समाज

    Showing 6,691-6,700 of 11,065 items.
  • यस बर्षको छठ पर्व सकिएसँगै जलाशय सरसफाइ गरिँदै

    रौतहट— आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई यस बर्षको छठ पर्व समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएपछी सम्पन्न भएको हो । रौतहटको चन्द्रपुर, गरुडा, गौर सहित १८ वटै पालिकामा रहेका जलाशयमा पुगेर ब्रतालुहरुले छठ पूजा गरेका हुन । अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन  छ । सूर्यलाई अघ्र्य  दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने ध

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 509 पटक पढिएको
  • ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौता सम्पन्न भएको छन् । एक सम्झौता व्यापारसँग सम्बन्धित छ भने अर्को दुर्लभ र महत्वपूर्ण खनिजको आपूर्ति सुदृढ गर्न केन्द्रित छ ।पहिलो सम्झौतामा ‘अमेरिका–जापान गठबन्धनको नयाँ सुनौलो युग’को घोषणा गरिएको छ । यस सम्झौताअनुसार जापानी लगानीकर्ताले अमेरिकामा करिब ५५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन् । बदलामा अमेरिकी पक्षले जापानी निर्यातमा १५ प्रतिशत कर लागू गर्ने व्यवस्था गरेको छ ।दोस्रो सम्झौताले दुर्लभ र महत्वपूर्ण खनिजको खानी र प्रशोधन क्षेत्रमा सहकार्य बढाउने ढाँचा तय

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 622 पटक पढिएको
  • सिरहामा धूमधामका साथ छठ पर्व सम्पन्न

    सिरहा— आज छठ पर्वको मुख्य दिनमा सिरहाका विभिन्न तलाउ, नदी र पोखरीहरूमा व्रतालुहरूले विधिपूर्वक उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व सम्पन्न गरेका छन् ।हजारौं भक्तजन बिहानैदेखि पवित्र स्नान, पूजा र अघ्र्यका लागि घाटमा भेला भएका थिए ।श्रद्धा, भक्ति र अनुशासनको प्रतीक यस पर्वमा महिलाहरूले चार दिनसम्म निराहार व्रत बसेर सूर्यदेव र छठी मइयाको आराधना गरेका थिए ।पर्वको अवसरमा सिरहाका घाटहरूमा आकर्षक सजावट गरिएको थियो भने सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।सूर्यदेवप्रति आस्था र कृतज्ञता व्यक्त गर्दै सम्पन्न भएको यो पर्वले सिरहामा धार्मिक उत्साह र सामाजिक एकता झल्काएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 578 पटक पढिएको
  • अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो

    काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।विभागका अनुसार आव २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।गत आव २०८१/८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्रा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 561 पटक पढिएको
  • बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

    काठमाडौं—  नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डल’ले सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत उनले देशमा देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्न माओवादी धारासहितका बामपन्थीहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन् । ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उनले लेखेका छन् । देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबी

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 484 पटक पढिएको
  • नेपाल नेपालले भारतलाई २–१ ले पराजित

    काठमाडौं—  नेपाली महिला फुटबल टोलीले भारतमाथि जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।भारतस्थित शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी हुन् । यस्तै, खेलको ६३ औँ मिनेटमा साम्बाले अर्को उत्कृष्ट गोल गरेकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 548 पटक पढिएको
  • पहिलो त्रैमासमा नेपालको भारत र चीनसँग मात्रै तीन खर्ब बढीको व्यापार घाटा

    काठमाडौं— चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै तीन खर्ब बढिको व्यापार घाटा व्यहोर्नुपरेको छ ।निर्यात भन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोडको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक ९साउन–असोज० सम्ममा भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोडको वस्तु आयात गरेको छ । यो अवधिमा ५९ अर्ब १२ करोडको मात्रै वस्तु निकासी गरेको छ । जसबाट पहिलो त्रैमासमा भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ ।त्यस्तै, उत्तरी छिमेकी देश चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास ९साउन

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 738 पटक पढिएको
  • स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान

    काठमाडौं— अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ ।ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले भने ।एसपी अवस्थीका अनुसार आज बिदा परेकाले मंगलबार थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 673 पटक पढिएको
  • सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती

    सङ्खुवासभा— जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन्।जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भीडभाडका कारण सुरक्षामा थप चुनौती देखिएकाले सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको हो।“जिल्लामा शान्त

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 614 पटक पढिएको
  • पाँचथरमा बुवाद्वारा छोरामाथि गोली प्रहार, घटनास्थलमै मृत्यु

    पाँचथर— पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले आफ्नै छोराको गोली हानी हत्या गरेका छन्।भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले मादक पदार्थ सेवन गरेको अवस्थामा आइतबार दिउँसो करिब ३ः२० बजे आफ्नै १७ वर्षीय छोरा सफल सिंघकमाथि भरुवा बन्दुकबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बखतसिंहले घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरालाई निशाना बनाएर गोली चलाएका थिए। दाहिने कुम, कञ्चट र छातीमा गोली लाग्दा सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।घटनापछि प्रहरीले बखतसिंहलाई प्रयोग गरिएको भरुवा बन्दुकसहित

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 627 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.