समाज

    Showing 8,721-8,730 of 11,082 items.
  • ललितपुर महानगरका तत्कालीन मेयर बुद्धिराज बज्राचार्यको निधन

    काठमाडौं— ललितपुर महानगरपालिकाका (तत्कालीन उपमहानगर) पूर्वमेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको निधन साउन २ गते भएको हो ।ललितपुरको कला, संस्कृति र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान दिएका बज्राचार्य २०६१ सालमा राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री बनेका थिए ।उनी २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए, जो एमालेबाट ललितपुरको मेयर जित्ने अहिलेसम्मका एकमात्र जनप्रतिनिधि हुन् ।२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्षबाट राजनीतिमा लागेका बज्राचार्य २०३२ सालमै ललितपुर नगर पञ्चायतको प्रधानपञ्च चुनिएका थिए । २०४६ साल

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 579 पटक पढिएको
  • पहिरोमा पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी कार्य जारी

    पर्वत— पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ ।स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको प्रहरी प्रमुख विष्टले बताए । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उनको भनाइ छ ।गए रातिदेखि परेको भारी वर्षा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 421 पटक पढिएको
  • धनगढीमा हत्या गरेर शव गाडिएको अवस्थामा फेला, भान्जा र भाइ पक्राउ

    कैलाली— जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा हत्या गरी खाल्डोमा गाडिएको एक व्यक्तिको शव प्रहरीले फेला पारेको छ।३५ वर्षीय गणेश गिरीको शव स्थानीय क्षेत्रमै खाल्डो खनी गाडिएको अवस्थामा निकालिएको हो। असार ३० गते गणेश गिरी र उनका १८ वर्षीय भान्जा प्रदीप बोहरा बीच एयरफोनको विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा प्रदीपले गणेशमाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।घटनापछि परिवारले प्रहरीलाई जानकारी नदिई लाशको दाहसंस्कार गरेको भन्दै अहिले घटनाबारे थप तथ्यहरू सार्वजनिक भइरहेका छन्।प्रहरीका अनुसार मृतकका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भ

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 456 पटक पढिएको
  • बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन : मन्त्री दाहाल

    काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माणको काम प्रर्याप्त बजेट राखेर काम गर्न नसकेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच छ सय मिटर वा एक किमी मात्र सडक बनाउनुपर्ने बाध्यात्मक स्थिति रहेको भन्दै योजनामा प्रर्याप्त बजेट राख्न नसकेको बताए । उनले भने, ‘बाँकी सडकहरु बनाउने काम भइरहेको छ । बजेटको सिमितता सबैलाई थहा नै छ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 574 पटक पढिएको
  • कांग्रेस नेता शेखर कोइरालाको सुझाव : ‘ओली नेतृत्वको सरकार ढाल्न पहल गर्नुस्’

    काठमाडौं –नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पहल गर्न सुझाव दिएका छन्।बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा दुई घण्टा लामो भेटवार्ताका क्रममा कोइरालाले यो सुझाव दिएका हुन्।सूत्रका अनुसार भेटमा प्रचण्डले शेखरप्रति जनताको आशा रहेको बताए। तर, उनले शेखरलाई संसदीय दलको नेता नभएको प्रसंग उठाउँदै भने, "कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिँदैन। तपाईं दलको नेता बन्न सक्नु भएन।"प्रचण्डको भनाइमा जवाफ दिँदै कोइरालाले भने, “पहिला त गठबन्धन सरकार ढाल्नुस्, किनकि प्रमुख प्रतिपक्ष दलको नेता अ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 505 पटक पढिएको
  • वामदेवलाई प्रवक्ताको झड्का

    काठमाडौं — नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आजदेखि औपचारिक रूपमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दै छन्। तर, गौतमले सञ्चालन गरेको 'नेकपा एकता राष्ट्रिय अभियान' दलका प्रवक्ता निमकान्त पाण्डे भने सो पार्टीमा नजाने निर्णयमा अडिग छन्।२०७७ पुस ५ मा संसद विघटनपछि गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ भन्दै छुट्टै समूह बनाएका थिए। पछि त्यसै नाममा निर्वाचन आयोगमा दल दर्ता गराई ७१ सदस्यीय केन्द्रीय समिति गठन गरेका थिए। आज पत्नी तथा कोषाध्यक्ष कुमारी तुलसी थापासहित सोही समितिका सदस्यहरू नेकपा एसमा प्रवेश गर्ने तयारीमा छन्।तर, कार्यक्रममा शारीरिक रूपमा सहभागी हुनेहर

    • प्रकाशित मितिः साउन २, २०८२
    • 491 पटक पढिएको
  • चाइनिज पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ

    सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–८ बाट अवैध हातहतियार र लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा स्थानीय २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, विधानको घरमा राति तलासी गर्दा चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान, ८६० ट्याब्लेट ट्रामाडोल र ४०० ट्याब्लेट नाइट्राजेपाम फेला परेको हो।प्रहरीले बरामद सामग्रीसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 494 पटक पढिएको
  • शाही र घिसिङलाई ग्लोबल हिरो अवार्ड

    काठमाडौं – यस वर्षको ग्लोबल हिरो अवार्ड सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र ऊर्जा क्षेत्रका प्रेरणादायी व्यक्तित्व कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। ग्लोबल नेपालीद्वारा आगामी जुलाई २७ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ।शाहीले भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको वकालतमा उल्लेखनीय भूमिका खेलेका छन् भने घिसिङले लोडसेडिङ अन्त्य गरी ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार गरेका छन्।उनीहरूको राष्ट्र निर्माणप्रतिको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा कदर गर्दै ग्लोबल नेपालीले यो अवार्ड प्रदान गर्न लागेको हो। सम्मानले उनीहरूलाई थप उत्साह दिने विश्वास गरिएको छ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 338 पटक पढिएको
  • सिरहाको एक घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

    सिरहा – सिरहाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा चार जना प्रहरी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा चार गरी आठ जनाको संयुक्त टोली खटिएको थियो ।टोलीले पोखरिया निवासी करिब ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्र २६ वटा प

    • प्रकाशित मितिः साउन २, २०८२
    • 433 पटक पढिएको
  • थपलिया र खड्काको व्यक्तिगत पहलमा धादिङको राजमार्गमा जीर्ण सूचनापाटी मर्मत

    धादिङ— धादिङको फुर्के खोलानजिक रहेको राजमार्गमा रहेको सूचनापाटी विगत चार वर्षदेखि जीर्ण अवस्थामा रहँदा यात्रुहरूलाई जानकारी लिन असहज हुने अवस्था थियो।यात्रुहरूका लागि सूचनाको सहज पहुँच सुनिश्चित गर्न सौगात थपलिया र सन्दीप खड्काले आफ्नो व्यक्तिगत खर्चमा सो सूचनापाटी मर्मत तथा पुनःनिर्माण गरेका छन्। उनीहरूले पुरानो सूचनापाटीलाई नयाँ स्वरूपमा परिवर्तन गरी यात्रुहरूको सहूलियतका लागि उपयोगी बनाएका छन्।स्थानीयस्तरमा यस किसिमको व्यक्तिगत पहललाई सराहना गरिएको छ। जनहितका काममा व्यक्तिगत जिम्मेवारी लिने संस्कृति विकास हुँदै गएको सकारात्मक संकेतका रूपमा यस कार्यलाई हेरिएको छ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 1,318 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.