समाज

    Showing 6,231-6,240 of 11,065 items.
  • पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले  पोखरा एभेन्जर्सलार्ई ५३ रनले पराजित गरेको छ । विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रनको लक्ष्य दिएको थियो । पोखरा एभेन्जर्सलाई १८.५ ओभरको खेलमा विराटनगरले अलआउट गर्दै ५३ रनले जित हासिल गर्न सफल भएको हो । विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् । यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 302 पटक पढिएको
  • ‘मन्त्रिपरिषद्मा जनजाति समूदायका प्रतिनिधिको नाम अस्वीकार गरिनु राम्रो संकेत होइन्’

    काठमाडौं— आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापामगरले वर्तमान मन्त्रिपरिषद निर्माणमा आदिवासी जनजाति समूदायको प्रतिनिधिको नाम अस्वीकृत गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्  ।मंगलबार जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद निर्माणमा आदिवासी जनजाति समुदायको प्रतिनिधिको नाम अस्वीकृत गरेर राज्यले जुन व्यवहार देखायो त्यसले बलिदानको संघर्षमा अग्रपङ्क्तिमा रहेका आदिवासी जनजाति समूदाय राज्यव्यवस्था परिवर्तनबाट आएको प्रतिफलबाट सँधै पछि छ भन्ने पुष्टि गरेको बताए । उनले भने,‘राज्यसत्ताको दमन र उत्पीडनको विरूद्ध आदिवासी जनजाति समुदाय

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 348 पटक पढिएको
  • रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो

    रौतहट— रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ ।जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ । यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ  । मतदाता परिचयपत्र बनाउने समयसीमा मंसिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिनेक्रम जारी रहेको दासले बताए।विश

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 326 पटक पढिएको
  • प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ

    जनकपुर— मधेश प्रदेश सभाका ३२ जना सांसदले प्रदेश सभाको बैठक बोलाउन उपसभामुख बबिता कुमारी राउत ईसरलाई आग्रह गरेका छन् ।मंगलबार जनकपुरधामस्थित मधेश प्रदेश सभामा प्रत्यक्ष रुपमा ३२ जना सांसद पुगेर उपसभामुख राउतलाई बुधबार बैठक बोलाउन भनी निवेदन दिएका छन् । गत कार्तिक २७ गते मधेश प्रदेशका ६४ जना सांसदले सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएको सात दिनभित्र बैठक बसि छलफल गर्नुपर्ने नियम रहेकाले ३२ जना सांसद उपस्थित भएर उपसभामुख राउत सभक्ष पत्र बुझाएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले जानकारी दिए ।पत्र बुझ्दै

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 355 पटक पढिएको
  • कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजल ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो ।  कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो । 

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 360 पटक पढिएको
  • सहकारी छानविन प्रतिवेदनलाई पुनअध्ययन गर्न उपसभापति वाग्लेको माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् ।  मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्लङ देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुनअध्ययन गर्नुपर्ने बताएका हुन । उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४÷५ महिना भयो भैरहवामा लामो समय राखियो । आधार के थियो ? संसदले बनाएको छानविन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानविन रिपोर्ट तयार भएको दुई तीन घण्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 368 पटक पढिएको
  • दुर्गा प्रसाईँलाई पक्राउबारे आयोगः अभिव्यक्तिको कारण पक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीत

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 473 पटक पढिएको
  • मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

    काठमाडौं— बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ ।गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।्जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 467 पटक पढिएको
  • कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक÷एक विकेट लिए ।

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 462 पटक पढिएको
  • दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन

    एजेन्सी— संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय एरोबेटिक प्रदर्शन टोलीले सोमबार दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन गरेको छ । युएईले शसक्त र प्रभावशाली चिनियाँ प्रशिक्षकहरूको नयाँ फ्लीटको सहायतामा हवाई प्रदर्शन गरेको हो । पाँच दिने कार्यक्रममा १,५०० भन्दा बढी प्रदर्शकहरू सहभागी छन् । जसमा ४४० जना पहिलो पटक सहभागी भएका छन्।व्यावसायिक, सैन्य र निजी जेटदेखि मानवरहित हवाई सवारी साधन र हालका उड्डयन प्रविधिहरूसम्म २०० भन्दा बढी विमानहरू प्रदर्शनमा छन्।फुरसान अल इमारत (इमिरेट्सका नाइट्स) प्रदर्शन टोलीमा समावेश चिनियाँ जेट ट्रेनरहरूको आश्चर्यजनक प्रदर्शनले उद्घाटनको सुरुवात शानदार भएको

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 564 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.