समाज

    Showing 4,371-4,380 of 7,638 items.
  • स्कुल बसको ठक्करले ८ वर्षीय बालकको ज्यान गयो, चालक फरार

    सिरहा— सिरहाको गोलबजारमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान गोलबजार नगरपालिका–२ टुर्कियामा पैदल हिँडिरहेका आदर्श साहलाई स्कुल बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।मृतक आदर्श स्थानीय मदन साहका छोरा हुन्। ग १ ख ३७८८ नम्बरको बस गोलबजारस्थित ट्रिनिटी बोर्डिङ स्कुलको रहेको प्रहरीको भनाइ छ ।आज बिहान ११ बजे तिर बसको ठक्करले बालकको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए। दुर्घटनापछि बसका चालक २८ व

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 396 पटक पढिएको
  • उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैनः अर्थविद् अधिकारी

    काठमाडौं— अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू समय व्यवस्थापनमा चुकेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित अप्सरा गौतमद्वारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ विमोचन समारोहमा बोल्दै उनले उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति समेत नभएको बताए ।अधिकारीले भने, ‘शक्तिशाली राष्ट्रका प्रमुखहरू व्यस्त तालिकाबीच पनि समय व्यवस्थापन गर्न सक्षम छन्, तर हाम्रो देशका प्रमुखहरू केही पनि भ्याउन सक्दैनन् अधिकारीले आफूले २८ वर्षको शिक्षण जीवनमा अनेकन सचिव, मन्त्री र न्यायाधीशहरू तयार पारेको अनुभव सुनाउँदै भने, ‘तर हामी समय व्यवस्थापन गर्न सक्दैनौं। मन्त्री

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 449 पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेल भन्छन कला, संस्कृति र सम्पदाको संरक्षण एवम विकासलाई प्राथमिकता दिनुपर्ने

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल कला परिषद बबरमहलमा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ का अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रो भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा हामी सबै क्रियाशील हुनुपर्ने बताए । उनले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेशाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 405 पटक पढिएको
  • एनआरएनए एकताबद्ध गराउन जनसम्पर्क समिति विस्तार हुँदैछ, विश्वभर फैलिन्छः किरण पौडेल

    काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागको प्रमुख किरण पौडेलले हाल पार्टीको १५ औं महाधिवेशन केन्द्रीत गतिविधिहरु भइरहेकाले समयसीमा भित्रै महाधिवेशन हुने बताएका छन् ।विदेशमा पार्टीको संजाल विस्तार गर्नेक्रम जारी रहेको बताएका उनले महाधिवेशनलाई नै केन्द्रीत गर्दै विदेशस्थित जन सम्पर्क समितिहरुको अधिवेशनको तयारी भइरहेको पनि बताए ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा जनसम्पर्क समितिलाई आश्विन मसान्तसम्म सबै देशले नवीकरण गरेर नयाँ सदस्य बनाएर केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन भइसकेकाले सम्पर्क समितिहरुले समयमै अधिवेशन सम्पन्न गर्ने दाबी पनि गरे ।‘हामी महाधिवेशनको तयारीकै

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 430 पटक पढिएको
  • शान्ति समाजले भन्योः सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ

    काठमाडौं— सरकारको निर्देशन अनुरुप दर्ता हुन नआएको भन्दै नेपालमा दुई दर्जन बढि सामाजिक संजाल प्लाटफर्मलाई बन्द गर्ने सरकारी निर्णयबारे मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।समाजकी अध्यक्ष रेनुका पौडेलले शुक्रबार एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानून बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्दुमा राखेर कानून बनाउनुपर्ने औल्याएकी छिन् । ‘लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानून बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्द

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 475 पटक पढिएको
  • बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

    काठमाडौं— स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् ।मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो । सेवा निरन्तरताका ल

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 485 पटक पढिएको
  • गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-१ घर भएका ४२ वर्षीय विक्रम बजगाँईसमेत छ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 423 पटक पढिएको
  • तोलामा २५ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 411 पटक पढिएको
  • वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

    काठमाडौं— सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।वल्र्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।वल्र्डलिंकले जारी गरेको सूचना अनुसार ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका २०८० अनुसार नेपालमा दर्ता नभएका साम

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 349 पटक पढिएको
  • गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

    काठमाडौं— नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिए । निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए ।प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 324 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा