समाज

    Showing 4,271-4,280 of 11,034 items.
  • चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

    चितवन— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित र अन्तर्वार्ता परीक्षामार्फत वैकल्पिकसहित दुई हजार ९४० जनाको नाम प्रकाशित गरिएको हो । एक सय ७४ जनाको नाम वैकल्पिकमा राखिएको छ । उनीहरूलाई यही माघ १८ गतेदेखि तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए ।उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना निर्वाचन

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 527 पटक पढिएको
  • नेकपाले चुनावमा बहुमत नल्याए देश दुर्घटनामा जाने चेतावनी

    रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रामेछापमा निर्वाचन परिचालनको लागि १ हजार ३ सय ९९ सदस्यीय कमिटी बनाएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि होमबहादुर बुढाथोकीको संयोजकत्वमा १ हजार ३ सय ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाइएको निर्वाचन परिचालन कमिटीका प्रवक्ता झम्क कँडेलले जानकारी दिए ।कमिटीमा पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका नेताहरू समावेश गरिएको उनले बताए । यस अघि संविधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यमा समेत निर्वाचित भएर कुशलतापूर्वक काम गरेका कारण नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशलले रामेछापमा विजय प्राप्त गर्ने उनले दाबी गरे ।उम्मेदवार श्रेष

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 187 पटक पढिएको
  • रामेछापका एमाले उम्मेदवार माधव ढुङ्गेल पार्टीको आन्तरिक बैठक र घरदैलो अभियानमा

    रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेल निर्वाचन केन्द्रित छलफल र मतदाता भेटघाट अभियानमा जुटेका छन् । जिल्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेले आन्तरिक संगठनात्मक छलफल र मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई सँगसँगै अघि बढाएको छ ।यस क्रममा एमाले गोकुलगंगा गाउँपालिका कमिटी, मन्थली नगरपालिका कमिटी, लिखु तामाकोसी गाउँपालिका कमिटी, उमाकुण्ड गाउँपालिका कमिटी तथा खाँडादेवी गाउँपालिका कमिटीको बैठक सकी निर्वाचन केन्द्रित आवश्यक योजना बनाएको नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताए ।पार्टीले बैठक तथा भेटघाटलाई

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 190 पटक पढिएको
  • तेस्रो बालसाहित्य महोत्सव सम्पन्नः बालसाहित्य र सम्पदा–संस्कृतिमा गहन बहस

    काठमाडौं । तेस्रो बालसाहित्य महोत्सव मंगलबार सम्पन्न भएको छ ।नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको आयोजना र विभिन्न संघसंस्थाको सहआयोजनामा यही माघ ११ गतेदेखि ललितपुरको पाटन संग्रहालयमा आयोजना गरिएको महोत्सव मंगलबार सम्पन्न भएको हो ।महोत्सव अवधिभर बालसाहित्य र बालसरोकारका विविध विषयमा कार्यपत्र प्रस्तुति, समूहगत छलफल, पुस्तक विमोचन, बाल प्रतिभा प्रदर्शनीसहित बाल पुस्तक प्रदर्शनीका साथै संग्रहालय प्रदर्शनी समेत गरिएको थियो ।मंगलबार सम्पदा, संस्कृति र बालबालिका विषयको समूह छलफलमा वक्ताहरु पाटन संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेल,वरिष्ठ बालसाहित्यकार डा। शैलेन्दुप

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 239 पटक पढिएको
  • निर्वाचन धाँधलीरहित बनाउन सरकार गम्भीर हुनुपर्छ : सभापति शर्मा

    काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सभापति शर्माले निष्पक्ष निर्वाचन सम्पन्न गरिनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले हाल राजनीतिक संगठन र विचारभन्दा पनि ‘स्टन्टबाजी’ हावी हुँदै गएको भन्दै यसले देशलाई गलत दिशातर्फ लैजान सक्ने चिन्ता व्यक्त गरे ।‘हाम्रो लक्ष्य, उद्देश्य र दृष्टिकोण के हो भन्नेभन्दा पनि अहिले हावाको बहाव अर्कैतिर गइरहेको देखिन्छ, फागुन २१ गते हुन गैइरहेको प्रति

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 251 पटक पढिएको
  • निर्वाचन घोषणापत्र कार्यान्वयनयोग्य बनाउन गैरसरकारी संस्था महासंघको राजनीतिक दलहरूलाई अपिल

    काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा निर्वाचन २०८२ का घोषणापत्रमा नागरिकको जीवन, अधिकार, समृद्धि, तथा सुशासन र सामाजिक न्यायसँग प्रत्यक्ष सम्बन्धित सबै विषय स्पष्ट, प्रतिबद्धतामूलक र कार्यान्वयनयोग्य रूपमा समेट्न अपिल गरेको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले जातीय, लैङ्गिक, सामाजिक र भौगोलिक लगायत सबै प्रकारका असमानताको अन्त्य गर्न समान पहुँच, अवसर र सेवा वितरणमा पारदर्शिता, प्रविधिमैत्री तथा पहुँचयुक्त सेवा वितरण प्रणाली, विशेष राहत कार्यक्रम, समावेशी नीति कार्यान्वयन, न्याययुक्त समाज स्थापनाको ठोस कार्ययोजना घोषणापत्र मार्फत सार्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 212 पटक पढिएको
  • राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारी केन्द्रीत मात्र भयोः मन्त्री इङ्नाम

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारी केन्द्रीत मात्र भएको टिप्पणी गरेका छन् ।बुधबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सहकारीमा बेथिति निम्याउने सबै कर्मचारीहरुको छानबीनगरी कारबाही गर्ने प्रतिबद्धता जनाए ।मन्त्री इङ्नामले २०८० साल सम्म सहकारीमा बसेका कर्मचारीहरु सबै अनुसन्धानको घेरामा आउनुपर्ने धारणा पनि राखे । उनले भने,‘२०८० सालमा सहकारीमा बसेका कर्मचारीहरु सबै अनुसन्धानको घेरामा आउनुपर्छ । यो प्रयोजनको लागि आयोग गठन भएको छ । यो अहिले भएको आयोग कर्मचारी केन्द्रीत छ । सहकारी

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 239 पटक पढिएको
  • राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 463 पटक पढिएको
  • सुदुरपश्चिम पुगेर बालेनले डोटेलीमा लेखे "सुदूर अब दूर नाई"

    डडेलधुरा— सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अहिले डडेलधुरा पुगेका छन्। तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधि सकेर उनी बुधवार बिहानै पहाडतर्फ उक्लिएका हुन्।पहाड चढ्ने क्रममा बाटोमा हिउँ परिरहेको दृश्यले यात्रालाई झन् अर्थपूर्ण बनाएको छ। यही यात्राको एक झलक बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।तस्बिरसँगै उनले डोटेली भाषामा क्याप्सन लेखेका छन्— “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई।”बालेनसँगै रहेका समर्थकहरूले डडेलधुराको साहुखर्कमा उनले खिर खाइरहेको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसले स्थानीय संस्कृतिसँगको उनको आत्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 585 पटक पढिएको
  • रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो ।उनको नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको अस्पतालले जनाएको छ ।विज्ञप्तीमा लेखिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उप–प्रधान तथा गृहमन्त्री श्री रवि लामिछानेज्यूलाई यहि २०८२ माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२/१०/१३ गते यस अस्पतालमा हाडजोर्नी विभाग

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 551 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.