समाज

    Showing 8,741-8,750 of 10,061 items.
  • बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना बेपत्ता

    काठमाडौँ। बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पहिरोले पुरिँदा तीनजना बेपत्ता भएका छन्।  जोगलाल बुढाकी श्रीमती र दुई छोरी पहिरोमा बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।घटनास्थल पुग्ने सडक अवरुद्ध हुँदा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न सकेका छैनन्। सुरक्षाकर्मी पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले जानकारी दिए। केही क्षणमा प्रहरी घटनास्थलमा पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए। रासस

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 463 पटक पढिएको
  • मनसुनी विपद्‍मा १५४ जनाले गुमाए ज्यान, ४७ जना बेपत्ता

    काठमाडौँ - यसवर्षको मनसुनजन्य विपद्‍बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ। बाढी, पहिरालगायत विपद्‌बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। विपद्‍मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन्। बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्। दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुईरदुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन्।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 460 पटक पढिएको
  • मौसम विभाग भन्छ : भोलिदेखि फेरि भारी वर्षा हुन्छ

    काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 390 पटक पढिएको
  • गजुरीमा पहिरो खस्दा माइक्रोबसमा क्षति, राजमार्ग बन्द

    काठमाडौं–पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । धादिङको गजुरी–५ स्थित बाङे मोडमा सुख्खा पहिरो खस्दा गुडिरहेको माइक्रोबसमा क्षति पुगेको हो । दुर्घटनामा केही यात्रु घाइते भएका छन् । पहिरो राजमार्ग रोकिएपछि काठमाडौं भित्रने र बाहिरने सवारी साधन प्रभावित भएका छन् । पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी गजुरी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ६५१५ नम्बरको माइक्रोबसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । धादिङ प्रहरीका अनुसार उनीहरुको पहिचान खुलेको छैन ।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 811 पटक पढिएको
  • ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    काठमाडौँ- ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोपआसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।यसअघि १३ साउनमा ताप्लेजुङकै खेजेनिमआसपास केन्द्रविन्दु भएर ४ दशमवल १ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । 

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 271 पटक पढिएको
  • भोलिदेखि स्वयम्भूमा एक महिना मेला

    काठमाडौं— स्वयम्भूमा भोलि सोमबार (साउन २१)देखि एक महिनासम्म मेला लाग्दैछ । मेलाका लागि आवश्यक तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको  सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 536 पटक पढिएको
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तले गरे सडक बन्द

    काठमाडौं–दाङको घोराहीमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सौरीकुलामा विपरीत दिशाबाट आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३९ वर्षीय कुलबहादुर बस्नेत गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । अहिले मृतकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 544 पटक पढिएको
  • डेंगु नियन्त्रणमा अभियान चालिँदै

    काठमाडौं— नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन्। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।डेंगुको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ।मन्त्रालयले विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति ल्याएको छ।यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 681 पटक पढिएको
  • बढ्दैछ हैजाको प्रकोप, सचेतता अपनाउन आग्रह

    काठमाडौं— वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ। हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ। यो तथ्याङ्क कल्चर गरेर आएको हो। यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको जानकारी दिए । एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको छ। शुक्रबार मात्रै ललितपुरमा थप दुई जनामा हैजा देखिएको छ। निर्देशक डा. घिमिरेले हैजा महामारीजन्य रोग भएकाले एक व्यक्तिलाई हैज

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 333 पटक पढिएको
  • काठमाडौंका दुई पांग्रे सवारीका दुर्घटना धेरै

    काठमाडौं— काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुईपाङ्ग्रेको हुने गरेको छ। तीन वर्षको सडक दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढी दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटरको दुर्घटना भएको पाइएको छ। ट्राफिक प्रहरीको कारबाहीमा पनि सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर नै परेका छन्। मोटरसाइकलपछि कार, भ्यान र जिप बढी दुर्घटनामा पर्ने गरेका छन्। दुईपाङ्ग्रे सवारीमा छिटोछरितो जान खोज्ने, यात्रा सहज हुने, बढीमा दुई जना मात्र हुने, ट्राफिक नियम पालना गर्न नखोज्ने, लापर्बाही गरी आवश्यकताभन्दा तीव्र गतिमा चलाउने भएकाले बढी दुर्घटना हुने ट्राफिक प्रहरीको विश्लेषण छ। दुर्घटनाका हिसा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 570 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.