काठमाडौं / प्रधानमन्त्री बालेन शाहले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हाललाई लागू नगर्ने निर्णय गरिएको बताएका छन्।मंगलबार सामाजिक सञ्जालमार्फत उनले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्काल कार्यान्वयन गर्दा आमनागरिकले थप आर्थिक भार र निराशा व्यहोर्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।उनले भने, ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३५ समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। यसैले माननीय अर्
काठमाडौं / सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खोल्ने तथा वितरण गर्ने, उनीहरूले पेस गरेका कार्ययोजना अध्ययन गर्ने र सुनुवाइको कार्यतालिका तय गर्ने विषयमा छलफल भएको थियो।बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले सदस्यहरूलाई प्राप्त उजुरीहरूको अध्ययन गरी उपयुक्त उजुरीका उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराउने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने तथा प
काठमाडौं / तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभूति भएको बताएका छन् ।मगलबार सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको अर्थतन्त्र नै सरकार भएकाले अर्थतन्त्र सुधार नगरि देश नबन्ने दाबी गरे । ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ । देशको अर्थतन्त्र नै सरकार हो,’उनले भने, ‘अर्थतन्त्र सुधार नगरीकन देश बन्दैन । मान्छे निर्यात गरेर देश बन्दैन । मान्छेले उत्पादन गरेको बस्तु निर्यात गरे मात्र यो देश बन्छ । हामी सबै उत्साहित छौँ ।’देशको आर्थिक विकासका लागि उत्पादनमूलक उद्योगको विस्तार आवश्यक रहे
काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा अनुगमनको क्रममा बोल्दै उनले नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रक्रियाका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने बताएका हुन् ।उनले भने, ‘वैदेशिक रोजगारको क्षेत्रलाई सुधार गर्नको लागि ऐन संशोधन गर्दैछौँ । चाडै नै संसद र क्याविनेट लगेर ऐनलाई संशोधन गर्दै नयाँ एउटा युगको सुरुवात गर्छौँ । त्यसमा एभ्रिथिङ डिजिटलाइज हुन्छ । म्यानपावरमा
काठमाडौं / काठमाडौंको मित्रनगरस्थित एक होटलमा युवती मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३, चक्रपथ साम्बाला नजिक बस्दै आएका २७ वर्षीय रमेश बुढा रहेका छन्। उनलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरीका अनुसार साउन ३ गते काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल माउन्टेन प्लाजाको चौथो तलाको ४०४ नम्बर कोठामा एक युवती मृत अवस्थामा फेला परेकी थिइन्।घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको थियो। अनु
काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आजदेखि नेदरल्यान्ड्समा आफ्नो महत्वपूर्ण शृंखला सुरु गर्दैछ। रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेलमा नामिबियाको सामना गर्नेछ। लिग–२ को अंकतालिकामा नेपाल हाल पाँचौँ स्थानमा रहेको छ। विश्वकप छनोटको सिधा यात्रालाई जीवित राख्न अब बाँकी रहेका खेलमा उत्कृष्ट नतिजा निकाल्नु नेपालका लागि अनिवार्य बनेको छ। नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपालले नामिबिया र आयोजक नेदरल्यान्ड्ससँग दुई–दुई खेल खेल्नेछ। पहिलो खेल आज नामिबियासँग, दोस्रो खेल साउन ७ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र अन्तिम खेल साउन १३
जनकपुर / धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं। ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए । उनले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएतापनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिए । नेता महासेठका अनुसार यसबाट वातावरण
जनकपुर / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् ।क्रिश्चियन धर्म मान्ने साम्पाङ्गलाई हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर भित्र प्रवेश गर्न नदिने भन्दै हिन्दूवादी सङ्घसंस्थाहरूले आपत्ति जनाउँदै विरोध गरिरहेका छन् । अहिले जानकी मन्दिर बाहिर र परिसरभित्र भारी मात्रामा प्रहरी परिचालन गरिएको छ । केहीबेर अघि मात्र श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज
सर्लाही / सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई मात्रै फेला पारिएको छ भने बाँकी २७ जनाको अझै अत्तोपत्तो लागेको छैन । प्रहरीको विवरण अनुसार हराउनेमध्ये १७ जना महिला, ३ जना बालक, २६ जना बालिका र ४ जना ज्येष्ठ नागरिक रहेका छन्। उक्त अवधिमा कुनै पनि पुरुष हराएको विवरण दर्ता भएको छैन ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको बिबरणले हराउनेमध्ये बालिकाको संख्या सबैभन्दा बढी रहेको छ । यसैगरी, असार महिनामा प्रहरीले ९ जना महिला, १ जना बालक, १२ जना बालिका र १ जन
काठमाडौँ / काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा हुने भएको छ ।नगरसभा १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा यस सम्बन्धी व्यवस्था गरिएको हो । ऐनमा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसायलाई १२ विधामा वर्गीकरण गरेर दर्ता तथा नवीकरणको दर तोकिएको छ । करका विधा वर्गीकरण गर्दा व्यवसायको प्रकृति, पुँजीगत लगानी र कार्य क्षेत्रलाई आधार मानिएको छ । यस अघि आर्थिक वर्ष २०७२/०७३ लाई करको आधार वर्ष मानिएको थियो । यसलाई सामयिक संशोधन गर्दै ऐनमा करको आधार वर्षका रुपमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.