समाज

    Showing 6,111-6,120 of 11,065 items.
  • महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

    काठमाडौं— नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि नयाँ पुस्ताका युवा (जेनजी)हरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले  टायर बालेर प्रदर्शन गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो’, उनले भने, ‘ प्रहरीले क्लियर गरिसकेको छ।’विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेका थिए।मसी प्रहार गर्ने विराटन

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 498 पटक पढिएको
  • ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    दाङ— दाङमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका—७ मानपुर बस्ने २१ वर्षीय कुमार विक रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । कुमारले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 203 पटक पढिएको
  • काठमाडौं महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको बन्ध्याकरण

    काठमाडौं— गत कार्तिक १४ गतेदेखि अहिलेसम्म काठमाडौं महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।पशु कल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम चलिरहेको महानगरले जनाएको छ । महानगरका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत् स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौं’, न्यौपानेले भने, ‘प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकु

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 517 पटक पढिएको
  • निजी विद्यालयमा नेपाली भाषा प्रयोग रोक्ने प्रवृत्तिमाथि सर्वोच्चको कडा टिप्पणी

    काठमाडौं— निजी विद्यालयहरूमा नेपाली भाषा बोलेको आधारमा विद्यार्थीलाई दण्ड–सजाय दिन नपाइने गरी सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।कानुनका विद्यार्थी आयुष बडालसहितले दायर गरेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले निजी तथा आवासीय विद्यालयहरूलाई विद्यार्थीमाथि ‘अङ्ग्रेजी मात्र बोल्नु पर्ने’ दबाब दिन रोक लगाउँदै स्पष्ट निर्देशन जारी गरेको हो। इजलासले शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्याब्सन र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाइ आदेश जारी गर्दै विद्यालयभित्र नेपाली भाषा बोलेवापत सजाय, जरिवाना वा कुनै पनि प्रकारको मानसिक शारीरिक

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 521 पटक पढिएको
  • हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

    हुम्ला— जिल्लाको सिमकोट गाउँपालिका–५ को सिममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत रहेका छन् ।आइतबार बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुले उनीहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार आक्रमणबाट लक्ष्य र उनकी श्रीमतीको टाउकोमा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 517 पटक पढिएको
  • नियमित महाधिवेशनका लागि शेखरलाई सक्रियता बढाउन देउवा पक्षको आग्रह

    काठमाडौ‌— कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले आइतबार डा. शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनका लागि थप सक्रिय हुन आग्रह गरेका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा नेताहरूले उनको हालको क्रियाशीलताको बारेमा जिज्ञासा राख्दै महाधिवेशन पुसभित्रै गर्न पहल बढाउन अनुरोध गरेका हुन्।कोइरालाले आफू नियमित महाधिवेशन तथा आवश्यक परे केन्द्रीय समितिबाट विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा रहेको बताए। भेटमा सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए। देउवा पक्षका २७ सदस्यले यसअघि पनि शीर्ष नेताहरूलाई भेट्दै निर्वाचनअघि महाधिवेशन ग

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 456 पटक पढिएको
  • झण्डै १ हजार ४ सय ५० ग्राम गाँजा सहित सिराहामा दुई जना पक्राउ

    सिराहा— सिराहाको लहान नगरपालिका–१ ट्राफिक चोकबाट झण्डै १ हजार ४ किलो ४ सय ५० ग्राम गाँजा सहित दुई जना शनिबार राति प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा संखुवासभा, धर्मदेवी नगरपालिका–९ छिपिधारा टोलका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगर रहेका छन्।इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिर्चैयाबाट रूपनीतर्फ गइरहेको ना.५ख ३२०९ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।प्रहरीले चालक क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाइछिपाइ राखिएको गाँजा फेला पारेको जनाएको छ। ट्रक चालक टंक विश्वकर्मा र सहचालक खेम रानालाई प्रहरीले तत्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 462 पटक पढिएको
  • नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

    काठमाडौं—  इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गरेका हुन् । यही मङ्सिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्भा) र सविता रानामगर सहभागी हुने छैनन् । महासचिव राईले भने, “महिला फुटबललाई अघि बढाउन क्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 523 पटक पढिएको
  • स्काभेटर बिग्रिँदा परासीको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध

    परासी— नवलपरासी (पश्चिम) जिल्लाको दाउन्ने क्षेत्रमा स्काभेटर बिग्रिएपछि सोमबार बिहानदेखि यातायात अवरुद्ध भएको छ। सडक मर्मतका क्रममा प्रयोग भइरहेको स्काभेटर अचानक सडकको बीचमा रोकिएपछि दुबै तर्फका सवारी आवागमन ठप्प भएका छन्।सडक साँघुरो भएकाले बिग्रिएको स्काभेटर हटाउन थप मेसिन र मेकानिक बोलाउनुपरेको प्रहरीले जनाएको छ। लामो दूरीका बस, मालवाहक ट्रक तथा स्थानीय सवारी सो क्षेत्रमै थुनिएका छन्।प्रहरीका अनुसार स्काभेटर मर्मतको काम भइरहेको छ र सडक पूर्ण रूपमा खुल्न केही समय लाग्न सक्छ। यात्रुहरू घण्टौँ बाटोमै रोकिएर सास्ती बेहोर्दै बसेका छन्।स्थानीयले दाउन्ने क्षेत्रमा बारम्बार यस्तो अवरोध आउने भएकाले स

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 433 पटक पढिएको
  • आफैले चलाएको गाडी दुर्घटना हुँदा कांग्रेस नेताको मृत्यु

    काठमाडौं— चितवनमा बोलेरो दुर्घटना हुँदा नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ ।गएराति सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा.१८च८९७३ नम्बरको बोलेरो कालिका नगरपालिका– ११ मा दुर्घटना हुँदा खैरहनी नगरपालिका– ४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।उनका अनुसार न्यौपाने आफैँले चलाएको बोलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 483 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.