समाज

    Showing 5,701-5,710 of 6,767 items.
  • इलाममा युवती हत्यामा संलग्न पक्राउ

    इलाम / युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ ।सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो ।घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । 

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 123 पटक पढिएको
  • गुल्मीबाट पाँच लाख नगदसहित ७ जुवाडे पक्राउ

    गुल्मी /  गुल्मीबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका –१ भिमचोकस्थित एक होटलबाट सोमबार बेलुकी पाँच लाख पाँच हजार ६५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।होटलमा जुवाको खाल थापी खेलिरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जुवा तास खेलिरहेको ठाउँबाट एक बुक खोलेको र दुई बुक नखोलेको तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 221 पटक पढिएको
  • कोरोना सङ्क्रमण त्रास बढेसँगै सीमाक्षेत्रमा घर फर्कनेको लर्को

    महोत्तरी  / रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमा नाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरूको सङ्ख्या अधिक पाइएको छ ।दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लो घर पल्लोघर गएआए जस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्ती पिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।जिल

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 135 पटक पढिएको
  • वाग्मतीको शङ्खमूल क्षेत्रबाट चार मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं / शङ्खमूल क्षेत्रको वाग्मती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो ।सफाइबाट जम्मा भएको फोहर काठमाडौँ महानग

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 150 पटक पढिएको
  • गोठालो गएका व्यक्तिमाथि बाघको आक्रमण

    कावासोती  / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मध्यविन्दु नगरपालिका–१५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई शनिबार बाघले आक्रमण गर्दा घाइते भएका हुन् ।भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको छ। बाघको आक्रमणबाट घाइते भएका कुमाललाई स्थानीयले उद्धार गरी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि ल्याएका थिए।मध्यविन्दुमा सामान्य उपचारपछि भरतपुर सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए। नवलपुर

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 166 पटक पढिएको
  • चिसो बढेपछि विद्यालय बन्द

    बाँके  /अत्यधिक चिसो बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिएका छन् ।उनका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन । कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् । पछिल्लो एक सातादेखि

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 111 पटक पढिएको
  • पाँचथरमा आगलागी हुँदा तीन घर नष्ट

    पाँचथर / पाँचथरको फालेलुङ गाउँपालिका –६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् ।बरभञ्ज्याङका जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा रामजित राई र मनबहादुर राईका घर जलेका हुन् ।आगलागीबाट तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो ।बरभञ्ज्याङ फालेलुङ –६ को केन्द्रका रुपमा रहेको बजार हो । विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 110 पटक पढिएको
  • धरान उपमहानगरपालिकामा फोहोर बाट ग्यास ,मल बनाउने कार्यक्रम शुरु

     धरान// धरान उपमहानगरपालिकाले फोहोर बाट ग्यास ,मल बनाउने कार्यक्रम शुरु गरेको छ ।भेन्चर वेष्ट टु इनर्जी नामक परियोजनाले धरान उपमहानगर भित्रको फोहोरलाई प्रशोधन गरेर  ग्यास र मलको उत्पादन सुरु गरेको हो ।मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवाले धरान–६ पानबारीमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको  उद्घाटन गरेका छन् । धरान डे को उद्घाटनमा आएका प्रद्यानमन्त्री देउवा, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलगायतले उत्पादित ग्याँस र मलको अवलोकन समेत गरेका थिए। धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर सो केन्द्र निर्माण गरिएको बताइएक

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 255 पटक पढिएको
  • हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ

    रूकुमपूर्व / कुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ छ भने कतिपयलाई लामो समयपछि भएको वर्षाका कारण खेतबारीमा खनजोतको काम भ्याइनभ्याइ भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रमा परेको हिउँ हेर्न जाने गर्दछन् ।   विगतका वर्षमा रुकुमपूर्व, रोल्पा र बागलुङको सिमाना पातीहाल्नामा आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्दथ्यो।अहिले भूमे गाउँपालिका–१ को लुकुम आसपास

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 202 पटक पढिएको
  • चेलिबेटी बेचबिखन, नेपालगञ्ज नाकाबाट ४३४ युवतीको उद्धार

    झापा  / जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरूलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिएका छन । उनका अनुसार पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ ।  एक वर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उनीहरूलाई मानव बेचविखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुवै सङ्ख्या अघिल्लो वर्षभन्दा बढी नै ह

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 120 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा