जनकपुर / नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन् ।नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश विकास, राजनीतिक तथा सामाजिक हिसाबले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले मधेशमा पार्टीलाई थप संगठित र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै मधेशमा राम्रो पार्टी बनाउन नसकिए देश र कम्युनिष्ट
काठमाडौं / नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरुले बताएका हुन् । त्यस क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सर
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि प्रभावित हुने संकेत देखिएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले स्थायी रूपमा फोहोर फाल्न रोक लगाउने आन्दोलनको तयारी थालेका छन्। यसका लागि बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले साउन १० गते बालाजुस्थित एक पार्टी भेन्युमा सर्वपक्षीय छलफल आयोजना गरेको छ। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवाकोट र धादिङ जिल्ला नेतृत्व तथा धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका जनप्रतिनिधिलाई सहभागी हुन आग्रह गरिएको छ। समितिका अनुसार छलफलपछि आन्दोलनका कार्य
तेह्रथुम । तेह्रथुममा घरायसी विवादले ज्यानै लिने दुःखद रूप लिएको छ। आठराई गाउँपालिका–६ चुहानडाँडा सिमखर्कमा ५१ वर्षीया रूपा लिम्बूको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।बुधबार बिहान भएको घटनामा रूपा लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार सामान्य घरायसी विवाद हिंसात्मक बनेपछि उनीमाथि आक्रमण भएको हो।घटनामा संलग्न भएको आरोप लागेका ३८ वर्षीय कृष्णबहादुर लिम्बू भने फरार छन्। उनको खोजीका लागि इलाका प्रहरी कार्यालय आठराई र चुहानडाँडा प्रहरी चौकीबाट संयुक्त टोली परिचालन गरिएको छ।प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ भने फरार आरो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा अघि बढिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी पत्नीमाथि पनि अनुसन्धानको दायरा विस्तार गरेको छ।अख्तियारले प्रदीप अधिकारीकी पत्नी तथा नेपाली सेनाकी प्राविधिक सह–सेनानी ९क्याप्टेन० सुफल केसीको भूमिकाबारे छानबिन गर्न रक्षा मन्त्रालय र जंगी अड्डालाई औपचारिक पत्राचार गरेको हो। आयोगको प्रारम्भिक निष्कर्षअनुसार विवादित जग्गा कारोबार र आर्थिक लेनदेनमा उनको बैंक खाता प्रयोग भएको आशंका गरिएको छ।विमानस्थल निर्माणसँग सम्बन्धित ठेकेदारसँग भएको भनिएको जग्गा कारोबारमा आर्थिक अनि
काठमाडौं / नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरुले बताएका हुन् । त्यस क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सर
काठमाडौं / दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान समाजले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा जुलाई २२ मा एकैसाथ उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । दक्षिण एसियाका २७ सदस्य संस्थाको सञ्जाल रहेको समाजले गरेको अध्ययनमा आधारित प्रतिवेदनमा क्षेत्रीय रूपमा यौन हिंसापीडितको क्षतिपूर्ति, न्यायमा पहुँच तथा कानुनी व्यवस्थाको अवस्था विश्लेषण गरिएको छ । इक्वालिटी नाउ समाजको सचिवालयका रूपमा रहेको छ भने महिला, कानुन र विकास मञ्च एफडब्लुएलडी नेपालको सदस्य संस्था हो । प्रतिवेदनले
काठमाडौं / बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ४३ मेगावाट क्षमताको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो। सिन्धुज्वाला हाइड्रोपावरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी शेयर लगानी गर्ने निर्णय बुद्धभूमि नेपाल हाइड्रोको सञ्चालक समितिले गरेको हो । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समिति बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको जानकारी दिएको छ । जलविद्युत क्षेत्रमा लगानी विस्तार
काठमाडौं / जलवायु परिवर्तन नेपालको अर्थतन्त्र, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य तथा समग्र विकाससँग प्रत्यक्ष जोडिएको विषय बनिसकेको भन्दै यसको प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन नीति, प्रभावकारी कार्यान्वयन र हरित उद्यमलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।नेपाली कांग्रेसले ४४ औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘द ग्रिन टेबल’ कार्यक्रममा जलवायु नीति विज्ञ, ऊर्जा नीति विश्लेषक, पर्वतारोही तथा हरित उद्यमीहरूले जलवायु परिवर्तनका चुनौती, त्यसका प्रभाव र सम्भावित समाधानबारे धारणा राखेका हुन्। जलवायु नीति विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तन कुनै एउटा क्षेत्र वा एउटा वि
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।प्रधानमन्त्रीले बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरि आह्वान गरेका हुन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.