समाज

    Showing 3,621-3,630 of 9,914 items.
  • क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

    काठमाडौं— क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ ।आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने चेतावनी दिए ।तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुदमन्त्री बब्लु गप्तामार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको बताए ।‘पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधी

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 489 पटक पढिएको
  • मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै निर्वाचन आयोग

    काठमाडौं— निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ ।सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौं, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। तालिम सञ्चालन गर्न आयोगका पदाधिकारी र सम्बन्धित कर्मचारी कार्यविभाजन गरी खटिइसकेका छन् ।तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको र ती प्रशिक्षकले थप तालिम सञ्

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 490 पटक पढिएको
  • सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

    जनकपुर— सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित हाल बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको छ ।लुम्बिनी बिल्र्डसका साईट इन्चार्ज सुदिप थापाका अनुसार देनिक ४० देखि ५० जना कामदारहरुको टोलीले पुल मर्मत र संरचना निर्माणको कार्य गरिरहेको छ । पप्पु लुम्बिनी जेभीले पुल निर्माण गर्ने ठेक्का पाएपनि पप्पु कन्सट्रक्सनलाई सरकारले कालो सूचिमा राखेकोले अब लुम्बिनी बिल्डर्सले एक्लै बाँकी निर्माण कार्य र ममर्तका कार्यहरु गरिरहेको साईट इन्चार्ज थापाले बताए ।उन

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 527 पटक पढिएको
  • महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली

    काठमाडौं— नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।फेसबुक स्टाटस लेख्दै उनले दिल्लीमा भएको तामाङको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै दिवंगत कलाकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । तामाङको निधनपछि विभिन्न सञ्चारमाध्यम, कलाकार तथा संगीतप्रेमीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 543 पटक पढिएको
  • डा.शेखरको सन्देश: म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन्

    काठमाडौं— नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए । पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने प्रष्ट पारेका छन् ।उनले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दावी गर्दै आफ्नो परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन भएको स्पष्

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 449 पटक पढिएको
  • कलेजो रोगसँग सम्बन्धी ९९ प्रतिशत उपचार नेपालमै सम्भव छः डा.विकास जैशी

    काठमाडौं— कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ ।तर पछिल्लो समय अस्वस्थकर जीवनशैली र खानपानमा कारण नेपालमा कलेजोको रोग बढ्दो क्रममा रहेको चिकित्सकहरु बताउँछन् ।कलेजोका विरामीहरुको एकिन डाटा नभएतापनि सामान्य बिरामीहरूको संख्या नेपालमा रोग बढ्दो रहेको हेपाटोलोजिष्ट डाक्टर विकास जैशी बताउँछन् ।उनले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराए ।उ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 493 पटक पढिएको
  • राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छः उपराष्ट्रपति यादव

    काठमाडौं— उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने बताएका छन् ।राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले मुलुकलाई एक सूत्रमा बाँध्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै आजको दिनलाई सोही सम्मानको रुपमा मनाउनु पर्ने बताए ।उनले भने, ‘पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीको रुपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिन्छ । मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्ख

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 500 पटक पढिएको
  • सिमलताल बस दुर्घटनाको ६ महिनापछि त्रिशूली किनारमा बसको अवशेष फेला

    काठमाडौं— गत वर्ष नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एकको अवशेष छ महिनापछि भेटिएको छ। तनहुँको आँबुखैरहनी गाउँपालिका–५, द्वोन्द्राङ बेँसीस्थित त्रिशूली नदी किनारमा बालुवामा पुरिएको अवस्थामा बसको भाग देखिएपछि अहिले त्यसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।दुर्घटनास्थल सिमलतालबाट करिब २०० मिटर तल तनहुँतर्फको किनारमा अवशेष फेला परेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार स्थानीयले माछा मार्ने क्रममा जाल अड्किएपछि खोतल्दा बसजस्तै वस्तु देखिएपछि प्रहरीलाई जानकारी दिएका थिए।अवशेषको बाहिरी भाग निलो देखिएक

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 531 पटक पढिएको
  • विशेष महाधिवेशन प्रतिनिधिले भरिभराउ भृकुटीमण्डप

    काठमाडौं— नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भृकुटीमण्डप परिसरमा सुरु भएको छ । दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता(कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ भएको छ ।विभिन्न ६ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपतर्फ बढिरहेको छ । महाधिवेशन उद्घाटन कार्यक्रमका लागि तयार पारिएको मञ्च परिसर खचाखच छ । उद्घाटन समारोह सकिएपछि भृकुटीमण्डपमै बन्दसत्रको आयोजना हुनेछ ।भृकुटीमण्डपमै प्रतिनिधिहरूको नाम दर्ता पनि चलिरहेको छ । ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस निस्किएका छन् । पद्मकन्या

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 471 पटक पढिएको
  • मिस लिटिल नेवाको ट्यालेन्ट शो सम्पन्न

    काठमाडौं— नेवार समुदायका बालिकाहरुको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले मिस लिटिल नेवाको १५औँ  संस्करणअन्र्तगत शनिवार राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ ।गौशालास्थित होटेल पौवामा सम्पन्न ट्यालेन्ट शोमा मिस लिटिल नेवाका ९ देखि १३ बर्षका २० प्रतिस्पर्धीले आपूmमा अन्र्तनिहीत विभिन्न कला प्रदर्शन गरे ।प्रतिस्पर्धीहरुले नृत्य, स्केटिङ, जिम्न्याष्टिक, चित्रकला, भ्वाइलीन वादन, धिमे वादन, चर्या नृत्य, कुमारी नृत्य, बज्रयोगिनी नृत्य, स्केचजस्ता विविध प्रतिभा प्रदर्शन गरेर निर्णायक र अभिभावकलाई आकर्षित गर्ने प्रयास गरे । ट्यालेन्ट शोमा प्रायः प्रतिस्पर्धीले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 492 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.