समाज

    Showing 9,091-9,100 of 11,082 items.
  • खैरो हिरोइनसहित दुई जना पक्राउ

    काठमाडौं— लागू औषधको कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई काठमाडौंको एक होटलबाट २८.५७ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४० वर्षीय दिपक राय र जिल्ला नुवाकोट, मेघाङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन्।काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरीको एक होटलमा खैरो हिरोइनको खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले होटलको कोठा नं.४०१ मा छापा मार्दा दुई जना व्यक्ति लागू औषधसहित पक्राउ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 488 पटक पढिएको
  • सफाइ पाएका व्यक्तिले गरे अनुसन्धान अधिकृतको ‘बर्थ डे सेलेब्रेसन’

    राजविराज — जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएलगत्तै अभियुक्तले जिल्ला प्रहरी कार्यालय सप्तरीको डिएसपी निवासमै भव्य पार्टी आयोजना गरेको घटना सार्वजनिक भएको छ।राजविराज नगरपालिका–६ का आकाश आदर्शले ४ जेठमा सप्तरी जिल्ला अदालतबाट सफाइ पाएपछि भोलिपल्टै ५ जेठमा प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिनको बहानामा प्रहरी परिसरभित्रै पार्टी आयोजना गरेका थिए। श्रेष्ठ नै उक्त मुद्दाका अनुसन्धान अधिकृत थिए। पार्टीमा डीएसपी जितेन्द्रकुमार बस्नेत, निरीक्षक श्रेष्ठ, प्रहरी निरीक्षक उदयकुमार राई र अभियुक्त आदर्श स्वयं सहभागी थिए।आरोपका अनुसार, आदर्शले आफैं सञ्चालन गरेको राजविराजस्थित ‘तन्दुरी रेस्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 315 पटक पढिएको
  • फेसबुकमा 'बैंक म्यानेजर' बनेर अपुताली सम्पत्तिको बहानामा लाखौं ठगी गर्ने मेहता भारतबाट पक्राउ

    धरान — फेसबुकमार्फत ठगी धन्दा चलाउने सुनसरीको देवानगन्ज गाउँपालिका–१ का कुशेश्वर मेहता भारतको भिमनगरबाट पक्राउ परेका छन्।सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामक फेक आइडी बनाएर थाइल्यान्डको Siam Commercial Bank को म्यानेजरको नक्कली परिचय दिंदै ठगी गर्दै आएका थिए।उनले कुर्मराज शाही नामका व्यक्तिलाई "एलेन अर्बी शाही" नामको खातामा रहेको अपुताली सम्पत्ति हस्तान्तरण गरिदिने बहानामा झुठो विश्वास दिलाउँदै विभिन्न मितिमा करिब ६२ लाख ७५ हजार २ सय रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।शाहीको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी योगराज खतिवडाको

    • प्रकाशित मितिः असार ११, २०८२
    • 322 पटक पढिएको
  • श्रीमान–श्रीमतीले भिरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    चितवन— चितवनको राप्ती नगरपालिका–४ मा घरायसी विवादपछि एक दम्पतीले भिरबाट हाम फालेका छन्। हामफाल्ने घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।मंगलबार (हिजो) ४२ वर्षीया कुमारी प्रजा र उनका श्रीमान् लीलाबहादुर प्रजाबीच घरायसी विवाद भएको बताइएको छ। विवादपछि कुमारीले घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार घटनास्थलमै कुमारीको मृत्यु भएको हो।कुमारीले हाम फालेपछि उनका श्रीमान् लीलाबहादुरले पनि सोही भिरबाट हाम फालेका थिए। उनी गम्भीर घाइते छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले

    • प्रकाशित मितिः असार ११, २०८२
    • 399 पटक पढिएको
  • नेपाल टेलिकमले अनलाइन मिडियालाई विज्ञापन दिँदै

    काठमाडौं— नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ । यसका लागि टेलिकमले इच्छुक अनलाइन मिडियाहरूबाट प्रस्ताव आह्वान गरेको हो ।बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले आगामी ३१ असारसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गर्न अनुरोध गरेको छ ।सूचीकरणका लागि प्रस्ताव पेस गर्दा सञ्चालक संस्थाको स्पष्ट सम्पर्क विवरणसहितको औपचारिक प्रस्ताव पत्र, संस्था दर्ता र भ्याट वा प्यान दर्ता प्रमाण(पत्रको प्रतिलिपि, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता तथा नवीकरण (२०८२ असार ३२ सम्म) भएको प्रमाण(पत्रको प्रतिलिपि, आर्थिक वर्ष २०

    • प्रकाशित मितिः असार ११, २०८२
    • 472 पटक पढिएको
  • ४४५ गाउँपालिकाले ल्याए बजेट, १५ गाउँपालिकाद्वारा कानुन उल्लङ्घन

    काठमाडौं— प्रत्येक वर्षको असार १० गते स्थानीय तहले अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंगलबारसम्म ४४५ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्  ।गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभर ४६० गाउँपालिका रहेका छन् । जसमध्ये ४४५ वटा गाउँपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गरेका छन् । जुन ९७ प्रतिशत हो । अन्य १५ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको छ ।महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दुई प्रदेशका सबै गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएका छन् । जुन कोशी र सुदूरपश्चिम प्रदेशका

    • प्रकाशित मितिः असार ११, २०८२
    • 705 पटक पढिएको
  • विद्युत प्राधिकरणको लापरवाही : करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग

    मुगु -  मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१०

    • प्रकाशित मितिः असार १०, २०८२
    • 431 पटक पढिएको
  • बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा

    बर्दिया  -  बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् ।बाँसगढीका देश विदेशमा बस्ने सबैले आफँु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए ।डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो

    • प्रकाशित मितिः असार १०, २०८२
    • 537 पटक पढिएको
  • एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं -  एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् । नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 503 पटक पढिएको
  • पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    भद्रपुर (झापा), १० असार : चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।  मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात्  रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ । कार्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 376 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.