समाज

    Showing 6,081-6,090 of 6,797 items.
  • खोटाङमा छोराद्वारा बुबाको हत्या

    खोटाङ / खोटाङमा बुबाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –२ सोल्माका २८ वर्षीय सुवर्ण राई रहेका छन् । उनलाई आज बिहान ५ बजे बुबा ७२ वर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 107 पटक पढिएको
  • कोरोनाविरुद्ध खोपको कालोबजारी गर्नेलाई कारवाही गर्न माग

    बिर्तामोड / राष्ट्रिय उपभोक्ता मञ्चले कोरोना खोप अवैध रुपमा विक्रि भएको भन्दै कालोबजारीमा संलग्नहरूमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष पैमलाल महर्जनले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको पूर्वी नाकाबाट कोरोनाबिरुद्धको (कोभिशिल्ड) खोप अवैध रुपमा भित्र्याइ लुकिछिपी चर्को मूल्यमा बिक्री गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । महर्जनले जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरूले समयमा दोस्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा अवैध रुपमा भित्र्याएर कालोबजारी हुन थालेको बताइएको छ । यसरी अवैध रुपमा भित्र्याइएक

    • प्रकाशित मितिः असार १३, २०७८
    • 141 पटक पढिएको
  • सङ्खुवासभामा रूखबाट लडेर १ को मृत्यु

    सङ्खुवासभा / सङ्खुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका –६ स्वाङगेका ६५ वर्षीय लिला बहादुर कटुवाल रहेका छन् । हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र बानामा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 122 पटक पढिएको
  • एउटै ट्याङ्करले दुई ठाउँमा दियो ठक्कर , गयो दुई बालिकाको ज्यान

    राजविराज / पेट्रोलियम पदार्थ बोकेको ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई बालिकाको मृत्यु भएको छ ।  सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न –२ सीतापुरमा भएको सडक दुर्घटनामा परी मोटरसाइकलमा सवार थप तिन जना घाईते समेत बनेका छन् ।पूर्वपश्चिम राजमार्गमा फरक फरक स्थानमा ना ७ ख ५४९५ नम्बरको ट्यांकरले दिएको ठक्करमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई किलोमिटरको फरकमा एउटै ट्याङकरले ठक्कर दिएको हो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सप्तरी प्रहरीले जानकारी गराएको छ ।दुर्घटनामा परी स ११ प २५८५ नम

    • प्रकाशित मितिः असार १२, २०७८
    • 127 पटक पढिएको
  • बाँदर आतङ्कबाट छुटकारा पाउन जङ्गलमा फलफूल खेती

    तनहुँ / बाँदरलाई जङ्गलमै भुलाउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले वनमा फलफूलका बिरुवा रोपिएको हो । जङ्गलमा आहारा नपाएर मानव वस्तीमा छिरेर बाँदरले खेतीबाली नष्ट गरिरहेकोले त्यहाँका कृषक हैरान भएका छन् । बाँदर आतङ्क न्यूनीकरण गर्दै बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती शुरु गरिएको सवडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए। त्यहाँको तीन हेक्टर क्षेत्रफलमा १४ प्रजातिका ८ सय ५० वटा फलफूलका बिरुवा रोपण गरिनेछ । तनहुँमै पहिलो पट

    • प्रकाशित मितिः असार १२, २०७८
    • 113 पटक पढिएको
  • शिक्षा मन्त्री श्रेष्ठमाथि कारवाही गर्न माग

    विराटनगर / काठमाण्डौको छुवाछुत प्रकरणको घटनामा संलग्नलाई छुटाउन संघीय सरकारका मन्त्री कृष्णगोपाल श्रेष्ठ नै संलग्न भएको भन्दै प्रदेश १ का दलित अगुवाले विरोध गरेका छन् ।  काठमाण्डौको बबरमहलकी घरधनी सरस्वती श्रेष्ठ र सञ्चारकर्मी रुपमा सुनारबिचको जातीय विभेदको मुद्दामा पक्राउ परेकी प्रधान छुटाउन मन्त्री श्रेष्ठ नै गएको भन्दै दलित अगुवाले विरोध जनाएका हुन् । शनिवार प्रदेश एकका दलित अगुवाको भर्चुअल बैठकमा सहभागिताले रूपा सुनारलाई अन्यायमा पारिएको भन्दै न्याय दिलाउन पनि माग गरेका छन् ।भर्चुअल बैठकमा सहभागि डिबी शाह शंकर, सोमनाथ पोर्तेल, कुमार सिवा, नैन विश्वकर्मा र इन्द्रमाया बराइली लगायतल

    • प्रकाशित मितिः असार १२, २०७८
    • 167 पटक पढिएको
  • बाल गृहदेखि ४ बालक फरार

    विराटनगर / विराटनगर स्थित बाल सुधार गृहबाट चार बालक फरार भएका छन् । गए राती फरार भएका मध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  शुक्रबार राती सुधार गृहको तीन तलामाथिबाट हाम फालेर भागेका उनीहरु मध्ये एक जनालाई प्रहरीले विराटनगर स्थित दुग्ध विकास आयोजना वरिपरिको क्षेत्रबाट पक्राउ गरेको छ ।फरार भएका मध्ये तीन जना जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका  र एक जना हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भएको बाल गृहका इन्चार्ज मिलन चौहानले जानकारी गराएका छन् ।जबरजस्ती करणी मुद्दामा अदालतको आदेशमा थुनामा रहेका झापाका बिज्याँइकर्ता पक्राउ परेको फरार अन्यको खोजी भइरहेक

    • प्रकाशित मितिः असार १२, २०७८
    • 151 पटक पढिएको
  • इन्द्रावतीको बाढीले बगायो ३ तले घर

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले एक घर बगाएको छ । अविरल वर्षाका कारण आएको बाढीले शनिबार बिहान मेलम्ची नगरपालिका –११ स्थित इन्द्रावती नदीको छेउमा रहेको तीन तले पक्की घर बगाएको हो । मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईका अनुसार एक साताअघि आएको बाढीबाट जोगिएको उक्त घर निरन्तर परेको वर्षा र कटानका कारण बगेको हो ।  घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानवीय क्षति भने भएको प्रहरी निरीक्षक राईले बताएका छन् । 

    • प्रकाशित मितिः असार १२, २०७८
    • 143 पटक पढिएको
  • भरुवा बन्दुक सहित तिन पक्राउ

    तेह्रथुम / तेह्रथुमको लालिगुराँस नगरपालिका –१ भुल्केबाट तीन थान भरुवा सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय राम बहादुर गुरुङ रहेका छन् । उनिहरुलाई प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले हिजो दिउसो १ बजे बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः असार १२, २०७८
    • 125 पटक पढिएको
  • उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

    उदयपुर / उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लि –२ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ वर्षीय उमेश परियार रहेका छन् । परियारको हिजो दिउसो १ बजे बिजुलीको पोलमा चड्दा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • 95 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा