समाज

    Showing 8,701-8,710 of 10,061 items.
  • उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    उदयपुर- उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुनसरीको इटहरीबाट समान लिएर उदयपुरको बेलका नगरपालिका-२ भागलपुर तर्फ जाँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।उदयपुरको चौदण्डीगढी नगरपालिका-३ हात्तिसारमा दुर्घटना हुँदा चालक तिलक राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। घाइते दुईजनाको चौदण्डीगढी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन।ट्याक्टरमा फलामको ट्युब लोड गरिएको र सडक ओरालो भएकोले ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने स्थानीयले

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 510 पटक पढिएको
  • अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला— अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ ।छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ । विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ । यी जोखिम ठाउँहरुमा सडकको स

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 455 पटक पढिएको
  • देशका विभिन्न स्थानमा वर्षा जारी, आज केही स्थानमा ठूलो वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।को

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 804 पटक पढिएको
  • नेपालका १८ स्थानीय तहमा विद्युत् पुग्न बाँकी

    काठमाडौं— नेपालका १८ स्थानीय तहमा विद्युत सेवा पुग्न बाँकी रहेको छ। ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण र १९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । प्राधिकरणले देशभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।विद्

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 679 पटक पढिएको
  • स्कूटर चालको ज्यान जानेगरी गठ्ठाघरमा भएको दुर्घटनामा ट्रक चालकको लापर्बाही

    भक्तपुर— भक्तपुरको गट्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले सो दुर्घटनाबारे तयार पारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण वज्राचार्यलाई बुझाएको छ ।वज्राचार्यले ट्रकचालकको गम्भीर लापर्बाहीले दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 505 पटक पढिएको
  • पाइलट बाबाको निधन

    काठमाडौं- योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।डा मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा। मिश्रले जानकारी दिए।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 441 पटक पढिएको
  • सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो

    काठमाडौं- सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार पाँचपोखरी थाङपाल ७ स्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट सुक्खा पहिरो खसेको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 455 पटक पढिएको
  • ललितपुरको कुम्मेश्वरमा आगलागी

    काठमाडौँ- ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बंगलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा सोमबार आगलागी भएको हो ।बज्राचार्यको तीनतले घरमा लागेको आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 389 पटक पढिएको
  • कुलोमा बगेर बालकको मृत्यु

    पूर्वी नवलपरासी-पूर्वी नवलपरासीको कावासोतीमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका-४ चिलाहमा  कुलोमा बगेर स्थानीय ११ वर्षिय शिविर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । बालक बगेको जानकारी पाएपछि खटिएको प्रहरीसहितको उद्धार टोलीले केही तल बिकको शव फेला पारेको हो ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 506 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी महिलाको विभत्स हत्या

    म्याग्दी— मालिका गाउँपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।मृतक बिनाकुमारीको टाउको लगायत श

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 490 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.