समाज

    Showing 6,841-6,850 of 11,065 items.
  • प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छः गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पङ्क्तिमा रहने भएका कारण हरेक कुरामा प्रहरी निसानामा पर्ने गरेको बताए । उनले प्रहरीलाई आवश्यक स्रोत, साधन उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा रहेको बताए ।उनले भने, ‘नेपाल प्रहरीलाई साधन स्रोतले सुसजित बनाई देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 529 पटक पढिएको
  • हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा

    रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन् । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण बस्तीको मुनिबाट जमिन बग्न लागेपछि ती बस्ती जोखिममा परेका हुन् । गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार हिलेदेवीको केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका ७७ परिवार पहिरोको जोखिममा परेका छन् ।  निरन्तर खसिरहेको पहिरोका कारण कतिपय घर भत्किसकेका छन् भने धेरै घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । बस्तीको जमिन दिनदिनै तलतिर सर्दै जाँदा स्थानीयका घर चर्कने र भत्कने क्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 393 पटक पढिएको
  • ललितपुरबाट ५० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

    ललितपुर— ललितपुर महानगरपालिका–१६, धौंगल क्षेत्रबाट ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।सशस्त्र प्रहरी बलका अनुसार पूर्वी चम्पारण, घोरसहन घर भई हाल नेपालमा बसोबास गर्दै आएका ३१ वर्षीय अभिशेख शेखलाई विशेष सूचनाको आधारमा आज दिउँसो नियन्त्रणमा लिइएको हो।भारतबाट अवैध रूपमा चाँदी भित्र्याई नेपालमै विभिन्न प्रकारका गरगहना बनाएर बिक्री वितरण गरिँदै आएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।शेखको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 691 पटक पढिएको
  • भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

    सर्लाही— मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेपछि प्रदेशसभाले शुक्रबार सूचना जारी गर्दै उनलाई निलम्बन गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहालाई यसअघि पनि अख्तियारले अनुसन्धानका क्रममा जेठ २९ गते पक्राउ गरेपछि निलम्बन गरिएको थियो । तर भदौ १३ गते प्रदेशसभा सचिवालयले अख्तियारको प्रतिवेदनका आधारमा उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । त्यसबेला अख्तियारले अदालतमा आरोपपत्र दायर नगरिएकाले र कुशवाहा धरौटीमा रिहा भएकाले निलम्बन हटाइएको उल्लेख गरिएको थियो । तर पछ

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 577 पटक पढिएको
  • सुन प्रतितोला २ लाख ५८ हजार

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो ।  

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 587 पटक पढिएको
  • पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पा रहेनन्

    काठमाडौं— सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नेतृत्वमा सम्पन्न पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको छ ।परिवारका अनुसार, आंग फुर्बा ‘कन्चा’ शेर्पा बिहीवार बिहान करिब २ः०० बजे स्वर्गीय भएका हुन् । शेर्पाले आफ्ना अन्तिम दिनहरू आफ्नो पैतृक घर नाम्चे बजारमा बिताएका थिए । जुन सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ ।नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने,‘कान्छा’ शेर्पाको निधनले हामीलाई गहिरो शोक दिएको छ । सगरमाथाको पहिलो सफल आरोहणको इतिहाससँग जोडिएका यी महान व्यक

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 557 पटक पढिएको
  • जुम्लाको गुठिचौर गाउँपालिका द्वारा १९ करार कर्मचारीको सम्झौता रद्ध

    मुगु— जुम्लाको गुठिचौर गाउँपालिकाले करार, ज्यालादारी र अस्थायी सेवामा कार्यरत १९ जना कर्मचारीको सम्झौता एकैसाथ रद्ध गरेको छ । गाउँपालिकाले असोज २९ गतेदेखि लागू हुने गरी सबै करार सम्झौता रद्द गर्दै काममा नआउन आधिकारिक परिपत्र जारी गरेको हो ।गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाका अनुसार, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रका आधारमा यो कदम चालिएको हो । दरबन्दीभन्दा बढी कर्मचारी राख्ने गलत अभ्यास अन्त्य गर्नका लागि यस्तो निर्णय गरिएको उनले बताए ।असोज २९ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले भने, “अब गाउँपा

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 569 पटक पढिएको
  • भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो

    बर्दिया— बिहिबार दिउँसो नेपालको सिमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ । भारतको बहराईच जिल्ला मोतिपुर थाना अन्र्तगत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षिय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार गत मंगलबार धनगढी जान भनि घरबाट हिँडेका थिए । बिहिबार नेपाली मुलको जस्तो देखिने युवाको शव नेपाल भारत सिमावर्ती क्षेत्रमा फेला परेको खबर फैलीएको थियो । घटना स्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 494 पटक पढिएको
  • सुरक्षा चुनौतिको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैनः महानिरीक्षक खापुङ्ग

    काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा  शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतिको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले हालको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको पनि बताए । ‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरु पश्चातको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 472 पटक पढिएको
  • ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दैछ । बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने बताइएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् भने अन्त्यमा, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।  बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 575 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.