समाज

    Showing 6,551-6,560 of 7,709 items.
  • आलु र मासुमा आत्मनिर्भर बन्दै ओखलढुङ्गा

    ओखलढुङ्गा / प्रदेश १ को पहाडी जिल्ला ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको आलु र बाख्रा जोन कार्यक्रम सञ्चालनमा आएसँगै ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको हो । ओखलढुङ्गाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ ।  सिद्धिचरण नगरपालिकाको वडा नम्बर ५, ६, ७, मोलुङ गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र खिजिदेम्बा गाउँपालिकाको वडा नं. ६, ७, ८, ९ मा करिब तीन वर्षदेखि आलु जोन कार्यक्रम सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले जना

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 287 पटक पढिएको
  • बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा मृत फेला

    बझाङ / बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार बुंगल नगरपालिका –९ स्थित रारुकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । गएराति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका बताइएको छ । घटनाको अनुसन्धानका लागि चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 221 पटक पढिएको
  • च्याउमा आत्मनिर्भर बन्दै झापा

    बिर्तामोड  / कनकाई नगरपालिका –६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै आएका छन् ।एघार वर्षअघि आफूसँग भएको रु पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको रु २५ हजार लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए । एउटा टहरामा चार सय ५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमा च्याउखेती प्रतिको उत्साह बढ्यो ।थप डेढ बिघा जमिन लिजमा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे । उनले हाल १०  टहरामा सात हजार पोका च्याउको व्यावसायिक खेती गरिरहेका छन् । दधिराम जस्तै झापाका दुई द

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 300 पटक पढिएको
  • पाँचथरमा सुत्केरीको मृत्युबारे छानबिन गर्न समिति गठन

    पाँचथर / पाँचथरको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्युपछि उक्त घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आफन्त र अस्पताल सञ्चालकसहित बसेको सर्वपक्षीय बैठकले पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवालको संयोजकत्वमा समिति गठन गरेको हो । शनिबार सो अस्पतालमा सुत्केरी भएकी फिदिम –६ की १९ वर्षीया करिना फागोको आइतबार मृत्यु भएको थियो । परिवार तथा आफन्तले अस्पताल तथा स्वास्थ्यकर्मीको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । बैठकले मृतकका परिवारलाई अस्पतालले १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ । सो सहमतिसंगै आफन्त

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 222 पटक पढिएको
  • उर्लाबारीबाट लागूऔषध सहित चार जना पक्राउ

    बिर्तामोड / मोरङको उर्लाबारी नगरपालिका –२ स्थितबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –२ का २० बर्षीय नवीन पुरी, उज्वल थापा, २८ वर्षीय सुमित राई र उर्लाबारी –३ का रकि धिमाल रहेका छन् । मंगलबार बेलुका साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट बरामद गरेको छ । उनीहरूको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।&nb

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 203 पटक पढिएको
  • ७३ दिनपछि अमृताको दाहसंस्कार

    बुटवल / रहस्यमय ढंगले ज्यान गुमाएकी रूपन्देहीकाे तिलोत्तमा नगरपालिका –२ जानकीनगरकी अमृता खत्री टण्डनको दाहसंस्कार गरिएको छ ।माइती र घर पक्षबीच बिहीबार सहमति जुटाएपछि ७३ दिनपछि शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा माइती पक्षले दाहसंस्कार गरेका हुन् ।विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षा दिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ ।गएको चैत ३० गते राति अमृताको शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाइ

    • प्रकाशित मितिः असार १०, २०७९
    • 215 पटक पढिएको
  • बलात्कारविरुद्ध माइतीघरमा ‘रेप निड जस्टिस’ समूहद्वारा प्रदर्शन

    काठमाडौँ / काठमाडौँको माइतीघरमा ‘रेप निड जस्टिस’ समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेको छ ।उक्त समूहले “बलात्कारमा हदम्याद हटाऊ” भन्ने मूल नाराका साथ बलात्कारीले सजाय पाउनैपर्ने र पीडितले न्याय पाउनैपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । साथै, उनीहरूले ‘पेन्ट मि रेड’ अभियानअन्तर्गत यौन दुर्व्यवहारमा परेकाहरूले संयुक्त हस्ताक्षर गरी प्रतीकात्मक रूपमा शरीरमा रातो पोतेरसमेत विरोध जनाएका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 236 पटक पढिएको
  • आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

    झापा / आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ । २१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा हरेक जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको हो ।नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । २०५८ साल साउन ३२ गते छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता सहित राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 128 पटक पढिएको
  • यार्सा सङ्कलनको सुरक्षामा खटिएका प्रहरीको मृत्यु

    मुगु / मुगुमा यार्सागुम्बा सङ्कलनका लागि लेकतिर गएकाहरूको सुरक्षाका लागि खटिएका एक प्रहरीको लेक लागेर मृत्यु भएको छ।प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मुगुको कार्मारोङ गाउँपालिका –२ ठुली कोशीरीमारमा सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको बुधबार मृत्यु भएको हो।  सोमबार लेक लागेर टाउको दुख्ने तथा स्वासप्रस्वासमा समस्या आएपछि सिंहलाई सहकर्मी प्रहरीले सिमा प्रहरी चौकी पुर्‍याएका थिए। बुधबार थप उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पुर्‍याइएका उनको साढे २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेखका सिंह के

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 218 पटक पढिएको
  • पत्नी हत्यामा सम्लग्न डि .आइ. जी . कोइराला पुन पक्राउ

    २०७९, जेठ १३ गते        पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए ।बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन्

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 247 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा