समाज

    Showing 4,311-4,320 of 11,034 items.
  • संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं— प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। संसद् असंवैधानिक रूपमा विघटन गरिएको भन्दै उनीहरूले संसद् पुनःस्थापना गर्न माग गरेका हुन्।‘नागरिक युवा समाज’मा आबद्ध युवाहरूले मंगलबार माइतीघरमा भेला भई विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दामा संविधानको रक्षा हुने गरी निर्णय आउने विश्वास व्यक्त गरे।प्रदर्शनकारी युवाहरूले अदालतमा दर्ता भएका मुद्दाको शीघ्र टुंगो लाग्नुपर्ने माग समेत राखेका छन्। देशलाई विधि र संविधानअनुसार सञ्चालन गर्न संसद् पुनर्स्थापना अपरिहार्य रहेको उनीहरूको

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 446 पटक पढिएको
  • चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आसन्न आमनिर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्न सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।निर्वाचन आयोगको अनुरोधमा सोमबार जारी परिपत्रअनुसार निर्वाचन अभियानका लागि खोलिने बैंक खातामा विशेष छुट लागू हुनेछ ।आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म यस्ता खाता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार प्रत्येक राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको आम्दानी खर्च कारोबार गर्न एक मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन् । निर्वाचनसँग सम्बन्धित सबै वित्तीय

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 503 पटक पढिएको
  • माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा

    काठमाडौं— सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौंको सिफल उकालोमा मंगलबार स्मृति सभा गरिएको छ ।सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो ।यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ साल

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 529 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

     काठमाण्डौ— आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।यस्तै, आज चाँदीको भाउले पनि बढेको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो । 

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 467 पटक पढिएको
  • नवजात शिशुलाई अस्तालमै छोडेर आमा सम्पर्कविहीन भएपछि बालआश्रममा राखिएयो

    उर्लाबारी— लेटाङ नगरपालिका–८ निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छाडेर गएपछि उर्लाबारी–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ ।मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो । जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो ।उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडा पौडेलका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम शिशुको तत्काल संरक्षणको व्यवस्था गरिएको हो । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक हेरचाहको प्रबन्ध मिलाइएको नगरपालिकाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 446 पटक पढिएको
  • सैनिक मञ्चको दक्षिण चौरमा २ करोड ७० लाख रुपियाँ खर्च गरेर वरमुढा ग्रास रोपिँदै

    काठमाडौं— सैनिक मञ्चबाट दक्षिणतर्फको चौरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौं महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ ।अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ । समय समयमा सार्वजनिक कार्यक्रम पनि यस चौरमा हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो ।६१ हजार २६३ वर्गमिटर यो चौरमा काम गर्नका लागि २ करोड ७० लाख रुपियाँ खर्च लाग्नेछ । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मं

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 511 पटक पढिएको
  • क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

    काठमाडौं— विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ । यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्दा विक्रेता ठगीको शिकार हुन सक्ने जोखिम उच्च रहेको छ । केन्द्रीय बैंकले स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको हो ।राष्ट्र बैंकले क्यूआर भुक्तानी स

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 495 पटक पढिएको
  • हरिप्रसाद डुम्रे भन्छन् विदेश गएका युवालाई स्वदेश फर्काउन सीप आवश्यक पर्छ

    काठमाडौं— ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका कार्यकारी अध्यक्ष एवम अधिवक्ता हरिप्रसाद डुम्रेले नेपालमा सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने औंल्याएका छन् ।नेपाली युवा उद्यमीहरुलाई विश्वस्तरीय सीप प्रदान गर्न सक्रिय विश्वप्रसिद्ध प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्र सिंह राठोरलाई यही माघ १६ गते नेपाल ल्याउन लागेका उनले यस पटक १५०० भन्दा बढी युवा उद्यमीहरुले सेल्ससम्बन्धी तालिमको तयारी भइरहेको पनि बताए ।उनले भने,‘ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप स्थापनाकालदेखि तीनवटा थिममा काम गरिरहेको छ । स्किल म्यानपावर क्राइसिस भइरहेको बेला त्यसले फुलफिल पनि गर्छ । नेसनको विकास र इकोनोमिक ग्रोथको लागि तीनवटा

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 483 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेका छन् ।प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 535 पटक पढिएको
  • विदेशी सम्बन्धन कलेजहरुले शैक्षिक शोषण गरेको सरोकारवालाहरुको आरोप

    काठमाडौं— विदेशी सम्बन्धन प्राप्त केही कलेजहरुले गलत क्रियाकलाप गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । उनीहरुले ब्रिटिश कलेजलागायतले पछिल्लो समय गरेका केही क्रियाकलापहरुको विरोध गरे ।सोमबार पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन् ।अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विदेशी सम्बन्धन प्राप्त कलेजहरुले नेपालमा खुलेआम शैक्षिक शोषण गरिरहेको आरोप लगाएका छन् ।‘विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शिक्षा, भ्रम र यथार्थ’ बारे कार्यपत्र सार्वजनिक गर्दै शाहले विदेशी कलेज सञ्चालनका लागि बनेको

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 489 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.