समाज

    Showing 4,311-4,320 of 6,700 items.
  • ईरान र पाकिस्तानबाट १ हजार ५७६ अफगान शरणार्थी परिवार स्वदेश फर्किए

    काबुल— ईरान र पाकिस्तानमा शरण लिएर बसेका १ हजार ५७६ अफगान शरणार्थी परिवार शनिबार स्वदेश फर्किएका छन्। अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले दिएको जानकारीअनुसार तीमध्ये ८१ परिवार पाकिस्तानबाट र १ हजार ४९५ परिवार ईरानबाट फर्किएका हुन्।मन्त्रालयका अनुसार स्वदेश फर्किएका परिवारहरूलाई सीमामा आवश्यक सहायता तथा सेवा उपलब्ध गराइएको छ। पछिल्ला केही महिनायता ईरान र पाकिस्तानले अवैध रूपमा बसोबास गरिरहेका अफगान नागरिकहरूलाई आफ्नो देश फर्कन आग्रह गरेपछि फिर्ती दर तीव्र बनेको हो।शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म १३ लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किइसकेका

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 516 पटक पढिएको
  • तारकेश्वरमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेकी छन्।कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको परिचय अहिलेसम्म खुलेको छैन। घटनास्थलमा अहिले स्थानीयको भीड लागेको छ भने महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।प्रहरीका अनुसार महिला झुन्डिएको अवस्थामा फेला परेपछि घटनास्थल सुरक्षित राखी थप अनुसन्धान भइरहेको छ। मृतकको पहिचान खुलाउन र घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।स्थानीय बासिन्दाले बिहान खेल मैदानतर्फ जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्र

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 499 पटक पढिएको
  • पाँच स्थानमा एकतर्फी सडक सञ्चालन, ६ स्थानमा राजमार्ग पूर्णरूपमा अवरुद्ध

    काठमाडौं— वर्षापछि आएको बाढी र पहिरोको कारणले देशका विभिन्न सडक अवरुद्ध छन् । नेपाल प्रहरीकाअनुसार अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ । बाढीपहिरोले संखुवासभास्थित कोशी राजमार्ग अवरुद्ध छ ।पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आएर ‘डाइभर्सन’ बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।त्यसैगरि काठमाडौं–नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन् । अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहर

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 435 पटक पढिएको
  • शिव श्री हाइड्रोपावरलाई धितोपत्र बोर्डले दियो हकप्रद सेयर निष्कासनको अनुमति

    काठमाडौं— नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छ।बोर्डले शिव श्री हाइड्रोपावरलाई १ बराबर १ कित्ताको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।कम्पनीको हकप्रद सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ भएकाले यसबाट कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ उठाउनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 549 पटक पढिएको
  • रसुवाको बाढीमा २८ करोडभन्दा बढीको बीमा दाबी

    रसुवा— रसुवाको ल्हेन्देखोलामा असार अन्तिम साता आएको भीषण बाढी पहिरोपछि २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको क्षतिको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।प्राधिकरणका अनुसार रसुवा बाढीको क्षतिका कुल ६३ वटा बिमा दाबी परेको छ । जसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ । यस्तै, नेपाल इ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 443 पटक पढिएको
  • मधेश प्रदेशका पूर्वप्रमुख झा (अहिराज) बालिका बलात्कार आरोपमा पक्राउ

    काठमाडौं— मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको भद्रकाली क्षेत्रबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए।अहिराजमाथि माघ ३ गते जिल्ला प्रहरी परिसरमा बालिका बलात्कारको उजुरी दर्ता भएको जिल्ला प्रहरी काठमाडौंले जनाएको छ । उजुरी दर्ता भएपछि उनी भारततर्फ फरार भएका थिए। केही हप्तायता काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा प्रहरीले खोजी गरेर उनलाई पक्राउ गरेको हो।पक्राउ परेपछि उनलाई अनुसन्धानका लागि अदालतमा पेश गरिएको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पाँच दिनक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 1,005 पटक पढिएको
  • जुवातास खेल्दै गरेका ९ जना पक्राउ

    बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, जानकी टोलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्।शनिबार दिउँसो इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उपमहानगरपालिका–१ का ३० वर्षीय सुसन खाती सुनारसहित ९ जनालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार उनीहरूबाट नगद १ लाख ५४ हजार ६८० रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।यस घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 415 पटक पढिएको
  • झापामा लागुऔषध कारोबार तीव्र, प्रहरीद्वारा ५५९ पक्राउ

    झापा — खुला सीमाका कारण लागुऔषधको ओसारपसार बढेपछि प्रहरीले झापामा कारोबारी र प्रयोगकर्ताविरुद्ध कडा अभियान सुरु गरेको छ। पछिल्लो समय विर्तामोड–५ मा एक लाखभन्दा बढी क्याप्सुलसहितको गोदाम फेला परेपछि प्रहरीले यसलाई महत्त्वपूर्ण सफलताका रूपमा लिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी अभियोगमा ५५९ जना पक्राउ परेका छन् भने ३४६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष यो संख्या ४६२ थियो, जुन १६.५ प्रतिशतले वृद्धि भएको हो।इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी विजय श्रेष्ठका अनुसार विर्तामोड नगरपालिका–५ मा अवस्थित मनकुमार

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 345 पटक पढिएको
  • चक्रपथको कलंकी–चाबहिल सडकखण्ड विस्तारमा ढिलाइ : यात्रु, व्यवसायी र सवारी चालकहरू हैरान

    काठमाडौं – काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिएपनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ ।सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीय नागरिकहरू धुलो–हिलो, खाल्डाखुल्डी, ट्राफिक जामलगायतका समस्याबाट पीडित छन् । राजधानीको महत्वपूर्ण र व्यस्त सडकमध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ ।चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 370 पटक पढिएको
  • इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा

    काठमाडौं – इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए । प्रदर्शनमा पुगेका विद्यार्थी कुशल कठायतले भने, ‘इन्जिजिय

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 303 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा