काठमाडौं – यस वर्षको ग्लोबल हिरो अवार्ड सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र ऊर्जा क्षेत्रका प्रेरणादायी व्यक्तित्व कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। ग्लोबल नेपालीद्वारा आगामी जुलाई २७ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ।
शाहीले भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको वकालतमा उल्लेखनीय भूमिका खेलेका छन् भने घिसिङले लोडसेडिङ अन्त्य गरी ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार गरेका छन्।
उनीहरूको राष्ट्र निर्माणप्रतिको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा कदर गर्दै ग्लोबल नेपालीले यो अवार्ड प्रदान गर्न लागेको हो। सम्मानले उनीहरूलाई थप उत्साह दिने विश्वास गरिएको छ।