समाज

    Showing 6,221-6,230 of 11,065 items.
  • मधेश प्रदेश सभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने

    जनकपुर— मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ । उपसभामुख बबिता कुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकी छन् ।आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्य सूची रहेको छ । यसका लागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामा कार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि उपसभामुख ईशरले आग्रहसमेत गरेकी छन् ।७ दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो । महाभियोग दर्ता भएको ७ दिन भित्र बैठक बसी छलफल गर्नु पर्ने नियम रहेको छ । अन्तिम पटक बैठक बस्दा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लि

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 250 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको हो । आजको बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएका छन् । बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने छ । यस्तै, बैठकमा संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गर

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 240 पटक पढिएको
  • सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश

    जनकपुर— मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार (हिजो) सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सो आदेश पछि मुख्यमन्त्री यादव समर्थकहरु खुसी मनाउँदै छन् । अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न मात्र भनेको तर मुख्यमन्त्री पदमा भने यादव तत्काल रहने भनेकाले मुख्यमन्त्री यादव समर्थक एमालेका सांसद, नेता तथा कार्यकर्ताहरुमा खुसी छाएको छ । सामाजिक सञ्जालमा उनीहरुले खुसी व्

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 301 पटक पढिएको
  • बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह

    काठमाडौं— सरकारले काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीय बासिन्दासँग जनाएका प्रतिबद्धता कार्यान्वयन गर्ने  भएको छ । केहि समय अघि बञ्चरेडाँडाका स्थानिय वासिन्दाहरुले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै त्यसक्षेत्रमा उपत्यकाको फोहोर व्यवस्थापन कार्यमा अवरोध गरेका थिए ।फोहोर बिजर्सनमा अवरोध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ल्याण्डफिल्ड साइटमा गत १६ कात्तिकमा गएर तत्काल पूरा गर्न सकिने माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री घिसिङले मंगलबार आन्दोलनकारीलाई टेल

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 344 पटक पढिएको
  • बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मौनी

    काठमाडौं— बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा टेक बहादुर मौनी आएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक २३ गते उनलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको थियो।मन्त्रालयले प्रशासकीय अधिकृतको रुपमा पठाएसँगै मौनी मंगलबार पालिकामा हाजिर भएका हुन् ।मन्त्रालयले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरुको थमौती भएपछि शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो ।मौनीलाई पालिकामा भव्य स्वागत गर्दै नगर प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला जोशी न्यौपाने लगायत अन्य पालिकाका कर्मचारीहरुले उनलाई खादा र फुलमाला सहित भव्य स्वागत गरेका छन् । पद सम्हाल्

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 392 पटक पढिएको
  • नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् । सोमबारको उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ । काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ । यस टिमको प्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन् । एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 347 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३७ औँ बैठक बस्ने भएको छ ।  बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 332 पटक पढिएको
  • आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै

    काठमाडौं— आज बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको दोषबाट मुक्ति मिल्ने विश्वासमा शतबीज छरिन्छ ।  ।मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् ।शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 362 पटक पढिएको
  • एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यु १९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ । मंगलबार क्यानले एसिसी यु–१९ प्रिमियर कप खेल्न दुबाई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो ।सोही क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिदैँ आएको राम्रो अवसर गुमाउन नहुने बताए ।  उनले भने, ‘टोलीलाई हृदयदेखि नै शुभकामना दिन चहान्छु । एसिसि प्रिमियर कप जुन भईरहेको छ त्यसको लागि तपाईहरु एकदमै भाग्यमानी हो । तपाईहरुले आफूलाई कमजोर ठान्नु भएन र कसैले ठानेको छ जस्तो पनि मलाई लागेको छैन् । तपाईहरुले राम्रो अवसर पाउनु भएको छ, यसलाई नगुमाउनु होल

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 258 पटक पढिएको
  • जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला :ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् । मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् ।  यो हाम्रो पार्टीविरुद्धको स

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.