विराटनगर— आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध गाँजाको ओसारपसार, कारोबार र खेती नियन्त्रणका लागि तीव्र अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। यस अवधिमा करिब १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको प्रहरीको दाबी छ।प्रदेशभरि सक्रिय प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच कडा बनाएपछि बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाइएका गाडी, तरकारी बोक्ने सवारी, मोटरसाइकलजस्ता साधनमार्फत लुकाइछिपाइ गरिएको गाँजा बरामद गरिएको हो। कतिपय अवस्थामा गाँजा कोशी नदीमा बगाएर वा जमिनमुनि गाडेर ओसारपसार गरिएको पाइएको छ।गाँजा
काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेको आरोपको जवाफ केन्द्रीय समिति बैठकमा आएर दिनुपर्ने बताएका छन्।भिडियो सन्देशमार्फत रेशम चौधरीले अध्यक्ष रञ्जितालाई "भाग्न नपाउने" भन्दै पार्टीको बैठकमा स्पष्ट रूपमा उपस्थित भएर आफ्नो पक्ष राख्न आग्रह गरेका छन्।रञ्जिता चौधरी कास्कीस्थित लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन्।रेशम चौधरीले भने, “अध्यक्षले बैठक वैधानिक होइन भनेर आफूलाई अलग राख्न खोज्नुहुन्छ भन्ने सुनेको छु। तर उहाँ अध्यक्ष हुनुहुन्छ भने सबै
काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको हो ।दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाइएको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकल
विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८१/८२ को बार्षिक कार्य सम्पादन सम्झौता (कासस) अनुसार सम्पन्न कार्यहरूको समिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भर्चुअल समिक्षा कार्यक्रममा कोशी प्रदेशअन्तर्गतका सबै जिल्ला तथा मातहत प्रहरी कार्यालयका प्रमुखहरूले आ(आफ्नो कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।समिक्षा क्रममा प्रस्तुत तथ्यांकहरूको विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले कार्य सम्पादन सम्झौतामा तोकिएको शतप्रतिशत लक्ष्य हासिल गर्न सफल भएकोले सर्वोत्कृष्ट जिल्ला प
झापा— अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् ।शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए । निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए ।यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५
महोत्तरी – बर्दिवासस्थित डी एण्ड बी मेडिकेयर अस्पतालका चिकित्सक डा. प्रविण मिश्रलाई जबर्जस्ती करणी र गैरकानुनी गर्भपतनको आरोपमा प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार इलाका प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले डा. मिश्रलाई पक्राउ गरेको हो।सर्लाहीको बलरा घर भई हाल बर्दिवासमा कार्यरत डा. मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भएर उनी अचेत भएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका थिए।प्रहरीका अनुसार डा. मिश्रले किशोरीमाथिको जबर्जस्ती करणी लुकाउन कानुनी प्रक्रिया नअपनाई अवैधानिक रूपमा गर्भपतन
काठमाडौं – भारतमा आकर्षक तलबको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई अनलाइन ठगीमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–६ का २४ वर्षीय राजकुमार अच्छामी (हाल भक्तपुर, लोकन्थली) र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का ४५ वर्षीय रेशमबहादुर खत्री (हाल वीरगञ्ज, पर्सा) रहेका छन्।उनीहरूले एक नेपाली युवकलाई भारतमा ड्राइभरको काम दिलाउने भन्दै मासिक ३५ हजार भारू तलब र ओभरटाइमको लोभ देखाई गत वैशाख १९ गते काठमाडौंको बल्खुबाट वीरगञ्ज हुँदै भारतको पटना पुर्याएका थिए।ब्यूरोका एसपी र
विराटनगर— झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार घटेका दुई छुट्टाछुट्टै घटनामा एक जनाको घटनास्थलमै र अर्काको उपचारका क्रममा मृत्यु भएको हो।सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधीन पक्की घरमा छत ढलानको क्रममा फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विद्युतको नाङ्गो तारमा छोएपछि कामदार बर्जु गाउँपालिका–६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरी करेन्ट लागेर घाइते भएका थिए। उनीहरूलाई तत्काल इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो। श्रवण चौधरीलाई थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर पठाइएको प्
विराटनगर— सुनसरी, झापा र उदयपुर जिल्लाबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा बुधबार विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।उदयपुरको कटारी नगरपालिका–८ निवासी ४५ वर्षीया देवकुमारी थापा मगरलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजासहित पक्राउ गरेको हो।त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर–६ बाट इलाम नगरपालिका–११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।यसैगरी, सुनसरीको ईनरुवा–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहर
काठमाडौं – सभामुख देवराज घिमिरेले कुनै पनि माग पुरा गराउन सडकमा उत्रनु पर्ने बाध्यकारी अवस्था अन्त्य गर्न जरुरी रहेको बताएका छन्।बिहीबार सिंहदरबारमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएका बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्ने कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।उनले न्यूनतम सुनुवाइ पनि आन्दोलनपछि मात्र हुने प्रवृत्ति गलत भएको उल्लेख गर्दै भने, "यदि कुनै माग अव्यवहारिक, असान्दर्भिक वा अनुचित छ भने त्यसलाई तत्काल अस्वीकार गर्न सक्नुपर्छ। तर प्रयास गर्दा पनि सुनुवाइ नभए सडकमा जानु असंवैधानिक ठहर्दैन। तर यस्तो अवस्था आउन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.