समाज

    Showing 8,401-8,410 of 11,082 items.
  • हराएको एक सातापछि एक पुरुषको शव खोलामा भेटियो

    विराटनगर –  हराएको एक सातापछि मोरङको केराबारी घर भएका एक पुरुषको शव खोलामा भेटिएको छ ।  केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बूको शव स्थानीय समेवा खोलामा भेटिएको प्रहरीले जनाएको छ । बुधबार साँझ शव फेला परेका लिम्बू गत असार १३ गतेदेखि बेपत्ता थिए । परिवारका सदस्यले खोजीका लागि इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिए । आफन्त र प्रहरीले खोजी जारी राखेका बेला खोलामा शव भेटिएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 556 पटक पढिएको
  • डेंगु र स्क्रबटाइफस फैलिँदै, बाँकेका अस्पतालमा बिरामीको चाप

    नेपालगन्ज— बाँकेमा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। पछिल्लो तीन महिनाको अवधिमा जिल्लामा २९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने ८९ जनामा स्क्रबटाइफसको शङ्कास्पद लक्षण देखिएको छ।स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी मेडिकल कलेज, कान्ति आरोग्य अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका स्वास्थ्य संस्थाहरूमा डेंगु तथा स्क्रबटाइफसका बिरामी आउने क्रम तीव्र रूपमा बढिरहेको छ।उनले बाँकेसहित बर्दिया, दाङ, कैलाली लगायतका छिमेकी जिल्लाबाट पनि बिरामीहरू उपचारका लागि

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 697 पटक पढिएको
  • लामिछानेको बैंक जमानत निवेदन पेश, रिहाइको माग गर्दै अदालतमा नयाँ प्रयास

    रुपन्देही –  सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन्।लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतमा अन्य मुद्दाभन्दा निवेदन नै अघि हुने भएकाले मङ्गलवार र बुधवार नै निवेदन पेशीमा चढे पनि लामिछानेकै कानुन व्यवसायीले यसलाई रोकेका छन् ।निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिई र दफा ७१ बमोजिम थुनामुक्त गराउन आदेश माग गरिएको छ । दफा ६८ मा अदालतले अभियुक्तसँग धरौटी वा बैं

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 699 पटक पढिएको
  • भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको ‘दायरामा’

    काठमाडौं –  सरकारले रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको मानव अधिकार संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता, सीप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा फर्किएर आएका श्रमिकहरूको आर्थिक सामाजिक पुनःएकीकरणमा जोड दिने मूल उद्देश्य राखेर नयाँ राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ ल्याएको जनाएको छ ।यसअघिको वैदेशिक रोजगार नीति, २०६८ लाई विस्थापन गर्ने यो नीतिलाई मन्त्रिपरिषद्ले आइतवार स्वीकृत गरेको हो ।यसमा अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण तथा विदेशी श्रमिकको नियमनका विषय पनि समेटिएको सरकारले बताएको छ ।यसअघिका आप्रवासन नीतिले भारतमा रोजगारीका लागि जाने श्रमिकहरूबारे

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 567 पटक पढिएको
  • बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति कांग्रेस गण्डकीको आपत्ति

    पोखरा— नेपाल सरकार कानून तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।विभागद्वारा पोखरामा आयोजित महिलाहरुको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।सो पत्रमा महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धित कानून प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिइएको छ ।सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 516 पटक पढिएको
  • स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    चितवन— भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो।वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए ।जसमध्ये चार हजार ३८३ जनाको सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जनाको शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जनाको जटिल प्रसूति गराइएको थियो ।अस्पतालले स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको छ । हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म  व

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 687 पटक पढिएको
  • बिहीवार बिहानदेखि दाउन्ने राजमार्ग अवरुद्ध

    बर्दघाट– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड बिहीवार बिहानदेखि पुनः अवरुद्ध भएको छ । पानी परेर राजमार्ग चिप्लो भएपछि दाउन्नेको उकालोमा गाडीहरु गुड्न नसक्दा समस्या भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिएका छन् ।प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार हल्का पानी पर्ने बित्तिकै राजमार्ग चिप्लिए गाडी गुड्न सकेका छैनन्, कहिले बिच बाटोमा गाडी बिग्रेर समस्या हुने गरेको छ, कहिले पहिरोले अवरुद्ध राजमार्ग अवरुद्ध भैरहेको छ । कतिबेला के भएर बाटो अवरुद्ध हुन्छ, भन्नै नसकिने भएको छ ।दाउन्ने ठिकखण्ड अवरोध भएपछि सवारी आवागमनमा समस्या भएको तथा ममर्त

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 582 पटक पढिएको
  • लाइसेन्सको अनलाइन फारम भरिदिने भन्दै करार कर्मचारीले लिए घुस

    पोखरा— सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम भरीदिने र परीक्षामा पास गराइदिने प्रलोभन देखाई सेवाग्राहीबाट घुस लिएको आरोपमा कास्कीस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।करार सेवामा कार्यरत कर्मचारी दिपक पौडेलले सेवाग्राहीसँग सात हजार रूपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले उनलाई पक्राउ गरेको हो ।आयोगका अनुसार पौडेलले सवारी चालक अनुमति पत्र प्राप्त गर्न आवश्यक अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायलमा समेत सहयोग गर्ने आश्वासन दिँदै रकम मागेका थिए ।&nb

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 620 पटक पढिएको
  • २३ वर्षपछि पक्राउ परिन् सौताको छोराको हत्या अभियोगमा फरार महिला

    दाङ— सौताको छोराको हत्या आरोपमा २३ वर्षदेखि फरार बसन्ता शर्मा पण्डित काठमाडौंबाट पक्राउ परेकी छन्। गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्तालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट मंगलबार बिहान साढे ८ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।शर्मामाथि २०५९ असार १९ गते सौताको छोरा, ९ वर्षीय शरद् शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको आरोप छ। दाङ जिल्ला अदालतले २०६० असोज २६ गते उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो। तर, पुनरावेदन अदालत तुलसीपुरले सो सजाय बढाएर १० वर्ष गरेपछि उनी फरार भएकी थिइन्।शर्मा काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएकी थिइन्। इलाका प्रहरी कार्या

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 585 पटक पढिएको
  • आर्थिक अनियमितताका आरोपमा बैंकका संस्थापकसहित तीनजनालाई थुनामा पठाइयो

    नेपालगञ्ज— नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ। 'उनले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा पठाइएको छ तर धरौटी बुझाएमा उनलाई छाडिने छ,' उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले भने।उनका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 768 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.