समाज

    Showing 8,751-8,760 of 11,082 items.
  • ट्रकमा करेन्ट लागेर एक मजदुरको मृत्यु

    रौतहट – सर्लाही नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको बृन्दाबन नगरपालिका–७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर दुईजना अचेत भएका छन । ट्रकमै करेन्ट प्रवाह भएर ट्रकमा कार्यरत मजदुर बृन्दाबन नगरपालिका–७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान उनले जानकारी दिए ।रौतहटबाट न्यू माँ राजदेवी खाद्य उद्योग नवलपुरमा धानको भुस लिन आएक

    • प्रकाशित मितिः साउन १, २०८२
    • 407 पटक पढिएको
  • तीन महिनामा विपद्‌जन्य घटनाबाट ९३ जनाको मृत्यु, २२ जना बेपत्ता

    काठमाडौं— वैशाखदेखि असारसम्मको तीन महिनामा देशभर २ हजार ६५ विपद्‌जन्य घटना हुँदा ९३ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २२ जना बेपत्ता र ४४५ जना घाइते भएका छन्।बाढीका १३७ घटनामध्ये १३ जनाको ज्यान गएको र २२ जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता सुरेश सुनारले जानकारी दिए। रसुवाको भोटेकोशीमा असार २४ गते आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको थियो।यस्तै, पहिरोबाट ६, चट्याङबाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको छ। अन्य घटनामा पनि मानवीय क्षति पुगेको प्राधिकरणले जनाएको छ।ती विपतबाट ४ हजार १३६ परिवार

    • प्रकाशित मितिः साउन १, २०८२
    • 699 पटक पढिएको
  • एक महिनासम्म विपी राजमार्ग आंशिक रुपमा बन्द

    काभ्रेपलाञ्चोक— मनसुनजन्य बाढी र पहिरोको जोखिम बढेपछि काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि नेपालथोकसम्मको विपी राजमार्ग खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय धुलिखेलले दिएको जानकारी अनुसार बिहीबार (आज) देखि एक महिनासम्म प्रत्येक राति ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।प्रशासनका अनुसार बारम्बार बाढीपहिरोले सडक अवरुद्ध बनाउने क्रम जारी रहेकाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको हो।पूर्वी नेपाल जोड्ने प्रमुख छोटो दूरीको मार्ग मानिने यो खण्डमा दैनिक हजारौं सवारी साधनको आवागमन हुने गर्दछ। राजमार्गको स्थ

    • प्रकाशित मितिः साउन १, २०८२
    • 457 पटक पढिएको
  • महिलामाथि खुकुरी प्रहार गरी गम्भीर घाइतेः अभियुक्त पक्राउ

    रामेछाप— जिल्लाको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले २७ वर्षीया एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन्।प्रहरीका अनुसार रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन्। सडक अबरुद्ध भएकाले उनलाई हेलिकप्टरमार्फत काठमाडौंको केएमसी अस्पताल पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।घटनापछि फरार रहेका रजिनलाई प्रहरीले उमाकुण्डकै भुजी क्षेत्रबाट पक्राउ गरेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बताएका छन्।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 653 पटक पढिएको
  • पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण

    नवलपरासी— बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेको हो ।पछिल्लो समय खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए । उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।सङ्क्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा विभूति सिंह जानकारी दिए । यो रोगका कारण मर्ने पशुको सङ्ख्या कम भए पनि दूध उत्पादनमा घट

    • प्रकाशित मितिः साउन १, २०८२
    • 660 पटक पढिएको
  • युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    डोल्पा— डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका–६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन १, २०८२
    • 730 पटक पढिएको
  • दाँत भाँचिने गरी वडाध्यक्षको समूहले ठेकेदारलाई कुटपिट गरे

    अछाम— जिल्लामा एक निर्माण व्यवसायीमाथि वडाध्यक्षसहितको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय ठेकेदार कर्णबहादुर बुढामाथि मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको नेतृत्वमा नौ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।गत असार २२ गते दिउँसो सदरमुकाम मंगलसेनस्थित सनसाइन प्लाजा होटेलमा ठेकेदार बुढामाथि खुकुरी, फलामको रड, नक, मुक्का र लात प्रहार गरिएको थियो। कुटपिटबाट बुढाका दुई वटा दाँत भाँचिनुका साथै उनको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।घटनापछि असार ३० गते मात्र पीडित बुढाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थि

    • प्रकाशित मितिः साउन १, २०८२
    • 620 पटक पढिएको
  • लौ न, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो

    काठमाडौँ — घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि कलाकार दीपकराज गिरीले तीखो व्यङ्ग्य गरेका छन्।हालै सार्वजनिक भएका भ्रष्टाचार सम्बन्धी घटनाहरूको पृष्ठभूमिमा गिरीले मन्त्रीहरूलाई व्यङ्ग्यात्मक शैलीमा ‘घुस कसरी खाने’ तालिम दिनुपर्ने बताउँदै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।गिरीले फेसबुकमा लेखेका छन्, “लौ न, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो। घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नुपर्‍यो नि। भोलि मन्त्री खाने मान्छे नपाइएला।”यो टिप्पणी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका नाम जोडिएका घुस प्र

    • प्रकाशित मितिः साउन १, २०८२
    • 672 पटक पढिएको
  • गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद

    विराटनगर— मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनाराबाट नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । बिहीबार राति १ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले ३२३ किलो ३०० ग्राम गाँजा फेला पारेको हो । प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा खोलाको किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।गाँजा १० वटा बोरामा राखिएको अवस्थामा भेटिएको थियो । 

    • प्रकाशित मितिः साउन १, २०८२
    • 482 पटक पढिएको
  • बँदेलको आक्रमणबाट ६ जना घाइते

    दैलेख—  जिल्लाको आठबीस नगरपालिका–३ स्थित जास्कीमा बँदेलको आक्रमणमा परेर ६ जना घाइते भएका छन्। मकै खान खेतमा पसेको बँदेललाई धपाउने क्रममा बँदेलले आक्रमण गर्दा स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।घाइतेहरूमा आठबीस नगरपालिका–२ का २३ वर्षीय डबल बडुबाल, २९ वर्षीय टेकबहादुर शाही, २२ वर्षीय विकास कार्की, आठबीस–३ का ४५ वर्षीय रामबहादुर बडुवाल, निरज कार्की र कमल कार्की रहेका छन्। उनीहरूको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 794 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.