समाज

    Showing 4,441-4,450 of 6,706 items.
  • निषेधित क्षेत्र तोड्ने प्रयासमा १० जना नेविसंघका कार्यकर्ता पक्राउ

    काठमाडौँ – शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० जना कार्यकर्ता बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ।नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र अतिक्रमण गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।नेविसंघले विद्यार्थीको प्रतिनिधित्वबिना सिनेट बैठक अमान्य ठहर गर्नुपर्ने र शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पसमा विरोध कार्यक्रमहरू गरिरहेको छ। अहिले मीनभवन क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। यसअघि कोटेश्वरमा टायर बालेर सड

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 286 पटक पढिएको
  • मधेश प्रदेशमा असारमै खडेरी : करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

    काठमाडौं – मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो।मधेशमा पानी पर्न नसकेपछि त्यहाँका अधिकांश क्षेत्रका किसानहरुले बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । मधेश प्रदेश सरकारको मन्त्री परिषदले नै त्यहाँका आठ वटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सम्

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 287 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमवार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमवार (आज) छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतवार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतवार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 455 पटक पढिएको
  • बैंकिङ्ग कसुरका प्रतिवादी चौलागाईं पक्राउ

    बारा— बैंकिङ्ग कसुर मुद्दामा १ करोड ३२ लाख बिगो भएका प्रतिवादीलाई प्रहरीले बाराको निजगढ नगरपालिका–१ स्थित सिंगौलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईं छन् ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट असार १८ मा पक्राउ पुर्जी जारी भएको थियो । आरोपीलाई आइतबार पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको बाराका एसपी सन्तोष तामाङले बताए । 

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 493 पटक पढिएको
  • रास्वपाको अपिल!विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता कार्यकर्तासहित शुभेच्छुकहरूलाई मनसुनका बेला हुनसक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरू सक्रियतापूर्वक जुट्न विशेष अपिल गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठुलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको तथा मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 408 पटक पढिएको
  • नगद होइन, अब डिजिटल! साउन १ देखि सार्वजनिक निकायको सबै भुक्तानी अनलाइनमार्फत

    काठमाण्डौं— साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सवै निकायलाई परिपत्र गरेको हो ।मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको हो ।आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 539 पटक पढिएको
  • खेतमा पानी लगाउन गएका वेला जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    मोरङ— मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बेलबारी– ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।घरनजिकैको खेतमा पानी लगाउन गएका वेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको आइतबार उपचारको क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 382 पटक पढिएको
  • टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ । टिकटक लाइभमा अभद्र गालीगलौज गरेको आरोपमा धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीय रोशनी खातुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।पक्राउ परेकी उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 414 पटक पढिएको
  • शिक्षकले छात्रालाई जिस्काएपछि विद्यालय तोडफोड

    रौतहट – श्री माध्यमिक विद्यालय गरुडा–९ श्रीपुरका एक शिक्षकले आफ्नै छात्रालाई जिस्काएको भन्दै आक्रोशित समूहले विद्यालय तोडफोड गरेको छ ।छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर पठाएको आरोपमा आइतबार शिक्षक रवीन्द्र प्रसाद साहमाथि कुटपिट हुनुका साथै विद्यालय तोडफोड गरेको हो । विद्यालयका अभिभावक र विद्यार्थीको समूहले उनलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । आक्रोशित समूहले विद्यालयको संरचना र सामग्रीमा समेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस  प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । उनका अनुसार शिक्षक

    • प्रकाशित मितिः असार २९, २०८२
    • 411 पटक पढिएको
  • लागु औषधसहित २ महिला पक्राउ

    तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्ग खण्डमा प्रहरीले चेकजाँचको क्रममा नियन्त्रित लागु औषधसहित दुई महिलालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार, पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–५ निवासी ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन छन्। उनीहरूलाई चेकजाँचका क्रममा कालो रंगको झोलाभित्र लुकाइछिपाई ल्याएको अवस्थामा लागुऔषधसहित फेला पारिएको हो।पक्राउ परेकाहरूको साथबाट Diazepam, Phenergan र Buprenorphine गरी कुल २,५९८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ। तीमध्ये प्रत्येक औषधिको मात्रा ८६६–८६६ एम्पुल रहेको छ।दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्

    • प्रकाशित मितिः असार २९, २०८२
    • 510 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा