समाज

    Showing 4,941-4,950 of 6,735 items.
  • नदीको बीच भागको टापुमा फसेका २२ जनाको गोताखोरले सकुशल उद्धार गरे

     चितवन— चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ। नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्धार गरिएको हो।​उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल न. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो। नदीको बाँध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुबेको छ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 253 पटक पढिएको
  • बिच्छीको टोकाइबाट ८ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं— मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।बकैया–७ मैनाटार बस्ने बीरबहादुर वाईवाकी८ वर्षीया छोरी अस्मिता वाईवाको गएराति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।उनलाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको बाँया भागमा बिच्छीले टोकेको थियो । त्यसपछि दिउँसोदेखि श्वासप्रश्वासमा समस्या आएको थियो ।उपचारका लागि बिहीवार बिहान हेटौंडा अस्पतालमा उपचारका क्रममा दिनराति अस्पतालले बालिकालाई मृत घोषणा गरेको डिएसपी अर्यालले बताए ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 414 पटक पढिएको
  • आर्थिक वर्ष २०८२–०८३ को वजेटमा मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि

    काठमाडौं— आर्थिक वर्ष २०८२–०८३ को बजेटमा सरकारले मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि गर्ने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै मूल्य अभिवृद्धि तथा अन्तशुल्कसम्बन्धी कानुनमा परिमार्जन गरिने बताएका छन् ।बजेट आउनु अघि बजारमा मदिरा, बियर, चुरोट र सुर्तीको अभाव हुने गरेको छ । अब भने यी वस्तुमा बजार मूल्यसमेत वृद्धि हुने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 363 पटक पढिएको
  • जग्गाधनीलाई खुशीको खबर, सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने घोषणा गर्यो

    काठमाडौं— सरकारले आर्थिक वर्ष २०८२/८३ भित्र पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र (पूर्जा) वितरण गर्ने घोषणा गरेको छ।संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुन संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गरिने जानकारी दिए। उनले लगत संकलन र प्रमाणीकरणको प्रक्रिया सम्पन्न गरी पूर्जा वितरण कार्य अघि बढाइने बताए। यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति सुनिश्चित गरिने पनि उनले स्पष्ट पारे।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 354 पटक पढिएको
  • इटा भट्टामा १३ जनालाई जिउँदै जलाएर मारेका आलमलार्ई किन निर्दोष साविक गरियो? २० वर्ष पुरानो घटनामा अदालतको विवादास्पद फैसला

    काठमाडौं— नेपाली काग्रेसका पुर्व सांसद जस्ले १३ जना निर्दोष जनतालाई जिउदै इटाभट्टामा जलाएरका थिए । उनी हुन अफताब आलम यस्तो जघन्य अपराध गर्दा पनि उच्च अदालत जनकपुरले निर्दोष ठहर गरेको छ ।जिउदै मान्छेलाई मारेको मुद्दा लागेका उनलाई प्रहरीमा उजुरि दर्ता गर्न सम्म राजनितीक पहुँच प्रयोग गरिएको थियो । त्यसको करिब २ दशक लामो मुद्दा खेपिरहेका अपराधीको जित भयो उता पीडित पक्षको हार भो यता आलमको भने जित भयो ।यता पीडितको परिवार भन्छन न्यायालय प्रतिको विस्वास उडयो । यति खेर आलमको फैसलालाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको छ । जस्मा न्यायनलय पाट्रिको भर्ति केन्द«देखि सत्ताधारिको पहुँचमा फैसला हुन्छ

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 279 पटक पढिएको
  • झारफुकको बहानामा बालिकामाथि यौन दुर्व्यवहार, आरोपित प्रहरी नियन्त्रणमा

    मोरङ—  झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय महमद साबिर रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार उनलाई  घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका महमदमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरक्षिक (डीएसपी) वेद प्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार रातिको समयमा उपचार गराउँदा निको हुने भनि आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडितलाई यौन दुर्व्यवहार गर्ने ग

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 221 पटक पढिएको
  • नागढुङ्गा–नौबिसे सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना घाइते

    काठमाडौं— नागढुङ्गा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस दुर्घटना भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस बिहीबार बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको प्रहरीले जनाएको छ ।सो बसले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सडक जाम भएको हो । बसलाई हटाउन क्रेन पठाइएको र केही समयपछि बाटो खुलेर सामान्य अवस्थामा फर्किने प्रहरीले जानकारी दिएको छ ।धादिङको थाक्रेमा पुलमा भ्वाङ परेर अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेको थिएन ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 298 पटक पढिएको
  • एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

    काठमाडौं— नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ। उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।यसरी भएको थियो बिहे२०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो।बिहे कोसँग गर्ने त? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्।२०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 289 पटक पढिएको
  • सांसदद्वारा बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

    काठमाडौं— राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गरे । उनले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताए ।उनले भने, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 262 पटक पढिएको
  • संसद भवनको अगाडी रेविकाको न्याय माग्दै विद्यार्थीको प्रदर्शन, सात जना पक्राउ

    काठमाडौं— गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् ।निषेधित क्षेत्र अगाडी प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 268 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा