समाज

    Showing 4,971-4,980 of 6,735 items.
  • बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरे

    काठमाडौं— सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् ।अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आइतबार आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूको भनाइ छ ।उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 335 पटक पढिएको
  • अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

    जनकपुर— जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरुलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरुलाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौंतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 568 पटक पढिएको
  • अवैध सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

    रौतहट— सर्लाही प्रहरीले अवैध समान सहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आइतबार बिहान बागमती नगरपालिका १२ चेकपोष्टबाट ट्रकलाई  नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।ट्रकमा लोड भएका समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएको पाइएको उनले जानकारी दिए ।ट्रकबाट औषधि, मेसिन, हार्डवेयर, जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री,  र किचेनका समान बरामद

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 310 पटक पढिएको
  • ब्यूरोको असई भन्दै ठगी गर्ने युवक पक्राउ परे

    काठमाडौं— ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन् । उनलाई कैलालीको अस्थायी प्रहरी पोस्ट बसपार्कबाट शनिबार पक्राउ गरेको हो ।धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २/३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक रकम मागेको पाइएको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 287 पटक पढिएको
  • ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने : मन्त्री दाहाल

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।  उनले भने, ‘ फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो । तर सुरुमा समस्या केही देखिएन् । पछि गएर समस्या देखियो । त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो । जसका कारण ढिला भयो । ढिलै भएपनि परिणाम राम्रै आएको छ । अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चा

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 254 पटक पढिएको
  • बारीमा उम्रेको च्याउ खाँदा आठ जना विरामी

    नवलपुर— नवलपुरको गैंडाकोट नगरपालिका–१३ शिख्रौली र गैंडाकोट–११ मुकुन्दसेन टोलका दुई परिवारका ८ जना च्याउ खाएर विरामी परेका छन्।बारीमा उम्रेको च्याउ खाँदा दुई परिवारका ८ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।बिरामी भएकाहरुलाई गैंडाकोट नगर अस्पताल भेडाबारीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको प्रहरीको भनाइ छ।च्याउ खाएर नवलपुरको गैंडाकोट–१३ शिख्रौली कैलाश टाल निवासी ४५ वर्षीय शसी सिर्पाली, २० वर्षीय पूर्णिमा सिर्पाली, ५० बर्षीया शतदेवी लाम्गादे, २७ वर्षीया दिलकुमारी सिर्पाली, २५ वर्षीय कमला हर्नेल, गैंडाकोट– ११ मुकुन्दसेन टोल निवासी ४५ वर्षीय इन्द

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 257 पटक पढिएको
  • सर्लाहीको विभिन्न स्थानमा अवैध रुपमा नदी उत्खनन, स्थानीय सरकार किन मौन?

    सर्लाही— सर्लाहीका विभिन्न स्थानमा अवैध रुपमा नदी उत्खनन हुँदा स्थानीयले क्षति वेहोर्नु परेको छ । अवैध नदी उत्खननले त्यहाँका स्थानीयले खेती योग्य जमिन गुमाएकोले क्षति व्यहोर्नु परेको हो । सर्लाहीको लालबन्दी नगरपालिका वडा नंम्बर– १७ को आसपासमा नदीले कटान गर्दा खेतीयोग्य जमिनभित्र रहेको कालिन्जोर, लखन्देही, फूलजोरलगायतका नदी उत्खननले त्यहाँका कृषियोग्य जमिन  कटान गरेको स्थानीय बताउछन् । मापदण्ड विपरीत वर्षेनी अवैध रुपमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकार, प्रशासन भने मौन रहेको स्थानीयको गुनासो छ । राजनीतिक दलका आडमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकारले किन रोक्न सक्दैनरु स्थानीय स

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 320 पटक पढिएको
  • साँगामा सडक विस्तारका क्रममा सुक्खा पहिरो खस्दा मजदुर घाइते

    भक्तपुर— अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुक्खा पहिलो खस्दा आइतबार एकजना मजदुर घाइते भएका छन् ।भक्तपुरको जगाति–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूर्यविनायक नगरपालिका–१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् ।बर्दियाको वारबर्दिया नगरपालिका–५ घर भई हाल सूर्यविनायक– पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।सडक न

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 166 पटक पढिएको
  • इलाममा जंगली च्याउ खाएका २ जनाको मृत्यु

    इलाम— जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका इलामको माङ्सेबुङ–५ का २ जनाको आइतबार मृत्यु भएको छ।प्रहरीका अनुसार माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो। च्याउ खाएका स्थानीय धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन्।उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ खाएका थिए। खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्रहरीका अनुसार उपचारका लागि अस्पताल लगिएकामा २ जनाको मृत्यु भएको हो।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 239 पटक पढिएको
  • स्याउ बगैँमाचामा असिनापानीले क्षति गर्यो

    जुम्ला— असिनासहितको वर्षाले जुम्लाका स्याउ बगैँचामा क्षति पुर्याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्याएको हो ।  विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । झण्डै आधा फिट असिना परेको थियो ।वडाध्यक्ष रावतले भने, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।” असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 188 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा