समाज

    Showing 9,131-9,140 of 11,082 items.
  • अशोक स्टिलमा काम गर्ने क्रममा मजदुर घाइते

    सिमरा— जितपुरसिमरा उपमहानगरपालिका–५ स्थित अशोक स्टिल उद्योगमा काम गर्ने क्रममा एक मजदुर घाइते भएका छन्।घाइते हुनेमा २० वर्षीय स्थानीय अनिल पासवान रहेका छन्। ग्याँसको पाइप फुत्किँदा उनको अनुहारसहित शरीरको करिब १० प्रतिशत भाग जलेको हो।पासवानको सिमरास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेद जोशीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ।वडाध्यक्ष दीपेन्द्र चौधरीले पनि पासवानको अवस्था गम्भीर नरहेको पुष्टि गरेका छन्।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 388 पटक पढिएको
  • संक्रमणकालीन न्यायका विषयमा ओली, देउवा र प्रचण्डबीच छलफल

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच छलफल भएको हो । उनीहरूबीच संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक अर्ब रुपैयाँ संक्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर

    • प्रकाशित मितिः असार ६, २०८२
    • 256 पटक पढिएको
  • जिप्रकाले तोकिएका निषेधित क्षेत्र खुला गर्यो

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा तोकिएका निषेधित क्षेत्र खुला गरेको छ। राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा—जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। तर अब प्रशासनले त्यो निषेधाज्ञा फिर्ता लिइएको जानकारी गराएको हो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२/०२/१८ गतेको आदेशमार्फत काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथभित्रका तोकिएको स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई

    • प्रकाशित मितिः असार ६, २०८२
    • 367 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।यसअघि बिहीबार सुन तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 397 पटक पढिएको
  • फलामको पुल बेच्ने वडाअध्यक्ष थुनामा, अर्का वडाअध्यक्ष फरार

    काभ्रे— काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले बगाएको पुलका फलामे पाटपुर्जा बिक्रीमा संलग्न भएको आरोपमा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि थुनामा पठाइएको छ ।जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।उनीसँगै पक्राउ परेका कबाडी व्यवसायी मन्टुकुमारलाई पनि थुनामा पठाइएको छ भने चालकहरू तारेखमा रिहा भएका छन् । कबाडी कर्मचारी जितेन्द्र पासवानलाई धरौटीमा छाडिएको छ ।नमोबुद्ध–६ का वडाध्यक्ष केसीको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न अनुमति दिइएको छ, तर उनी फरार छन् । पुलका पाटपुर्जा कार्यपालिक

    • प्रकाशित मितिः असार ६, २०८२
    • 362 पटक पढिएको
  • न्यायालय बिचौलियाको घेरामा, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

    रौतहट ६ असार। पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ। स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ  । नवविवाहिता हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै पीडित पक्षले  न्यायका लागि अपिल समेत गरेका छन्। कटहरिया नगरपालिका–५ मा वैशाख २८ गते भएको सानिया प्रविनको मृत्यु प्रकरणमा पीडित परिवारले न्यायका लागि पहल गर

    • प्रकाशित मितिः असार ६, २०८२
    • 185 पटक पढिएको
  • विराटनगरमा मिटरब्याज आतंक : ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

    विराटनगर - सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्।उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।उनले चिठीमार्फत् पैसा माग्दै धम्की दिने, कानुनी कारबाहीको डर देखाएर मानसिक दबाब दिने र प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहोर्‍याइरहेका छन्। यही आरोपसहित १२ जना पीडितले संयुक्त रूपमा जि

    • प्रकाशित मितिः असार ६, २०८२
    • 280 पटक पढिएको
  • अविरल वर्षसंगै आएको बाढीले ३४ वटा बाख्रा बगायो

    कैलाली—  कैलालीको मोहन्याल गाउँपालिकामा कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगाएको छ। आज बिहान बाख्रा चराउन लग्दा उक्त खोलाले बाख्रा बगाएको भन्ने खबर प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ। घटनाबारे थाहा पाएपछि प्रहरी टोली घटनास्थलमा गएको छ। घटनाबारे विस्तृत जानकारी आउन् बाँकी छ। प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको छ। पानीसँगै विपद्का घटना हुनसक्ने जोखिमलाई मध्य नजर गर्दै सावधानी अपनाउन प्रहरीले अनुरोध पनि गरेको छ । 

    • प्रकाशित मितिः असार ६, २०८२
    • 137 पटक पढिएको
  • मृत आमासँग १६ दिनसम्म नवजात शिशु जीवित भेटियो

    कैलाली— जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने २५ वर्षीया तुलसी नाथ मृत फेला परेकी छन् । नाथ मृत भेटिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोली पुगेको जानकारी दिए ।नाथ घर नजिकै मृत फेला परेकी हुन् । मृतक नाथको १६ दिनको नवजात शिशु भने सकुशल अवस्थामै भेटिएका छन् ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 335 पटक पढिएको
  • बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशकको रूपमा कार्यरत रहँदा सार्वजनिक रकम हिनामिना गरेको अभियोगमा पूर्व निर्देशक बलराम ठाकुरसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार ठाकुरले २०७५ साल मंसिर ५ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म कार्यकालमा योजनाबद्ध तरिकाले सार्वजनिक रकम दुरुपयोग गरेका थिए । स्कर्पियो गाडी खरिद तथा विक्रीको प्रक्रिया र यात्री निवास मर्मत तथा सौन्दर्यीकरणका नाममा करोडौं रुपैयाँ हिनामिना गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । आयोगका अनुसार ठाकुरले बा १३

    • प्रकाशित मितिः असार ६, २०८२
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.