समाज

    Showing 4,281-4,290 of 6,700 items.
  • वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

    काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ । वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो । यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए ।उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 298 पटक पढिएको
  • १८ सयले बढ्यो सुनको मूल्य, चाँदी अहिलेसम्मकै उच्च

    काठमाडौं— नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज एकैदिन प्रतितोला १८ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज एकतोला सुनको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ कायम भएको छ । सोमबार सुन ४०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर आज २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 486 पटक पढिएको
  • खेतमा लुकाइएको निजी कारबाट गाँजा बरामद

    रौतहट– रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उक्त गाँजा फेला पारेको हो। हाल बरामद गरिएको गाँजाको तौल गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले नियमित चेकजाँचका क्रममा उक्त कारलाई रोक्न खोज्दा चालकले गाडी नथामेर तीव्र गतिमा भाग्न थालेका थिए। पछि प्रहरी टोलीले पिछा गर्दा झाझ खोलानजिकै करिब २० फिट गहिरो खेतमा गाडी छाडेर चालक फरार भएका थिए।प्रहरीले सूचना पाएअनुसार रातो रंगको ब्रेजा कारमार

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 332 पटक पढिएको
  • तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

    काठमाडौं— गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।उनका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उनले बताए।&nb

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 377 पटक पढिएको
  • जब दाजुभाईले एउटै केटी बिहे गरे, देखेर भयो दुनियाँ अचम्म

    हिमाञ्चल, ६ साउन । हिमाचल प्रदेशमा भएको एक विवाहको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा दुलहीलाई दुई बेहुलासँगै उभिएको देखाइएको छ । उनले ती दुवैसँग विवाह गरिसकेकी छन् र दुवै दुलहा साँचो दाजुभाइ हुन्। यो हट्टी समुदायको हजारौं वर्ष पुरानो परम्परा हो, जसमा युवतीले आफ्नै दाजुभाइसँग विवाह गर्दै आएका छन् । यस समुदायका धेरैले पुरानो परम्परालाई पालना नगरे पनि यी तीनले पुरानो परम्परालाई पुनर्जीवित गरेर जनतालाई चकित बनाएका छन् । आउनुहोस् हट्टी जनजातिको यो अनौठो परम्परा के हो र यसको इतिहास के हो जानौं ।भारतमा बहुपति प्रथा महाभारत कालमा पाइन्छ, जसमा माता कुन्तीको सल्लाहमा पाँचै प

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 195 पटक पढिएको
  • कैलालीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

    काठमाडौं—  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।स्थानीय चुरे गाउँपालिका—६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो।आरोपी यादवको साथबाट रु ७ लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो। आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 487 पटक पढिएको
  • सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन—  सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन्।गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो। ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन्।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 487 पटक पढिएको
  • संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ : मन्त्री पाण्डे

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ संविधान बनेपछिको संस्कृति नीतिले संस्कृतिको क्षेत्रमा नयाँ दिशा दिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित गायक स्व.अरुण थापा मगरको २६ औं स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान कार्यक्रममा उनले संस्कृति नीति कार्यान्वयनमा आउने हो भने यसले संस्कृतिलाई रक्षा र संरक्षण गर्ने काममा सहज हुने भन्दै यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले नेपाललाई त्यो दिशातर्फ लाने बताए ।उनले भने, ‘म यो सरकारको मन्त्री भएपछि संस्कृति नीतिलाई मन्त्रिपरिषद्मा पु¥याएका छौ । त्यो नीति बाहिर कार्यान्वयनमा आउना साथ संस्कृतिहरुलाई मूलधारमा ल्याउने,

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 278 पटक पढिएको
  • दाङमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

    दाङ — आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार, असार ३० गते राति भएको भनिएको घटनाको उजुरीका आधारमा साउन ३ गते आरोपीलाई घरबाटै पक्राउ गरिएको हो।पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, घटनाका बेला पीडितकी आमा र भाइ भारतमा रोजगारीमा थिए। पीडितको गोपनीयतालाई ध्यानमा राख्दै प्रहरीले आरोपीको नाम र ठेगाना सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 345 पटक पढिएको
  • धनुषाको विद्यालय कक्षा कोठामा शिक्षिका मृत फेला, मिटरब्याजको दबाबले आत्महत्या गरेको आशंका

    जनकपुरधाम— धनुषाको मिथिला नगरपालिका–८ स्थित एक विद्यालयको कक्षा कोठामा एक शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।जनता राष्ट्रिय आधारभूत विद्यालय, जमुनिबासको बाल विकास कक्षा कोठामा ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगरको शव गत साउन १ गते बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनी सोही विद्यालयमा बाल विकास कक्षामा अध्यापन गर्दै आएकी थिइन्।प्रहरीका अनुसार मृतक मगरले जनकपुरधाम उपमहानगरपालिका–९ निवासी ५५ वर्षीय राजकिशोर यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण तिरेको भए पनि यादवले खाली चेकमा ४५ लाख रुपैयाँ लेखेर बार्गेनिङ गर्दै मानसिक दबाब दिएको प्रारम्भिक अनुसन्धा

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 401 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा