समाज

    Showing 5,851-5,860 of 11,057 items.
  • खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

    काठमाडौं— नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१३ बाफलमा लागूऔषध बिक्री वितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौंको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागूऔषध खैरो हिरोइन र रु ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए।प्रहरीले उनका साथबाट एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 585 पटक पढिएको
  • आफ्नै गुटका असन्तुष्ट नेतालाई देउवाको चेतावनी

    काठमाडौं— नेपाली कांग्रेसले १५औं महाधिवेशनको तालिका ल्याउने तयारी गरिरहेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले पुस २६ गतेका लागि १५औं महाधिवेशनको तालिका पेस गर्नेछ।  यसअघि शुक्रबार र आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारी र नेतासहितको छलफलले पुस अन्तिम साता महाधिवेशनको तालिका ल्याउने सहमति गरेको थियो। तर, देउवानिकट नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौलासहितले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने पक्षमा थिए। उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकले धोका दिए

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 532 पटक पढिएको
  • औषधि ऐन संशोधनको माग गर्दै व्यवसायीहरूको धर्ना

    काठमाडौं— औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग गर्दै औषधि व्यवसायीहरूको संघर्ष समितिले काठमाडौंमा धर्ना दिएका छन्। उनीहरूले ऐनमा राखिएको प्रावधान अव्यावहारिक भएको भन्दै तत्काल संशोधन गर्न सरकारसमक्ष माग राखेका हुन्।धर्नामा सहभागी व्यवसायीहरूले ‘हाम्रो जायज माग पूरा गर’, ‘औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर’ भन्ने लिखित प्लेकार्डहरू प्रदर्शन गर्दै विरोध जनाएका थिए। संघर्ष समितिका सदस्यहरूका अनुसार उक्त प्रावधान कार्यान्वयनमा जटिल, व्यवसायमैत्री नभएको र यसको कारण सामान्य सेवा सहज रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ।समितिले सरकारलाई छिटोभन्दा छिटो सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभएस

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 585 पटक पढिएको
  • हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड

    काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ । हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासंघको धारणा छ ।महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी भएर पनि लामो समयदेखि सडक सुविधाको अभावमा नागरिक र व्यवसायी दिनहुँ समस्यामा परेको उल्लेख छ । विसं २०१२–१३ सालमा निर्माण भएको हालको सडक वर्तमान आवश्यकता पूरा गर्न नसकेकाले विस्तारलाई ढिलाइ गर्न नहुनेमा महासंघ

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 560 पटक पढिएको
  • तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

    जुम्ला— जुम्लाको तिला गाउँपालिकाले एक वर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१/८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार गाउँपालिकाले सो आवमा अनुमानित कूल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।बजेट खर्चको उक्त आवमा समग्र प्रगति चालुतर्फ २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।पुँजीगततर्फ १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२ दशमलव १ प्र

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 508 पटक पढिएको
  • गाँजासहित एक व्यक्ति पक्राउ

    रौतहट— आइतबार साँझ प्रहरीले लागुऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ सुन्दरबस्तीका ३३ वर्षीय सुमन तामाङ योन्जनलाई उनको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।प्रहरी नायब उपरीक्षक रुपा लाबुङले तामाङको घरमा खोजतलासी गर्दा ४ केजी ७५० ग्राम गाँजा फेला परेको जानकारी दिइन्। सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तामाङ सुत्ने कोठाको पलङको घर्राभित्र लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 512 पटक पढिएको
  • फाइनलमा नेपालविरुद्ध यूएई १४७ रनमै अलआउट, दयानन्द मण्डलले लिए ६ विकेट

    काठमाडौं— एसिसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको यूएई ४५.५ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भयो । उसका लागि अहमद खुदादादले अर्धशतकीय पारी खेले । १ सय २६ बलको सामना गरेका ६ चौकाको मद्दतमा ७१ रनको पारी खेलेका हुन् ।त्यस्तै, नुरउल्लाह अयोबीले २६ र अयान मिस्बाहले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।नेपालका लागि बलिङमा दयानन्द मण्डलले घातक बलिङ गरे । उनले ६.५ ओभरमा दुई मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए । त्यस्तै, अपराजित पौडेलले दुई, नितेश कुमार पटेल र अशोक धामीले एक/एक विकेट ल

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 590 पटक पढिएको
  • जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेनस् सहकारी पीडित

    काठमाडौं— सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् ।मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए ।उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 536 पटक पढिएको
  • पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी

    काठमाडौं— एड्स रोग नियन्त्रण गर्न प्रयोग गरिने औषधी एआरटिको प्रयोगका कारण पछिल्लो नौ वर्षमा एड्स रोगबाट हुने मृत्युदर ६२ प्रतिशतले कम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।डब्लुएचओका अनुसार एआरटिको पहुँच र सेवा विस्तारका कारण सन २०१५ देखि २०२४ सम्म एड्स सम्बन्धी रोगबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी आएको हो भने नयाँ संक्रमण ३२ प्रतिशतले कम भएको छ ।हाल एचआईभी भएका व्यक्तिहरूमध्ये ८५ प्रतिशतले आफ्नो अवस्था थाहा पाएका छन् । जस मध्ये ७४ प्रतिशत (करिब २.७ मिलियन) उपचारमा छन् र ७२ प्रतिशतले भाइरल दमन हासिल गरेका छन् । तर, यी प्रगतिहरू विश्वव्यापी ‘९५–९५–९५’ लक्ष्यसम्म पुग्न अझै पर्याप

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 509 पटक पढिएको
  • नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

    काठमाडौं— नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौं आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।नेपाल एयरलाइ

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 569 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.