समाज

    Showing 6,091-6,100 of 6,797 items.
  • लागूऔषध सहित ३ पक्राउ

    बिर्तामोड / एक नम्बर प्रदेशका छुट्टा छुट्टै ठाउँबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका नगरपालिका –५ पिपल चौकका २९ वर्षीय राम बहादुर निरौला, धरान –९ कि ३० वर्षीया आस्मा खातुन र  धरान २ का ३५ वर्षीया मुन्ना प्रसाद मण्डल रहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका निरौलालाई बिहीवार दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर ३९ ग्राम र डिजिटल तराजु थान –१ सहित पक्राउ गरेको हो । त्यसैगरी धरानको पुरानो बजारबाट खातुन र मण्डललाई प्रतिबन्धित औषधी स

    • प्रकाशित मितिः असार ११, २०७८
    • 456 पटक पढिएको
  • खोटाङमा रुखबाट लडेर १ को मृत्यु

    खोटाङ / खोटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका –१० पामेका ४९ वर्षीय तुल बहादुर मगर रहेका छन् । मगरको आज बिहान ६ बजे भलायोको घाँस झर्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार १०, २०७८
    • 107 पटक पढिएको
  • सन्तोषी हत्या प्रकरण : बलात्कार अस्वीकार गर्दा हत्या

    काठमाडौं / सन्तोषी सुब्बा हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २१ वर्षीय सुवास तिमिल्सिना रहेका छन् । अपराध अनुसन्धान महाशाखाको टोलीले तिमिल्सिनालाई काठमाडौंको असनबाट पक्राउ गरेको हो । प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सन्तोषीलाई बलात्कारको प्रयास गरेको र प्रतिकार गर्दा उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । हत्याका विषयमा भएको अनुसन्धानमा घाँटी थिचेर हत्या गरिएको  र नचिनियोस् भनी अनुहार क्षतविक्षत बनाइएको खुलेको छ ।हत्या आरोपमा पक्राउ परेका तिमल्सिना सिन्धुपाल्चोक चौताराको भएको प्रहरीले जानकारी गराएको छ । अनुशन्धानका क

    • प्रकाशित मितिः असार १०, २०७८
    • 215 पटक पढिएको
  • करेन्ट लागेर १ को मृत्यु

    मोरङ / मोरङको विराटनगर –१५ भट्टाचोकमा करेन्ट लागेर एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर १७ रानी बस्तीमा डेरा बस्ने २५ वर्षीय तावारुल आलम रहेका छन् । तार काट्ने क्रममा मेसिनबाट करेन्ट लागी गम्भिर घाईते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे १ बजे मृत्यु भएको छ ।उनी निर्माणाधीन बजरङ्गबली मन्दिरमा मजुद काम  गर्थे । 

    • प्रकाशित मितिः असार ९, २०७८
    • 99 पटक पढिएको
  • जातीय बिभेदको आरोपी छुटाउन मन्त्री नै पुगेपछि....(भिडियो सहित)

    काठमाण्डौ / जातीय आधारमा घर भाडामा नदिएको अभियोगमा पक्राउ परेकी काठमाण्डौको बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन संघिय सरकारका मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै प्रहरी कार्यालय पुगेका छन् ।संचारकर्मी रुपा सुनारले जातीय आधारमा दलीत भएको भन्दै प्रधानले घरभाडामा नदिएको अभियोगमा दायर गरेको मुद्दामा पक्राउ परेकी प्रधान छुटाउन संघिय सरकारका मन्त्री श्रेष्ठ नै प्रहरी कार्यालय गएका हुन् ।सुनारको जाहेरीका आधारमा पक्राउ परेकी प्रधान छुटाउन नेवार समुदायका जातीय संघ–संस्था आन्दोलनमा उत्रिएपछि नेवार समुदायकै काठमाण्डौबासी समेत रहेका मन्त्री श्रेष्ठ पक्राउ परेकी घरधनी प्रधान छुटाउन प्रहरी कार्यालय पुगेका हुन् । प

    • प्रकाशित मितिः असार ९, २०७८
    • 763 पटक पढिएको
  • पहिरोले घर भत्काउँदा एकै परिवारका ३ को मृत्यु

    बिर्तामोड / रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र १८ वर्षीया सुशीला बुढा रहेको प्रहरीले जनाएको छ ।मंगलबार रातिको पहिरोले रोल्पा नगरपालिका हुमामा दुई तले घर पुरीएपछि तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताएका छन् । सुवेदीका अनुसार पहिरोमा परी टीका बुढामगर घाइते भएका छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवलको मणिपाल कलेज  लैजाने तयारी गरिएको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 147 पटक पढिएको
  • सामाजिक संजालमा भाइरल सन्तोषीको हत्या

    काठमाण्डौ / सामाजिक संजाल फेसबुक र युट्युवमा पशुपंछीको आवाज सहितका भिडिओ सामाग्री प्रस्तुत गर्दै आएकी सन्तोषी सुब्बाको हत्या भएको छ । काठमाण्डौको दक्षिणकालीमा भेटिएको शव सुब्बाको भएको प्रहरीले पुष्टि गरेको छ ।बुधवार विहान दक्षिणकाली परिषरको शौचालयमा उनको विभत्स शव भेटिएको थियो ।  काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा चर्चामा रहेकी सुब्बाको भएको पुष्टि भएको बताएका छन् ।शौचालयमा भेटिएको सुब्बाको टाउकोमा गहिरो चोट र अनुहार पनि क्षतविक्षत रहेको प्रहरीले जानकारी गराएको छ । विभत्स शव भेटिए लगत्तै प्रहरीले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञस

    • प्रकाशित मितिः असार ९, २०७८
    • 657 पटक पढिएको
  • जनप्रतिनिधि भिरबाट चिप्लिइन्

    जाजरकोट / जाजरकोटमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–२ की सुशीला नेपाली रहेकी छिन् । नेपाली बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा भिरबाट लडेर घाइते भएकी थिइन् । उनको उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा बाटोमै मृत्यु भएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 93 पटक पढिएको
  • खानेतेलको गिलेनमा लागूऔषध !

    मोरङ / मोरङमा लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी –७ का ३२ वर्षीय राज कुमार मगर रहेका छन् । उनलाई मङ्लबार बेलुका साढे ६ बजे विराटनगर १६ दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५  एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 274 पटक पढिएको
  • ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    मोरङ / मोरङमा ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई –६ सौठाका ४२ बर्षीय तिलक राज खड्का रहेका छन् । उनी सवार रहेको  प्र१—०२–०४३प ८०११ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरले ठक्कर दिँदा खड्का गम्भिर घाईते भएका थिए । उनको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।ट्रिपर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।

    • प्रकाशित मितिः असार ८, २०७८
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा