समाज

    Showing 3,621-3,630 of 6,681 items.
  • नाबालिका बलात्कार आरोपमा युवक पक्राउ

    झापा— १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका–३ बस्ने १९ वर्षीय जीवन कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।उक्त घटना गत असार १४ गते राति भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी कान्छी आमाले गत सोमबार दिएको जाहेरीको आधारमा कटुवाललाई पक्राउ गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 500 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

    काठमाडौं— दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन् । भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार राति ९ बजे तिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोट लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृत

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 504 पटक पढिएको
  • सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको सनाखत, ४ जनाको उपचार हुदै

    काठमाडौं— गएराति झापाको कन्काईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको पहिचान खुलेको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कन्काई नगरपालिका–८ बिरीङ पुल नजिक सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान आपसमा ठोक्किँदा भ्यान चालकको मृत्यु भएको थियो भने एकै घरका चार जना घाइते भएका थिए। ज्यान गुमाउने भ्यान चालक झापाकै शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटा भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। परिवारका सदस्यबाट सनाखत भएपछि प्रहरीले उनको शव पोष्टमार्टमको लागि अस्पतालमा राखेको छ। द

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 526 पटक पढिएको
  • भोटेकोसीमा जिप खस्दा चालक र सहचालक बेपत्ता

    सिन्धुपाल्चोक— जिल्लाबाट चीन जोड्ने भोटेकोसी गाउँपालिका—४ हिन्दीमा मंगलबार बोलेरो जिप भोटेकोसीमा खस्दा चालकसहित २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सर्लाही बरथहवा नगरपालिका—२ बस्ने २३ वर्षीय चालक राजेशकुमार कुसवाह र २५ वर्षीय सहचालक राम प्रवेश महत्तो रहेका छन् । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ को जिप सडकबाट भोटेकोसी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका जिल्ला प्रहरी सिन्धुपाल्चोकले जनाएको छ । बेपत्ता भएका दुबै जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।दुर्घटना भएको जिपलाई एक्स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा एक पुरुष व्यक्तिको शव भोटेकोसी नदीले बगाएको थि

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 453 पटक पढिएको
  • राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन्।राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथासक्य पहल गरिदिन आग्रह गरेका हुन्। पौडेलले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन्।राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह ग

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 535 पटक पढिएको
  • रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

    काठमाडौं— गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ। यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो।यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु बजारमा अभाव सृजन

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 512 पटक पढिएको
  • बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न न्यौपानेको नेतृत्वमा समिति गठन

    काठमाडौं— नेपाल बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन गरेको छ। बारले वरिष्ठ अधिवक्ता एवं न्याय परिषद्का पूर्वसदस्य उपेन्द्र केशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो।नेपाल बार एसोसिएसनको विधान, २०४८ बमोजिम केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार फैसला अध्ययन समिति गठन गरिएको महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार समितिबाट अध्ययन भई सम्पादन भएका कार्यहरु सहितको प्रतिवेदन वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक जानकारीका लागि प्रकाशन पनि गरिदिनेछ।समितिको सदस्यमा डा.सुष्

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 512 पटक पढिएको
  • भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

    नेपालगन्ज— भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन्।भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी संक्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिए। बिरामीले एक वर्षमा रु तीन लाखबराबरको डाइलायसिस सेवा पाउनेछन्। अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायस

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 554 पटक पढिएको
  • हैजा फैलिएपछि वीरगन्जका विद्यालय ३ दिन बन्द

    काठमाडौं— हैजा फैलिएपछि वीरगन्ज महानगरपालिकाका सम्पूर्ण विद्यालयहरू ३ दिनका लागि बन्द गरिने भएको छ । महानगरपालिकाका अनुसार बुधबारदेखि शुक्रबारसम्म सबै विद्यालय बन्द गरिने भएको हो । मंगलबार नगरप्रमुस्तरीय बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ । सोमबार साँझ ६ बजे सम्ममा महानगरका विभिन्न अस्पतालमा गरी हैजा संक्रमितको संख्या ९३ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशंकामा पठाइएका बिरामीको नमुना परीक्षण गर्दा आठमा हैजाको संक्रमण पुष्टि गरेको छ ।१० व

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 536 पटक पढिएको
  • नेविसंघका कार्यकर्ताले जलाएका थिए सरकारी गाडी जलाए

    काठमाडौं— २०८१ साल जेठ २७ गते बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदेश योजना आयोगको गाडी जलाए । नेपाल विद्युत प्राधिकरणको पाँच वटा सवारी तोडफोड गरे ।मोरङको रंगेली नगरपालिका भित्र अभद्र व्यवहार आरोपमा नेविसंघका कार्यकर्ता दीपक यादवसहित चार जनालाई पक्राउ गरेको विरोधमा नेविसंघका कार्यकर्ताले कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडी जलाएका थिए ।कन्चनजंघा पार्टी प्यालेस अगाडि राखेको नेपाल विद्युत प्राधिकरणको ५ वटा गाडी तोडफोड गरेका थिए ।आगजनी र तोडफोडको घटनामा संलग्न १० जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थिय

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 565 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा