समाज

    Showing 6,071-6,080 of 6,797 items.
  • पोखरीमा डुबेर एकको मृत्यु

    बिर्तामोड / झापाको भद्रपुरमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं. –९ पोकापाडा बस्ने अन्दाजी ६० वर्षीय धनसिंह राजवंशी रहेका छन् । राजवंशी घरदेखि हिजो दिउँसो ३ बजे हराएका थिए । उनी आज बिहान ९ बजे स्थानीय नेपालसिंह राजवंशीको माछा पोखरीमा मृत फेला परेका हुन् ।पोखरी धनी राजवंशीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउना साथ प्रहरी चौकी घोडामाराबाट टोली खटिएर लाश बाहिर निकालेको जनाइएको छ ।

    • प्रकाशित मितिः असार १९, २०७८
    • 181 पटक पढिएको
  • खोलाले बगाएर एकको मृत्यु

    गोरखा  / गोरखामा खोलाले बगाएर गोरखामा एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका –१ श्यामचेतका २६ बर्षीय किरण लामाको मृत्यु भएको हो । उनको आरुघाट गाउँपालिका –३ सोतीस्थित फङ्गी खोला तर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी प्रकाश दाहालले भने  ‘ठाडो खोला रहेछ, तर्ने क्रममा बगाएर ३० मिटर तल फालेछ,’ दाहालले भने, बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर उपचारको लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगे रहेछन् ।’ उपचारको क्रममा चिकित्सकले उनलाई बिहान ११ बजे मृत घोषणा गरेको उनले बताए ।

    • प्रकाशित मितिः असार १९, २०७८
    • 85 पटक पढिएको
  • देशका विभिन्न स्थानमा बिहादेखि नै वर्षा : कहाँ – कहाँ छ खतरा ?

    बिर्तामोड / तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यस्तै प्रदेश नं २ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले

    • प्रकाशित मितिः असार १९, २०७८
    • 147 पटक पढिएको
  • रूपन्देहीमा लागूऔषधसहित ३ पक्राउ

    रूपन्देही / रूपन्देहीको सैनामैनाबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका –१० बेमतेनी बस्ने १८ वर्षीय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगङ्गा नगरपालिका –९ भलवाड बस्ने २४ वर्षीय रमेश बहादुर आचार्य र सोही ठाउँका २५ वर्षीय रमेश मरासिन रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सैनामैना नगरपालिका –१० बेमतेनीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट लागूऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १९, २०७८
    • 93 पटक पढिएको
  • टिपर खस्दा सुतिरहेका श्रीमान् श्रीमतीको मृत्यु

    काठमाडौं / काठमाडौंमा एक अस्थायी टहरामा टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा दुई जनाको ज्यान गएको हो ।बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ छन् । मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले टिपर चालक

    • प्रकाशित मितिः असार १९, २०७८
    • 84 पटक पढिएको
  • कमला नदीको निर्माणाधीन पुल भासियो

    सिराहा / १० वर्षदेखि निर्माणाधीन रहेको कमला नदीको सिराहा–धनुषा जोड्ने पुल भासिएको छ । बिहीबार नदीमा आएको बहावका कारण पुल दुई फिट भासिएको हो । पुलको १२ वटा स्पान र १३ वटा पायामध्ये सिराहा तर्फको दोस्रो पाया भासिएको छ । ०६८ मा पप्पु लुम्बिनी बिल्डर्स जेभिले निर्माण थालेको पुलको काम सक्न अझै बाँकी रहेको छ । १० वर्षदेखि निर्माणाधीन पुल ९५ प्रतिशत काम मात्र पूरा भएको छ । पप्पु कन्स्ट्रक्सनले सात वर्षसम्म सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो । विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम

    • प्रकाशित मितिः असार १७, २०७८
    • 101 पटक पढिएको
  • हेमन्त हत्याको आरोपमा तीन पक्राउ

    प्यूठान / प्युठानमा हेमन्त पुनमगरको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपानेका १७ र १५ वर्षका बालक र मल्लारानी गाउँपालिका वडा नम्बर ३ धनुबाँसका –१८ वर्षीय रेमबहादुर घर्ती रहेका छन् । प्यूठान नगरपालिका –१० नेपानेमा गत सोमबार बिहान हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।घाइते बस्नेतको भैरहवास्थित मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोको अपरेसन गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर

    • प्रकाशित मितिः असार १७, २०७८
    • 86 पटक पढिएको
  • मेचेलाई पहिलो जाती मान्न राजवंशी र धिमाल समुदायद्वारा अस्विकार

    बिर्तामोड / मेचीनगर नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई  ‘पहिलो जाति’ घोषणा गरेपछि धिमाल र राजवंशी समुदायले बिरोध गरेका छन् । गत असार १० गते नगरसभाले मेचे जातिलाई प्रथम जातिको मान्यता दिएको थियो । नगरसभाको निर्णय विरुद्ध धिमाल र राजबंशी समुदायले आपत्ति जनाउदै इतिहासको खोज र अनुसन्धान बिना गरिएको निर्णय आफ्नो समुदायलाई मान्य नभएको बताएका छन् । धिमाल जातीय बिकास केन्द्र र राजबंशी समाज विकास समिति मेचीनगरले सरोकारवालासँग समन्वय र विना अनुसन्धान गरिएको निर्णय अमान्य भएको बताएका छन् । मेचीनगर नगरप्रमुख विमल आचार्यलाई भेटेर उनीहरुले यो विषयमा आपत्ति जनाएका छन । 

    • प्रकाशित मितिः असार १६, २०७८
    • 275 पटक पढिएको
  • सर्पको टोकाइबाट युवकको मृत्यु

    बारा  / बारामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जन रहेका छन् । निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका उनलाई बुधबार बिहान ३ बजे सर्पले कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १६, २०७८
    • 306 पटक पढिएको
  • झापामा पनि निषेधाज्ञा खुकुलो

    बिर्तामोड / झापामा कोभिड –१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार २१ गते राति १२ बजेसम्मका लागि जारी राख्ने र खुकुलो बनाउने निर्णय गरेको हो । संक्रमणको दरमा केही कमी आएपनि खतरा यथावत रहेकाले निषेधाज्ञा थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताएका छन् । खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निमाणजन्य सामग्री, इलेक्ट्रिोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्तकपडा, जुत्ताचप्पल,

    • प्रकाशित मितिः असार १४, २०७८
    • 215 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा