काठमाडौं । प्रतिगमन तथा महिला हिंसा र विभेदविरूद्ध महिलाले काठमाडौंमा मार्चपास गरेका छन् । उनीहरुले प्रतिकात्मक शवसहित मार्च पास गरेका हुन् ।कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका थिए । प्रतिकात्मक शव र मलामीसहित बसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेपछि सभामा परिणत भएको थियो ।बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको र सरकारले यसैबेला तानाशाह प्रवृति देखाइरहेको भन्दै महिलाहरु त्यसको विरोधमा सिंहदरबारमा मार्च पास गरेका हुन् । यो मार्च पासको अगुवाइ ‘बृहत नागरिक आन्दोलन’ले गरेको छ ।
बिर्तामोड / नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको भन्दै महिला अधिकारवादीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । प्रहरीको तथ्याङ्कले विगत पाँच आर्थिक वर्ष भित्रमा नेपालमा ८ हजार भन्दा बढी बलात्कार र ३ हजार १ सय भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखिएको छ । यस अवधिमा झन्डै ६० हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएको प्रहरीको तथ्यांकमा छ । बलात्कार र हिंसाका घटनाहरूको चाङ्ग लागिरहँदा प्रहरी प्रशासन कानुन बमोजिम अनुसन्धान गरी दोषीलाई कारबाही भइरहेको तर ‘उत्तेजना
मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी छोरी सम्मेलन हुने भएको छ ।मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिए।सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५
चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म ९ करोड २५ लाख रुपैयाँ उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म ४१ करोड ८८ लाख ४ हजार ९ सय ३६ रुपैयाँ खर्च भइसकेको छ । सोमबारसम्म प्राप्त बिलअनुसार ९ करोड २५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण
काठमाडौँ/ बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए।उनले भने, “घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।” डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन्
काठमाडौं । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ ।कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँ
बैतडी । आफ्नै छोरीको हत्या गरेर फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–१० बिजयपुरका ६५ वर्षीय धनबहादुर महराले गाउँमा पनि आतंक मचाएका छन्।गोली लोड गरेको भरुवा बन्दुकसहित फरार रहेका धामीले शनिबार राति गाउँमा आतंक मच्चाउनुका साथै आफ्नै घरमा आगजनीसमेत गरेका छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले बन्दुक देखाएर कोही अगाडि आए गोली ठोकिदिने धम्की दिइरहेका छन्।‘लोड गरेको बन्दुक देखाएर कोही अगाडि आए सुट गर्छु भनेर गाउँलेलाई धम्क्याइरहेको खबर आएको छ। अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन’, उनले भने, ‘हामी संयमित भएर खोजीकार्य गरिरहेका छौँ।’उनका
भ्यालेन्टाइन डेका लागि भारतबाट करिब १ करोड रूपैयाँको गुलाफको फूल आयात भएको छ । गुलाफ भ्यालेन्टाइनमा धेरै बिक्री हुने गरेको छ ।नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब १ लाख ८० हजार स्टिम गुलाफ फूलको माग छ । नेपाली बजारमा बिक्री हुने १ लाख ८० हजार स्टिममध्ये विदेशबाट करिब १ लाख ४० हजार ल्याइने र नेपालमा ४० हजार स्टिम मात्रै उत्पादन हुने एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।कोरोना जोखिमका कारण यस वर्षको भ्यालेन्टाइन डेमा अघिल्लो वर्षको अनुपातमा कम बिक्री हुने श्रेष्ठले बताए ।गुलाफको फूलको मूल्य प्रतिस्टिम ८० देखि १ सय रूपैयाँसम्म छ । गत साल करिब १ करोड रूपैयाँ बराबरको कारोबार हु
बाराको फेटा गाउँपालिका- ५ जोतपुरबाट स्रोत नखुलेको रकमसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।प्रहरीले स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानीट्यांकी, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरिदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.