समाज

    Showing 3,591-3,600 of 6,681 items.
  • जिप दुर्घटना हुदा चार जनाको घटनास्थलमै मृत्यु

    डडेल्धुरा— जिल्लाको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।उनका अनुसार ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश बिक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 473 पटक पढिएको
  • हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    काठमाडौं – रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणधीन अवस्थामा रहेको ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गर्दा आफूहरु ठगिएको आरोप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले लगाएका छन् ।उनीहरुले ब्लु डाइमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङ(संजिव) र  अपर मैलुङ हाइड्रो पावर कम्पनीमाथि यस्तो आरोप लगाएका हुन् । सोसाइटीका सदस्यहरुले हाइड्रोपावरमा शेयर लगानी गरिदिने भन्दै गुरुङले समूदायका व्यक्तिहरुमार्फत रकम उठाएर हिनामिना गरेको आरोप लगाएका छन् ।नेपाल न्यूज बैंकको स्टुडियोमा भिडियो अन्तरवार्ता दिएका सोसाइटीका तीन जना सदस्यले गुरुङ

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 551 पटक पढिएको
  • महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास, तीन कर्मचारी पक्राउ

    हुम्ला— हुम्लाको ताँजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयासको आरोपमा तीन जना स्वास्थ्य संस्था कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार ती तीनै जनाले मदिरा सेवन गरेर पीडित स्वास्थ्यकर्मीको कोठामा प्रवेश गरी अभद्र व्यवहार गर्दै सामूहिक बलात्कार प्रयास गरेका थिए।घटना मंगलबार राति करिब ११ बजे तिर भएको बताइएको छ। घटनाको जानकारी पाएपछि छप्रेला प्रहरी चौकीबाट खटिएको टोलीले तत्कालै तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसप

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 608 पटक पढिएको
  • आज महानगरको निर्णयविरुद्ध कवाड व्यवसायीको घेराउ कार्यक्रम

    काठमाडौं— कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ।कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ।बिहान ११ बजे भृकुटी मण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरुको कार्यक्रम छ।

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 478 पटक पढिएको
  • आज ऋषि पञ्चमी अर्थात सप्तऋषिको पूजा आराधना गरी मनाइदै

    काठमाडौं— भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउदै छन्।आजकोदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।अरुणन्धतीसहित सप्तऋषि कश्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्न

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 503 पटक पढिएको
  • युएईबाट रेड नोटिस अभियुक्त नेपाल फिर्ता

    काठमाडौं— मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका फरार अभियुक्त कलबहादुर बस्नेतलाई युएईबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।कीर्तिपुर नगरपालिका–४, गाम्चामा बसोबास गर्दै आएका रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का स्थायी बासिन्दा बस्नेतलाई अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा एनसीबी अबुधाबी, युएईको समन्वयमा पक्राउ गरिएको हो।उनलाई सोमबार नेपाल ल्याइएको र सम्बन्धित मुद्दामा कारबाही अगाडि बढाउन मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको नेपाल प्रहरीको भनाइ छ।उनीविरुद्ध इन्टरपोल महासचिवालयमार्फत २०८१ पुस ११ गते रेड नोटिस जारी गरिएको थियो। रेड नोटिस न

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 474 पटक पढिएको
  • पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

    काठमाडौं— अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद ऐन महर केही घण्टामै हाजिरी जमानीमा रिहा भएका छन्।सशस्त्र प्रहरीको संगठन सञ्जालमार्फत अपहरण गरी फिरौती असुल्ने गिरोहसँग सम्बन्ध रहेको आरोप लागेका महरलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो। उनलाई प्रहरीले काठमाडौंको मिनभवन क्षेत्रबाट पक्राउ गरेको थियो।पक्राउ परेको केही घण्टामै जिल्ला सरकारी वकिलको कार्यालयको सिफारिसमा हाजिरी जमानीमा छाडिएको प्रहरी स्रोतले जानकारी दिएको छ।यस्तो थियो आरोप !प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महरमाथि अपहरणमा संलग्न रहेको, फिरौतीका लागि दबाब दिने गिरोहसँग

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 552 पटक पढिएको
  • सामाजिक सञ्जाल नियमन गर्न सरकारको नयाँ कदम, सूचीकृत नभए निष्क्रिय गरिने

    काठमाडौं— सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकरणको अन्तिम चेतावनी दिएको छ। सात दिनको समयसीमा तोकी सूचीकृत नभए निष्क्रिय बनाइने निर्णय सरकारले गरेको हो।बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जालसम्बन्धी निर्देशिकालाई आधार बनाउँदै फेसबुक, ट्विटर (एक्स), ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सम्पर्क गर्न आह्वान गरेको हो।सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भने, 'निर्देशिका २०८० र सर्वोच्चको आदेशअनुसा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 626 पटक पढिएको
  • युरोप पठाउने प्रलोभनमा नेपाली ठग्ने गिरोहका दुई जना दिल्लीमा पक्राउ

    काठमाडौं— युरोप पठाइदिने प्रलोभन देखाई नेपाली नागरिकसँग ठगी गर्ने गिरोहका दुई सदस्यलाई भारतीय सुरक्षाकर्मीले नयाँ दिल्लीबाट पक्राउ गरेको छ।दिल्ली क्राइम ब्रान्चको टोलीले ४१ वर्षीय जयकाब र ४२ वर्षीय रुपेश नाम गरेका दुई जनालाई पक्राउ गरेको हो। उनीहरूले बेरोजगार नेपाली युवा–युवतीलाई सर्बिया पठाइदिने भन्दै नयाँ दिल्लीमा बोलाएर ७० लाख भारु बराबरको ठगी गरेको अनुसन्धानबाट खुलेको छ।पक्राउ परेका जयकाब भारतको उत्तर प्रदेशको बिजनौर जिल्लाका बासिन्दा हुन्। उनले नेपालसँग सीमा जोडिएको उत्तराखण्डको पिथौरागढमा अध्ययन गरेका कारण नेपाली भाषा राम्रोसँग बोल्न जान्ने र विश्वास दिलाउन सहज हुने गरेका थिए।रुपेश भने ब

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 561 पटक पढिएको
  • करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं— बर्दिया र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका(१ भुरीगाउँ बस्ने ३६ वर्षीय भीमलाल थारूको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका—७ सुन्दरपुरस्थित विद्युतको पोलमा चढी नेट बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी, मोरङको बेलबारी नगरपालिका—८ बरियातिझार बस्ने ३७ वर्षीय गोपाल श्रेष्ठको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नै घरको कलमा पानी तान्ने विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 552 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा