समाज

    Showing 4,431-4,440 of 6,706 items.
  • दस्तावेज पुष्टि गर्न नसक्दा बीमा प्राधिकरण अध्यक्ष ओझा निलम्बित

    काठमाडौं— नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओझाको कार्यक्षमता र पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदै छानबिन समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन् ।बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार, अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।अध्यक्ष ओझामाथि फर्जी कागजात पेस गरी पद प्राप्त गरेको भन्ने आरोपमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।सरकारले छानबिन समिति गठन गर्दै ओझालाई पदमुक्त गर्ने

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 363 पटक पढिएको
  • पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

    काभ्रेपलाञ्चोक— बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मं

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 445 पटक पढिएको
  • बैंकिङ कसुरको जाहेरी काठमाडौंमा, अभियुक्त पक्राउ परे बारामा

    काठमाडौं— बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले बारामा पक्राउ गरेको छ । निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।जिल्ला अदालत काठमाडौंबाट १८ असारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–१ सिंगौलबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 328 पटक पढिएको
  • मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते

    रौतहट – सर्लाहीमा मोटरसाइकल र पिकअप ठोक्किएर आगलागी हुँदा नेपाली सेनाका सिपाही सहित पाँचजना घाइते भएका छन् ।ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाकमा बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप र बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार सोमबार बिहान दुर्घटना हुँदा भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मध्य पश्चिम पृतना बुटवलमा कार्यरत सिपाही

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 262 पटक पढिएको
  • जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो

    जनकपुर – किर्ते हस्ताक्षर मुद्दामा हाजिरी जमानीमा छुटेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले आफूलाई फसाउन प्रशासनिक संयन्त्र लागि परेको आरोप लगाएका छन् ।करीब ६ दिन धनुषा प्रहरीको हिरासतमा बसेपछि हाजरी जमानीमा रिहा भएका साहले सोमबार (आज) पत्रकार सम्मेलन गर्दै आफूलाई प्रशासनिक संयन्त्रले नै फसाउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।उनले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आर्थिक प्रलोभन दिएर आफ्नो मान्छेलाई बृहत्तरमा राख्न दिएको दवाब अस्वीकार गरेपछि झुठो प्रपञ्च रचेर फसाउन खोजेको बताए ।साहले भने ‘किर्ते हस्ताक्षर मैले गरेको छु भनेर समाचार बाहिरियो तर विधि

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 380 पटक पढिएको
  • २० वटा मोटरसाइकल चोरीपछि फेला परे, सो सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरियो

    काठमाडौं— काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट फरक फरक मितिमा चोरी भएका २० वटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल स्कुटर) भेटिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार भेटिएका उक्त सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । सो कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 473 पटक पढिएको
  • झापा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौँ – झापा र रुपन्देहीमा आइतबार राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।झापाको बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा बसोबास गर्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका–६, लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा टेबल फ्यानको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका मौर्यको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 272 पटक पढिएको
  • नारायणी नदीले बगाएर ९ वर्षीय बालकको मृत्यु

    चितवन— चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीले बगाएर ९ वर्षीय बालकको मृत्यु भएको छ।जोरकुशुम पार्क नजिक पौडी खेल्ने क्रममा आइतबार दिउँसो बालक असिम घर्तीलाई नदीले बगाएको थियो। उनी भरतपुर–१, आँपटारीमा बसोबास गर्दै आएकी गुल्मी घर भएकी मिरा घर्तीका छोरा हुन्।पानीमा बगाएर अशक्त भएका असिमलाई तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 460 पटक पढिएको
  • रुकुममा कार्यालय सहयोगीको झुन्डिएको अवस्थामा मृत्यु, पत्रकार सम्पर्कविहीन

    काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 461 पटक पढिएको
  • ‘सानो घर, ठूलो सपना’ : हेल्प नेपाल बालगृहका बालिकाहरूको मनछुने कथा

    धुलिखेल(काभ्रे) – काभ्रेको हरियाली डाँडामुनि अवस्थित एक सानो घर, जहाँ आशा फुल्दैछन्, जहाँ भविष्य निर्माण भइरहेको छ । यो घर कुनै सामान्य आवास मात्र होइन, यो हो एउटा ममता र सम्भावनाले भरिएको बालगृह हो । जहाँ २४ जना बालिकाहरुले आफ्नो जीवनलाई नयाँ दिशा दिइरहेका छन् ।बालगृहको स्थापना हेल्प नेपाल नेटवर्कले गरेको हो । २०७१ साल भदौ ८ गतेबाट तत्कालिन १० जना बालिकाहरुबाट यो संस्था सञ्चालन हुँदै आएकोमा अहिले २४ जनालाई नयाँ दिशा दिइरहेको छ ।देश–विदेशमा रहेका नेपालीहरुको सानो–सानो योगदानबाट बनेको संस्थाले, यी बालिकाहरुको भविष्य उज्यालो बनाउने ठूलो काम गरिरहेको छ । काभ्रेको बालगृह स्थापना गर्नुको मूल उद्देश

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 286 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा