समाज

    Showing 4,991-5,000 of 6,735 items.
  • करेन्ट लागेर १ जनाको मृत्यु

    धनकुटा— धनकुटाको धनकुटा नगरपालिका-८ शिवबेशी का ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । जेष्ठ १ गते आफ्नै  खेत बारीमा धान गोडिरहेको आवस्थामा बिद्युतको पोलबाट आचानक तार चुडिएर भुईमा झर्दा राईलाई  करेन्ट लागी उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 136 पटक पढिएको
  • भक्तपुरमा लागुऔषध कारोबारी गर्नेहरुको बिगबिगी, २४ घण्टामा आठ जना परे पक्राउ

    काठमाडौं— भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरुले यहाँ कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उनले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिए ।   जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी न

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 279 पटक पढिएको
  • उपप्रमुख सुनिता डंगोललाई विश्व नेताका रूपमा सम्मान

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् । उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौंको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 185 पटक पढिएको
  • ट्यांकरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

    विराटनगर— ट्यांकरको ठक्करले मोरङको उर्लाबारीमा मोटरसाइकल चालकको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा गएराति ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको थियो।प्रहरीका अनुसार ग६प ५०२६ नम्बरको मोटरसाइकललाई ना५ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको छ।गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।ट्यांकर र चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले न

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 267 पटक पढिएको
  • झापामा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

    भद्रपुर— झापामा गएराती आएको हावाहुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगर रहेका छन्।गए राती आएको हावा हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 211 पटक पढिएको
  • चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— चोरी र लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ खोरीयागाउँ बस्ने २६ वर्षीय शिलबहादुर तामाङ रहेका छन्।शिलबहादुरमाथि भएको चोरी र लिखत सम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ ५ गतेको फैसलाले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेस गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 341 पटक पढिएको
  • धादिङबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

     धादिङ— धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ।दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 264 पटक पढिएको
  • दिल्लीको एक घरमा चोरीमा संलग्न ८ नेपाली कैलालीबाट पक्राउ

     कैलाली— भारतको दिल्लीमा गत ११ अप्रिलमा कपिल बद्रीलालको घरमा भएको ठूलो चोरी प्रकरणमा संलग्न ८ नेपाली नागरिकलाई कैलालीबाट पक्राउ गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय दूतावासको अनुरोधपछि समन्वय गर्दै उनीहरुलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा अछाम मेल्लेखका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीका एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप, रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिंजापती, गोदावरीका मीनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्का छन्।प्रहरीका अनुसार उनीहरूबाट २८ लाख नेपाली रुपैयाँ, २४० ग्राम सुन, १३ तोला सुनका गरगहना, ४.९ किलो चाँदी र ४ वटा घडी बरामद गर

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 282 पटक पढिएको
  • भरत तालमा डुबेर एक पुरुषको मृत्यु

    सर्लाही— सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी  (भरत ताल) मा डुबेर एक पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही नगरपालिका- ४ जिरायत बस्ने ६७ वर्षीय पाले सार्कीको तालमा डुबेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय हरिवनका अनुसार सार्कीलाई तालमा मृत भेटिएका थिए । उनलाई उक्त तालमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।अत्यधिक गर्मी भएपछि गर्मी छल्न पौडी खेल्न तालभित्र पस्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छ्न् ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 307 पटक पढिएको
  • ग्याँस लिक भएर काठमाडौंको मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु

    काठमाडौं— ग्याँस लिक भएर बुधबार बिहान काठमाडौंको मखनटोलमा भिषण आगलागी भएको छ । आगलागीमा परी स्थानीय एक महिलाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका– २४ मा रहेको मखनगल्ली टोलमा बस्ने दयाराम श्रेष्ठको घरमा ग्यास लिक हुँदा आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको श्रेष्ठको ४ तले घरमा आगलागी भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भएर आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरी आगो निभाउन परिचालन गरिएको छ। आगलागीमा परी महिलाको ज्यान

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 295 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा