समाज

    Showing 6,771-6,780 of 11,065 items.
  • सर्लाहीमा नेपाली सेनासहितको संयुक्त गस्ती

    सर्लाही ।  सर्लाहीमा तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाली सेनासहितको संयुक्त गस्ती परिचालन गरिएको छ । प्रमुख दुई पर्वमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सम्मिलित संयुक्त टोलीले निगरानी बढाएको हो।सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सदरमुकाम मलङ्गवा बजारसहित जिल्लाका विभिन्न स्थानमा संयुक्त गस्ती सुरु भइसकेको छ।उनका अनुसार संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा नियमित निगरानीका साथै पैदल र सवारी गस्ती दुवै सञ्चालन गरिनेछ । प्रहरी, सशस्त्र र सेनाका तीनै सुरक्षा निकायका प्रमुखहरूको ने

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 385 पटक पढिएको
  • विद्युत् महसुल नबुझाएको हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको कारण शिवम सिमेन्ट उद्योगको लाइन काटेको हो ।शिवम सिमेन्ट उद्योगले ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी रहेकाले लाइन काटिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराज यादवले बताए । आज बिहान शिवमको लाइन काटिएको जानकारी दिए ।प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 328 पटक पढिएको
  • लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति

    सर्लाही । दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको रात परेका आगलागीमा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।लालबन्दी नगरपालिका – ५ मेजरगन्जमा राति साढे ११ बजेतिर कैलाश साहको किराना गोदाममा आगलागी भएको हो । जस्ताले छाएको इँटाको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो ।नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 348 पटक पढिएको
  • चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला

    काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बरालको मूख्य भूमिकामा रहेको सिनेमाको अग्रिम बुकिङ खुला भएको हो ।मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ ।‘धेरै चलचित्र रहेकाले सोही अनुसारको शो हाम्रो चलचित्रले पाएको छ,’ निर्देशक सुरेन्द्र पौडेलले भने, ‘रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो चलचित्र बनाएका छौँ ।’‘वरिष्ठ बलराम’ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन् । ट्रेलर र ‘न्यौली बनैमा’ गीत

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 473 पटक पढिएको
  • ‘छिन्दु खोलामा’ बनेको पुलले स्थानीयको समस्या समाधान

    बाजुरा । बाजुराको सर्वाधिक विकट हिमाली गाँउपालिका ३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा बनेको झोलुङ्गे पुलले यहाँका स्थानीयको युगौं देखिको समस्या समाधान भएको छ। ‘ज्यानमारा खोला’का रुपमा परिचित उक्त खोलामा लामो समयको अथक प्रयास पछि झोलुङ्गे पुल निर्माण गरिएको थियो। पुल निर्माण पश्चात् यहाँका स्थानीयको दैनिक आवतजावतमा हुने समस्या समाधान भएको हो।छिन्दु खोलामा सहरी विकास मन्त्रालय अन्तर्गत, स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माण गरेको थियो। १ करोड २८ लाख ९ हजार ९ सयमा ठेक्का गरेको र जगदम्बा, सुर्मासरोवर जेभीले ८४ लाख ७५ हजार १ रुपैयाँमा सम्झौता गरि निर्माण कार्य

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 338 पटक पढिएको
  • आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन् । छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ । सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे पनि चुनावको वातावरण सिर्जना नभएको राजनीतिक दलहरु बताउदै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 383 पटक पढिएको
  • १ लाख ७९ हजारभन्दा बढी नगदसहित जुम्लामा ७ जना पक्राउ

    मुगु । जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा जुवा खेलिरहेका सात जनासहित एक लाखभन्दा बढि नगद बरामत गरेको छ । जुवाखालामा छापा मार्दा पक्राउ पर्नेहरू जुवा खेलिरहेका बेला नियन्त्रणमा लिइएका हुन्। घटनास्थलबाट १ लाख ७९ हजार २ सय ८५ नगद बरामद गरिएको प्रहरी कायालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार ३६ वर्षीय देसाङ तामाङको घरमा लुकीछिपी जुवा खेलिँदै आएको सूचनाका आधारमा प्रहरी टोलीले कार्तिक २ गते राति अचानक छापा मारेको हो ।प्रहरी नायब उपरीक्षक डीएसपी रबिन बाबु रेग्मीका अनुसार स्थानीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकतामा राख्दै तत्काल टोली परिचालन गरिएको थियो। घटनास्थलमै सा

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 231 पटक पढिएको
  • तरुण दलले ७३औँ स्थापना दिवस मनाउँदै

    काठमाडौं । नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ ।आज तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तिन जिल्ला बाहेक बाकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३ औँ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन । उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताए । तरुण दलले यसपाली केन्द्र र जिल्ला भरी फरक शैलि अपनाएर आफ्नो स्थापना दिवस मनाउदैछ । कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 535 पटक पढिएको
  • करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

    झापा— झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।मृतु हुनेमा ४९ वर्षीय लोकबहादुर गाइने रहेका छन् । उनले करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गर्दै गर्दा आफैँ करेन्टमा परेर मृत्यु भएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार घटना आइतबार दिउँसो अमलखुट्टा खोलामा भएको हो।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 541 पटक पढिएको
  • जुवातास खेल्दै गरेका वडाध्यक्षसहित ६ जना पक्राउ

    दाङ— सल्यान जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।आइतबार बिहान करिब ५ बजे श्रीनगर निवासी लोकबहादुर बुढाथोकीको घरमा प्रहरी टोलीले छापा मार्दा सोही वडाका वडाध्यक्ष प्रदीप पाण्डे सहित ६ जनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डा. हेमबहादुर केसीका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरुमा लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाया रहेका छन्।उनीहरुको साथबाट १ लाख ७ ह

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 585 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.