दिएको साथ, सहयोग र सम्मानले कामलाई सहज बनाएको उनको भनाइ थियो ।उनले भनिन्, ‘मैले कहिले पनि सोचेको थिएन थोरै समयको लागि भए पनि देशको लागि योगदान दिन सक्छु भनेर । बाहिरबाट हेर्दा जति सजिलो छ त्यो साच्चै सजिलो छैन । माया इज्जतको साथ हामीहरुलाई यो ४५ दिन सहज बनाउनु भयो नेपाल प्रहरीले धन्यवाद । यस वर्षको निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी मातहत रहन

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 455 पटक पढिएको
  • ललितपुरमा निर्वाचन प्रहरीको बिदाई, योगदानको प्रशंसा

    काठमाडौं— फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको विहीबार बिदाई गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गरिएको हो ।कार्यक्रममा बोल्दै ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख होविन्द्र बोगटीले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको योगदान महत्वपूर्ण रहेको बताए । उनले निर्वाचन प्रहरीलाई देशले विश्वासका साथ महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै निर्वाचन अवधिभर उनीहरूले प्रहरीसँगै सारथीका रूपमा काम गरेको बताए ।उनले भने, ‘भर्खर आफ्ना केह

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 488 पटक पढिएको
  • हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौंः कमल थापा

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् ।बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन् ।उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।थापाले लेखेका छन,‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धत

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 479 पटक पढिएको
  • १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरणमा न्याय माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म र्याली

    काठमाडौं— सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा गत शनिबार मृत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशा विक को बलात्कारपछि हत्याको घटना प्रहरी र प्रारम्भिक अनुसन्धानका आधारमा पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको जनाएको छ।सो घटनाले देशभर नै विरोध प्रदर्शनलाई तिब्र पारेको छ। आज काठमाडौंको माइतीघर मण्डला देखि बानेश्वर सम्म र्याली निकालेर युवाहरु, दलित अधिकारकर्मी, विद्यार्थी र सामाजिक अभियन्ताहरुले पीडकलाई कडा कारबाही गर्न र सामाजिक रूपले बढ्दो महिला तथा दलितमाथि हिंसा रोक्न सरकारलाई माग गरेका छन्।प्रदर्शनमा सहभागीहरुले ‘इनिशाल

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 493 पटक पढिएको
  • चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

    काठमाडौं— निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र गुरुआमाको टिजर सार्वजनिक भएको छ । सुनारले आफ्नो जन्मदिनको अवसर पारेर एक मिनेट तीन सेकेण्ड लामो टिजर आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।टिजर सार्वजनिक गर्दै सुनारले भनेका छन्, ‘आज मेरो जन्मदिनको विशेष अवसरमा हाम्रो बहुप्रतीक्षित चलचित्र ‘गुरुआमा’ को टिजर सार्वजनिक गर्दै कथाको सानो झलक मात्र प्रस्तुत गरेका छौं ।’ उनले दर्शक, दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा आदरणीय शिक्षकहरूलाई टिजर हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।निर्माता सुनारका अनुसार चलचित्र मनोरञ्जनका लागि मात्र नभई करिब दुई घण्ट

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 512 पटक पढिएको
  • पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा  ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ  ।पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो ।नेपाल इन्जिनियरिङ कलेजभित्रै अनियमितता मिलाउन भन्दै ७८ लाख घुस लिएको विषय बाहिर आएपछि महाअभियोगको डरले पाठकले राजीनामा दिएका थिए । घुस लिएर काम नभएपछि रकम लगानी गरेको समूहले घुस लेनदेनब

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 463 पटक पढिएको
  • श्रेष्ठको हत्याह आरोपित पक्राउ

    सुनसरी— धरान उपमहानगरपालिका–५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय भरत बिकलाई प्रहरीले पक्राउ गरेको छ ।धरान उपमहानगरपालिका–१५ स्थित वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले भरतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 495 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.