समाज

    Showing 7,711-7,720 of 11,082 items.
  • राष्ट्रपतिको अपिल: लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् ।उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।राष्ट्रपतिले जारी गरेको वक्तव्यमा लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षको सहकार्य अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।उनले भने,‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 495 पटक पढिएको
  • जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने

    काठमाडौं— देशभरि तीव्ररूपमा फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदै ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा भीषण आगलागी भयो । आन्दोलन उग्र बन्दै गएपछि आक्रोशित समूहले मन्त्री क्वार्टरमा आक्रमण गरी आगजनी गर्यो ।सरकारी तथ्यांकअनुसार करिब १ अर्ब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्त्री क्वार्टर आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।आन्दोलनबारे प्रतिक्रिया लिँदै नेपाल न्यूज बैंकले भैंसेपाटी निवासी शत्रुधन साहले भने, ‘यो आन्दोलन जरुरी थियो । युवाहरू रोजगारको अभ

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 576 पटक पढिएको
  • आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने

    काठमाडौं— जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ । विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ । आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधा

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 622 पटक पढिएको
  • जेनजी आन्दोलन प्रकरणः मृत्यु हुनेको संख्या ३० पुग्यो भने १ हजारभन्दा बढी घाइते

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो । हालसम्मको पछिल्लो अपडेट अनुसार ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३–३ जना, केएमसी आस्पताल २ जना र टिचिङ अस्पतालमा एकको उपचारको क्रममा मृत्यु भएको छ । मन्त्रालयका अनुसार उपत्यकाका बाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना गरी ७ जनाको मृत्यु भएको छ । बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्री

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 796 पटक पढिएको
  • जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए

    काठमाडौं— सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ । कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो । 

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 577 पटक पढिएको
  • नियन्त्रणमा लिएको हातहतियार बुझाउन नेपाल प्रहरीको अनुरोध

    काठमाडौं – भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियारसहित अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे फिर्ता बुझाउँन अनुरोध गरेको हो। ‘नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 522 पटक पढिएको
  • कोमल ओलीको प्रश्न : मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ?

    काठमाडौं – जेनजी आन्दोलनका क्रममा एमाले सांसद् तथा गायिका कोमल ओलीको दाङ स्थीत सञ्चालन रहेको होटलमा समेत आगजनी गरिएको छ । विहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् ।उनले अगाडि भनेकी छन,‘जेन–जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ? के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन–जीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिई

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 670 पटक पढिएको
  • राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।विहिबार राष्ट्र बैंकले इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई निर्देशन जारी गर्दै संवेदनशिल प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले निरन्तरता दिन आग्रह गरेको हो ।अन्य कम जोखिमयुक्त प्रणालीको हकमा भने रिमोट एक्सेस अर्थात घरबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 378 पटक पढिएको
  • सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ

    काठमाडौं – नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट आवश्यकताअनुसार आवतजावतमा छुट दिन थालेसँगै अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु सञ्चालन भएका छन् ।  जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएता पनि स–सानो समूहमा कार्य गर्न सेनाले आग्रह गरेको छ । सेनाले सहज वातावरण बनाउन थालेपछि आफ्नो पसल पनि सञ्चालन गरेको व्यवसायी मंगललाल श्रेष्ठले बताए । उनी काठमाडौं हनुमानस्थान नजिकै

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 610 पटक पढिएको
  • श्रीनगर एग्रीटेकको आईपीओमा उद्योग प्रभावित स्थानीयको उच्च आकर्षण

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो ।कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन भई बाँडफाँट समेत सम्पन्न भइसकेको छ भने अब स्थानीयतर्फको बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा जारी गरिएको यस आईपीओ अन्तर्गत कम्पनीले १ अर्ब ६३ करोड

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 565 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.