समाज

    Showing 6,221-6,230 of 6,797 items.
  • डेरी उद्योगमा नगरपालिकाको अनुगमन

    भक्तपुर / भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज डेरी उद्योगमा अनुगमन गरेको छ । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोेले डेरीमा अनुगमन गरेको गोराले बताएका छन् ।अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताएका छन्। कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र बिक्री

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 116 पटक पढिएको
  • ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार दिइने

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई  ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । एशोसिएट प्रदेश समितिका अध्यक्ष वैकुण्ठ पराजुलीले एक विज्ञप्ती जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकूद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने बताएका हुन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई १० हजार रुपैयाँको नगदको सक्रिय पत्रकारिता प

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 127 पटक पढिएको
  • चट्याङ लागेर बालकको मृत्यु

    गलकोट / आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  ज्यान गएको छ । बडिगाड –५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 104 पटक पढिएको
  • सडक दुर्घटनाबाट २ जनाको मृत्यु

    विराटनगर / छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी सुनसरी र ईलामका २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका –१० दाजुभाई चौक स्थितमा दक्षिण तर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक का ४५ बर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेको छ ।त्यस्तै इलाम नगरपालिका –११ आले चोक स्थित भित्रि सड्क खण्डमा बिर्तामोडबाट जितपुर त

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 200 पटक पढिएको
  • हत्याको आरोप लागेका युवक पुर्पक्षका लागि थुनामा

    जनकपुरधाम  / सर्लाहीमा आगो लगाएर छिमेकीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् ।गत वैशाख २० गते ईश्वरपुर नगरपालिका –१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर अगाडिको आँप बगैचामा आगोले जलेर घाइते भएका थिए । उनको उपचारको क्रममा वैशाख २१ गते काठमाडौंमा मृत्यु भएको थियो । उनलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा छिमेकी ३५ बर्षीय शिवजी साह र सुनीता साह पक्राउ परेका थिए ।सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसमा शिवजीलाई पुर्पक्षका लागि थु

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 93 पटक पढिएको
  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    बर्दिया / बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 97 पटक पढिएको
  • यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

    दार्चुला / अपी हिमाल गाउँपालिका –५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छारा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 106 पटक पढिएको
  • रक्सी चोरेको आरोपमा तीन प्रहरी पक्राउ

    जनकपुरधाम  / रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय सिराहाले निलम्बन गरेको हो ।सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माका अनुसार उनीहरुलाई लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा निलम्बन गरिएको हो ।प्रवक्ता शर्माका अनुसार निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने ग

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 164 पटक पढिएको
  • एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    पाँचथर / पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका –३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 108 पटक पढिएको
  • फलाम खानीबाट व्यावसायिक उत्पादन गर्न बजेट विनियोजन

    नवलपुर / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने बतएका हुन् । फलाम, बहुमूल्य धातु, किमती पत्थर, पेट्रोलियम पदार्थ लगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन शुरु गर्ने क्रममा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडामा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने पौडेलले बताए । धौवादीबाट व्यावसायिक उत्पादन शुरु गर्नका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको पौडेलले बताए । हुप्सेकोटको १० किलोमिटर

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 104 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा