समाज

    Showing 5,871-5,880 of 6,773 items.
  • राजवंशी हत्या : आफ्नै भाइ रतनलाल हत्या अभियोगमा पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोडमा आइतबार शंकास्पद अवस्थामा मृत भेटिएका भाद्रु राजवंशीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले उनकै भाइ रतनलाल राजवंशीलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा परिचालित प्रहरीले रतनलाललाई मेचीनगरबाट पक्राउ गरेका हुन् ।मृतकका छोराले किटानी जाहेरी दिएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी गराएका छन् ।बिर्तामोडको भद्रपुर रोडमा डेरा गरी बस्नेत मृतक भाद्रु र भाइ रतनलाल बिच शनिवार राती झगडा भएको थियो । झगडा पछि रतनलालले आफ्ना बुबाको हत्या गरेको भन्दै मृतकका

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 232 पटक पढिएको
  • विगत १७ महिनादेखी बन्द रहेको लसुना सीमा नाका खुलाउन स्थानीयको माग

     झापा //कोभिडका -१९ कारण विगत १७ महिनादेखी बन्द रहेको  झापाको लसुना सीमा नाका खुलाउन स्थानीयबासीले माग गरेका छन्।नेपाल- भारतको सीमा नाका खुलाउन माग गर्दै  लसुना  बोर्डरमा रहेको छोटी भन्सार कार्यालय अगाडि शान्तीपूर्ण वातारणमा विभिन्न नारा लगाएका हुन्  । लसुना सीमा नाका खोल्न माग गर्दै स्थानीयवासी, व्यवसायी र यातायत चालक, कृषक समुह र र सुनगंज युवा परिवार लगायतले झापा गाउँपालिकाको स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन्। मुख्य नाकाबाट नेपाल -भारत आवतजावत गर्न दिंदा कोरोना सर्ने तर बोर्डरकै विभिन्न साईडबाट आवतजावत गर्न दिंदा कोरोना नसर्ने कस्तो नियम ?भन्दै स्थानीय बास

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 176 पटक पढिएको
  • बिरिङ खोला किनारमा आमा छोराको शव फेला

    झापा / कनकाई नगरपालिका –७ बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नगरपालिका –८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा बिक र उनको अढाइ वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ । मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन् । शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट सुटुक्क हिँडेकी बिक र बालकको शव बिरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताएका छन् ।खोला किनारमा शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोम

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 1,967 पटक पढिएको
  • अझै उठ्न सकेन काठमाडौंका मुख्य-मुख्य चोकका फोहर

    काठमाडौँ  / चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौंका मुख्य-मुख्य चोक अझै पनि सफा हुन सकेको छैन।  अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलंकी, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ। नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयबासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन।  लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौं महानगरपालिकाको भनाइ छ।आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने काम

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 110 पटक पढिएको
  • दमकमा महिलाद्वारा उत्पादन गरिएका सामग्रीको प्रदर्शनी

    झापा  / तीजको पूर्वसन्ध्यामा दमक नगरपालिकाले महिलालाई उद्यमसँग जोड्ने उद्देश्यले पाँच दिवसीय तीज महोत्सव सञ्चालन गरेको छ । दमक नगरपालिका–५ मा शुक्रबारदेखि आयोजित महोत्सवमा स्थानीय कच्चा पदार्थ, श्रम र सीप प्रयोग गरी दमकका उद्यमी महिलाले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न समयमा सीपमूलक तालिम दिएको थियो । महोत्सवमा पूर्वाञ्चल बहिरा सङ्घ, दमक अपाङ्ग सहयोग समिति र भूटानी शरणार्थी अपाङ्ग सङ्गठनमा आबद्ध महिलाले उत्पादन गरेको घरेलु सामानको स्टल राखिएको छ । सुनको जस्तै देखिने ग

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 148 पटक पढिएको
  • पोखरीमा डुबेर झापामा एकको मृत्यु

      झापा //पोखरीमा डुबेर झापामा एकजनाको मृत्यु भएको छ।ठेगाना नखुलेका मागेर खाँदै हिँड्ने अन्दाजी  ५० वर्षीय बमबहादुर कार्की नामले चिनिएका ब्यक्तिको मेचीनगरमा पोखरीमा डुबेर मृत्यु भएको हो। पोखरीमा पौडी खेल्न पसेका उनि ननिस्केपछि स्थानीयले प्रहरी चौकी चारआलीमा  खबर गरेका थिए ।लगतै पोखरीमा पुगेको इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक र सहायक निरीक्षकको टोलीले पोखरीको पानी फालेर शव फेला पारेको थियो ।उनको कालो टोपी, चपल, हाफपेन्ट र मोवाईल समेत पोखरीको डिलमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी गराएको छ।

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 130 पटक पढिएको
  • खातामा रकम नभएको चेक दिएर लाखौं रुपैयाँ ठगी गर्ने एक पक्राउ

    झापा // झापामा खातामा रकम नभएको चेक दिएर लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलामको देउमाई गाविस–९ साविक जितपुर गाविस–४ घर भई हाल बिर्तामोड नगरपालिका–५ मंगलदीप बस्ने गरेका ४३ वर्षीय टंकनाथ कट्टेललाई प्रहरीले पक्राउ गरेको हो।आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्याएर  सिभिल बैंकको चेक काटी दिएको उनीमाथि आरोप रहेको छ।उनलाई सो मुद्दामा उच्च अदालत पाटनबाट २०७७ साल माघ ४ गतेको फैसलाले बैंकिङ गरेको कसुर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रू ६० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । लगतै फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोब

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 112 पटक पढिएको
  • जागिर लगाई दिन्छु भन्दै ठगी गरेको आरोपमा रौतहटका एक व्यक्ति पक्राउ

     रौतहट //जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा यमूनामाई गाउँपालिका - १ का  ४२ वर्षीय   विनय राउत कुर्मी रहेका छन्। गौर नगरपालिका -७  का २२ वर्षीय सुधिर कुमार झालाई प्रलोभन र गफलतमा पारी आफ्नो प्रहरीमा राम्रो सम्पर्क रहेको भन्दै भगौडा प्रहरीको खाली ठाउँमा जागरी लगाईदिने ,सो नभए विदेशमा राम्रो काममा पठाई दिने भन्दै ठगि गरेको उनीमाथि आरोप छ। उनले विभिन्न मानिसलाई समेत झुठो प्रलोभनमा पारेर ७ लाख ५५ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ। सुधिर कुमारले दिएको जाहेरीको आधारमा  यमूनामाई गाउ

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 123 पटक पढिएको
  • पहिरोले पुरिएर पर्वतमा पाँचको मृत्यु, तीन बेपत्ता

    पर्वत / पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । भीषण बर्षको कारण पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 125 पटक पढिएको
  • पोखरामा पहिरोमा परेर तीन जनाको मृत्यु, एक बेपत्ता

    पोखरा / पोखराका विभिन्न स्थानमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । १ बालक बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो ।श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् । यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलमा पहिरोमा घर पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 115 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा