समाज

    Showing 4,861-4,870 of 6,735 items.
  • भालुबाङमा सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण

     दाङ— सिम्रिक एयरको हेलिकप्टर दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बिरामी ल्याउन बाजुरा जान लागेको हेलिकप्टर खराब मौसमका कारण भालुबाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर गणमा आकस्मिक अवतरण गरिएको हो ।करिब १ घण्टा अघि अवतरण गरिएको हेलिकप्टर अझैँ त्यही रहेको गणपति एसपी मनोज धितालले नेपाल प्रेसलाई जानकारी दिए ।भीषण वर्षाका कारण भालुवाङबाट हेलिकप्टर उड्न नसकेको हो ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 310 पटक पढिएको
  • आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फसाउन खोज्दा…

    पोखरा — पोखरामा एक सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारको आरोपमा फसाई आर्थिक लाभ लिन खोज्ने आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा–१५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङ विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन्।कास्की प्रहरीका अनुसार मरियम राई पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्थिन्। उनले लिम्बु र सुवेदीसँग मिलेर पसल सञ्चालकलाई यौन दुर्व्यवहारमा फसाउने धम्की दिँदै ५० लाख रुपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।राईले पसल सञ्चालककी श्रीमतीलाई लेकसाइडस्थित एक होटलमा बोलाएर, ‘जिन्दगीभ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 281 पटक पढिएको
  • वृद्ध उमेरको त्रासदीः ९० वर्षका वृद्धले ७६ वर्षीया पत्नीको हत्या गरे

    नवलपरासी— नवलपरासी पूर्वको देवचुली नगरपालिका—३ आम्बासका एक वृद्धले आफ्नी वृद्धा पत्नीको हत्या गरेका छन्। ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।ती वृद्धले आफ्नी पन्तीको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ। उनीहरुबीच घरायसी विवाद हुँदा हत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए। पतिले फलामको रड टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। पत्नीको हत्यापछि फरार भएका थापालाई प्रहरीले खोजीका क्रममा पक्राउ गरेको हो। उन

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 283 पटक पढिएको
  • टेकुमा जाँच गराएकामध्ये ५ जनामा कोरोना भएको पुष्टि

    काठमाडौं— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जचाउने आएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनीहरु ज्वरोलगायतका संकास्पद लक्षण लिएर आएका थिए। परीक्षणका क्रममा कोरोना पुष्टि भएको छ।काठमाडौंको नर्भिक अस्पतालबाट रिफर भएर टेकु पुगेका एकजना भने भर्ना भएर उपचार गरिरहेका छन्। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।अस्पताल स्रोतका अनुसार उनले ८ दिन नर्भिक अस्पतालमा उपचार गरेका थिए। त्यसपछि रिफर लिएर टेकु आइपुगेका हुन्।  इपिडिमियोलोजी तथा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 253 पटक पढिएको
  • अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा २२ महिनामा ४७ व्यापारीविरुद्ध मुद्दा दायर

    हेटौँडा— खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायीविरुद्ध दायर गरेको हो ।चालु आर्थिक वर्ष २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको कार्यालय प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए ।उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८१ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो ।अनुगमनका क्रममा सङ्कल

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 146 पटक पढिएको
  • पाँच महिनामा चितवनमा थपिए ५२ एचआइभी सङ्क्रमित

    चितवन— चितवनमा यस वर्षको पहिलो पाँच महिनामा ५२ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पतालस्थित एएचएफ नेपाल केन्द्रमा तीमध्ये २३ जना स्थानीय छन् भने बाँकी अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका हुन्।हाल यस केन्द्रमा १,१८८ जना बिरामी नियमित रुपमा औषधि सेवन गरिरहेका छन्। तीमध्ये ५८२ पुरुष, ५५८ महिला, ३० बालबालिका र १८ जना तेस्रो लिङ्गी छन्। माडी र डण्डास्थित अस्पतालमा ५५ जना स्थानान्तरण भइसकेका छन् भने ५ जना फेरि भरतपुर फर्किएका छन्।अस्पतालले औषधिसँगै बिरामी र कुरुवालाई खाना, एम्बुलेन्स, उपचार सहयोग र खाध्यान्न समेत उपलब्ध गराइरहेको छ। यद्यपि, भाइरल लोड परीक्षणमा चाहिने किट अभावका कारण पछि

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 225 पटक पढिएको
  • लागू औषध सहित ६ जना पक्राउ

    विराटनगर—  ताप्लेजुङ र पाँचथरबाट बुधबार प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोमन विश्वकर्मा, देव बहादुर बि.क., मन्दिप लिम्बु, मनोज साह, सागर लिम्बु र रोहित न्यौपाने रहेका छन् ।ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका–११ का २१ बर्षीय रोमन विश्वकर्मा,  सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि।क, फक्तालुङ गाउँपालिका–३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ ग

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 254 पटक पढिएको
  • नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको अवैध नेपाली र भारतीय रुपैयाँ एक/ एक करोड बरामद

    काठमाडौं— राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताउए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् । चालु आवमा भएको बरामदको विव

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 345 पटक पढिएको
  • बाढीले डाइभर्सन बगापछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भयो

    नवलपरासी— पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालको भनाइमा आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको हो।उनका अनुसार बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था छैन। डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ।यसैबीच,बुटवल-नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ। असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजन

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 109 पटक पढिएको
  • दुई वटा प्याराग्लाइडिङ अनियन्त्रित भई दुर्घटना

    पोखरा— ल्यान्डिङ गर्ने क्रममा बुधबार पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो । सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको  हो उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाइलट २८ वर्षीय विश्वास

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 182 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा