समाज

    Showing 6,171-6,180 of 11,065 items.
  • हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका

    मकवानपुर— सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ। विज्ञप्तिमा तोकिएको समयभित्र स्वेच्छाले संरचना नहटाए कानुनअनुसार कारबाही र बल प्रयोग गरी हटाइने

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 298 पटक पढिएको
  • सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

    सर्लाही— सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो। घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक त्यहाँबाट खस्दा ट्रलीको चक्काले किचेर उनको मृत्यु भएको हो ।मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि चालक फरार भएका छन् भने उनको खोजि कार्य भईरहेको छ । यस सम्बन्धि अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 300 पटक पढिएको
  • आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँ

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बैठक बस्ने तय भएको हो ।बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । साथै, आजको बैठकमा संविधान सभाका सदस्य खिमलाल देवकोटा, पूर्व मुख्य सचिव शंकरदास बैरागी, अध्यागमन विभाग महानिर्देशक रामचन्द्र तिवारी र प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई आमन्त्रित पनि गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 342 पटक पढिएको
  • बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिसः ४ केन्द्र परिवर्तन गर्न आग्रह

    बाजुरा— बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो ।जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी निर्वाचन केन्द्र थप गर्न सिफारिस गरिएको हो ।स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन बाजुराका निमित्त निर्वाचन अधिकारी

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 330 पटक पढिएको
  • आज विश्व टेलिभिजन दिवस : विभिन्न कार्यक्रम गरि मनाइदैँ

    काठमाडौं— आज विश्व टेलिभिजन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाउने गरिएको छ ।  राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो । टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पु¥याउने प्रमुख माध्यम मानिन्छ ।यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै स्थानमा ल्याएर बद

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 343 पटक पढिएको
  • जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक

    काठमाडौं— जानकी मन्दिरमा सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज धूमधामका साथ ‘नगर दर्शन’ सम्पन्न भएको छ। बिहानैदेखि जनकपुरधाममा भीड बढ्दै गएपछि मन्दिर परिसर तथा आसपासका मार्गहरू श्रद्धालु भक्तजनले भरिएका थिए।हजारौं भक्तजनले नगर दर्शनमा सहभागी हुँदै जानकी मन्दिरदेखि शहरका विभिन्न प्रमुख स्थलसम्मको यात्रामा उत्साहपूर्वक सहभागी भए। स्थानीयवासीदेखि देश–विदेशबाट आएका दर्शनार्थीले नगर दर्शनको धार्मिक तथा सांस्कृतिक महिमा आत्मसात् गर्दै उल्लासपूर्वक सहभागिता जनाएका छन्।महोत्सवको प्रारम्भिक दिनमै यस्तो व्यापक भीड देखिनु जनकपुरधामको सांस्कृतिक आकर्षण र विवाहपञ्चमी पर्वप्रति जनआस्थाको

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 304 पटक पढिएको
  • एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ । जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन् । पोखरा आज दुई अंक जोड्दै प्रतिय

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 383 पटक पढिएको
  • बाजुराको गौमुलमा बाघको बिगबिगीः फर्म भित्रका ४४ कालिज सखाप

    बाजुरा— बाजुराको गौमुल गाउँपालिकामा बाघको बिगबिगी बढेको छ । पालिकाको वडा.नम्बर ६ मा बढिजसो बाघको बिगबिगी बढेको हो।प्रत्येक बर्ष बाघले ठुलो क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन् ।एकहप्ता अघि सोही पालिकाको –६ सटेडा गैरीबाडाका  स्थानीय नरी चदाँराको गोठमै पसेर बाघले १६ वटा बाख्रा मारेको थियो ।बस्तीमै बाघ छिरेर गोठका बाख्रा मारेर खाएपछि  स्थानीय त्रसित बनेका थिए ।त्यसलगत्तै एकहप्ता पछि पुनः सोही वडाको सटेडामा  बाघले फर्मभित्र पालेका ४४ वटा कालिज मारेर छ । स्थानीय गणेश रोकायाले व्यवसायीक रुपमा सञ्चालन गरेको कालिज फर्मभित्र पसेर बाघले ४४ कालिज सखाप बनाएको हो ।स्थानीय रोकायाक

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 312 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द

    सिरहा— गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उनीहरूले आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन् ।युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापनपत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 344 पटक पढिएको
  • व्यवसाय सञ्चालनको पाँचौं वर्षमै ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल

    काठमाडौं— द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा/उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो ।द क्लिफले यसभन्दा पहिले २०८० / २०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको थियो । यसरी व्यवसाय सञ्चालन गरेको पाँच वर्षको अवधिमै ‘द क्लिफ’ले सबैभन्दा धेरै कर तिर्नेमा ह्याट्रिक गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका निर्देशक राजन कुमार जोशीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।राजु कार्कीको परि

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 320 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.