समाज

    Showing 4,211-4,220 of 6,700 items.
  • टीकापुरमा जुवातास खेल्दाखेल्दै १० जना पक्राउ

    कैलाली— टीकापुर नगरपालिका–२ बन्दिपुरस्थित एक स्थानीय पसलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको सूचनाको आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेकाहरूको साथबाट नगद ६७ हजार ५ सय ९० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 518 पटक पढिएको
  • पत्रकारमाथि कुटपिट, दोषीलाई कारबाही गर्न महासंघको माग

    काठमाडौं— पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।गत साउन ८ गते बिहीबार यादव समाचार संकलनमा खटिएका बेला विवेक साह, रन्जित साह, अन्तिज साह र अन्तिजका छोरा मिलेर कुटपिट गर्दा उनी घाइते भएको महासंघको एसोसिएट प्रदेश समितिले जनाएको छ।महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको आक्रमणलाई अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादतीको रूपमा लिइएको छ।महासंघले दोषीहरूमाथि सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षा तथा स्वतन्त्रतामा विशेष ध्यान दिन सम्बन्धित निकायक

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 593 पटक पढिएको
  • कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

    कैलाली — कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले स्थानीय राजु चौधरी र चन्द्रबहादुर चौधरीलाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार राजु चौधरीको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक, चित्तलको सिङ र चित्तलको खुट्टाको आधा भाग फेला परेको थियो। त्यस्तै, चन्द्रबहादुर चौधरीको घरबाट पनि एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।सञ्चालित अनुसन्धानका क्रममा अवैध हतियार र वन्यजन्तुका अंग फेला परेकाले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 392 पटक पढिएको
  • सुनसरीमा १३ लाखभन्दा बढी मूल्यको लत्ताकपडा र तीन मोटरसाइकल सशस्त्र प्रहरीद्वारा बरामद

    मोरङ — सुनसरी जिल्लाको गढी गाउँपालिका–२, औरावनीबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याइएको १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडा सहित तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण सुनसरीका अनुसार को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८, र को ३ प १२० नम्बरका मोटरसाइकलहरूमा ती सामानहरू राखिएको थियो। ती मोटरसाइकलमार्फत भारतबाट लत्ताकपडा अवैध रूपमा नेपाल ल्याउने प्रयास भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरीको गस्ती टोली देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्ति फरार भएको र मोटरसाइकलहरू त्यहीँ छाडेर भागेको जनाइएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 897 पटक पढिएको
  • कैलालीमा दुई नाल बन्दुकसहित दुई जना पक्राउ

    कैलाली— कैलाली प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले गोदावरी नगरपालिका–८ स्याउलेका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरीलाई पक्राउ गरेको हो।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिए।राजुको घरमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, चित्तलको सिंह र खुट्टाको आधा भाग फेला पारेको र चन्द्रबहादुरको घरमा एक नाल भरुवा बन्दुक फेला पारेको जनाइएको छ।दुई नाल बन्दुकसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतम

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 427 पटक पढिएको
  • अनुदान रकम हिनामिना गर्न दुई जनालाई मृत घोषणा गर्ने मेयरका छोरा र कृषि शाखा प्रमुख पक्राउ

    दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा दुई लाख २० हजार रुपैयाँको सरकारी अनुदान हिनामिना गर्नका लागि आफ्नै समूहका सदस्यहरूलाई मृत घोषणा गरिएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा शैल्यशिखर नगरपालिका–६ का ‘मालिकार्जुन कृषक अगुवा समूह’का अध्यक्ष तथा नगरप्रमुख विजय सिंह धामीका २८ वर्षीय छोरा जनकसिंह धामी र कृषि शाखाका प्रमुख दीपकराज विष्ट (२४) पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार अध्यक्ष धामीले आफ्नै समूहकी सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै नक्कली मृत्यु प्रमाणपत्र बनाएका थिए। आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ओखर विकास कार्यक्रमअन्तर्

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 416 पटक पढिएको
  • सल्यानमा गाडी दुर्घटना हुँदा १५ जना यात्रु घाइते

    सल्यान— सल्यानको कुमाख गाउँपालिका–२ बढाई ज्युलामा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।नेपालगञ्जबाट रागेचौरतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका यात्रुहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घाइतेमध्ये चालकसमेत रहेका छन्।प्रहरीका अनुसार घाइते हुनेमा गाडी चालक कुमाख गाउँपालिका–६ का २७–२८ वर्षीय पारस आचार्य छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको अवस्था गम्भीर रहेको प्रहरीको

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 468 पटक पढिएको
  • घरायसी विवादका क्रममा झगडा छुट्याउन गएका दाइको मृत्यु

    सिराहा— सिराहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।घटनापछि आरोपी श्याम फरार रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए । उनको खोजी भइरहेको छ । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 476 पटक पढिएको
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो कारोबार दिन बिहीबार २४ सयले घटेको सुन आज ५ सय रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।बिहीबार एक तोला सुन १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रपैयाँ पुगेको थियो।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 518 पटक पढिएको
  • नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

    नुवाकोट— नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारबाट नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पर्नेमा दुप्चेश्वर गाउँपालिका–७ निवासी ४२ वर्षीय नरबहादुर तामाङ र भीमबहादुर तामाङ रहेका छन्। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ९३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।ती नक्कली नोटहरू उनीहरूले आफैंले बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले जानकारी दिए । अनुसन्धानका क्रममा भीमबहादुर तामाङको घरमा लुकाइएको थप २४ थान नक्कली एक हजार दरका नोट पनि फेला परेको प्रहरीले जनाएको छ।हाल नक्कली नोटको कारोबारम

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 507 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा