समाज

    Showing 9,231-9,240 of 11,082 items.
  • निर्मला पन्त प्रकरणको २५ सय दिन : सरकार मौन, दोषीहरू स्वतन्त्र

    कञ्चनपुर – सन् २०१८ को जुलाई २६ अर्थात् २०७५ साउन १० गते, नेपालले एउटा यस्तो दिन देख्यो जसले देशको कानुनी र सामाजिक संरचनालाई गहिरो प्रश्नमाथि उभ्यायो। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको जघन्य घटनाले सम्पूर्ण देशलाई स्तब्ध तुल्याएको थियो।तर आज, घटनाको २५०० औं दिन बितिसकेको छ—र निर्मलाले अझै न्याय पाएकी छैनन्।निर्मला पन्त, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका, घर नजिकैको साथीको घर पढ्न गएकी थिइन्। साँझसम्म घर फर्किएर नआएपछि खोजी सुरु गरियो। भोलिपल्ट ११ गते बिहान उखुबारीमा उनको शव भेटियो—बलात्कारपश्चात हत्या गरिएको अवस्थामा।त्यस दिनदेखि सुरु भएको सङ्घर्ष आज २५०० औं दिन

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 900 पटक पढिएको
  • एका विहानै वेवारिसे भेटिए दुई नाल भरूवा बन्दुक‍

    रूकुम पूर्व— सिस्ने गाउँपालिका-६ रानीकोट जंगलबाट २ थान भरूवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 241 पटक पढिएको
  • चन्दको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु

    कञ्चनपुर—  पुनर्वास नगरपालिका–११ अमरबस्ती गवानी टोल बस्ने २५ वर्षीय कृष्ण बहादुर चन्दको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा ह्याण्ड पम्पमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 234 पटक पढिएको
  • निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध

    भद्रपुर— झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका  केन्द्रीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा प्रवाहमा सहभागी भइरहे पनि ऐनको ढिलाइप्रति खबरदारी गर्न पाखुरामा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । ‘अस्तिसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थियौँ, हिजोदेखि देशभर कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने। सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मनोबल उच्च बनाउन तथा सरकारी स

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 257 पटक पढिएको
  • खुकुरी प्रहार गरी भागेका दुई जना काठमाडौंबाट पक्राउ

    जाजरकोट— जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेका छन् ।उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 234 पटक पढिएको
  • श्रीराम प्लाई उद्योग नजिकै पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

    काठमाडौं— झापाको बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उद्योग नजिकैको कच्ची सडक छेउमा एक अज्ञात पुरुषको शव फेला परेका छ ।स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बालाई खबर गरेका थिए । जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनी र घैलाडुब्बाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।खड्काका अनुसार मृतकको नाम, थर र स्थायी ठेगाना हालसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 246 पटक पढिएको
  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं— हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। यस वर्षको मनसुन मिति २०८२/०२/१५ गते बिहीबार रातीबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको हो।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भ

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 334 पटक पढिएको
  • राधेश्याम जोन्छेंबारे किताब लेख्नुहोस, देशभर प्रचार गर्नुहोसः देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्त्तपुरको सुर्यविनायक नगरपालिकामा शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण गरेका छन् । आइतबार शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले शहीद राधेश्यामको देशभर प्रचार गर्नुपर्ने बताए । उनले राधेश्याममाथि हमला हुनुको कारण उनी धेरै लोकप्रिय र लडाकु रहेको बताए ।  ‘शहीद राधेश्यामको एउटै मात्र दोष उहाँ धेरै लोकप्रिय हुनुहुन्थ्यो । त्यसै कारण उहाँमाथि प्रहार भएको हो । उहाँको दोष लोकप्रिय र ल

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 295 पटक पढिएको
  • सप्तकोशी नदीमा बेपत्ता गोताखोरको चार दिनपछि शव भेटियो

    काठमाडौं— विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेला परेको छ । कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो । कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भन्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए।  सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार भेटिएको थियो। 

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 294 पटक पढिएको
  • अत्यधिक कार्यभार र कम तलब भएका कारण जागिर छोड्ने प्रहरीको संख्या बढ्दो

    काठमाडौं— मधेस प्रदेशका युवामाझ कुनै समय नेपाल प्रहरीको जागिरमा ठूलो आकर्षण थियो। तर मधेसमा पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिनेहरू बढिरहेको देखिन्छ । नेपाल प्रहरीमा विशेष गरी तल्लो दर्जाका कर्मचारीहरूले विभिन्न कारण देखाउँदै जागिर छाड्ने प्रवृत्ति बढ्दो छ। मुख्यतः न्यून तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणले उनीहरूलाई जागिर छाड्न बाध्य बनाएको हो।कम तलब र अत्यधिक कार्यभारप्रहरी जवानहरूको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्र छ, जसमा खाद्यान्न भत्ता पनि समावेश हुन्छ। यो तलब दैनिक खर्च, परिवारको पालनपोषण र भविष्यको सुरक्षाका लागि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 515 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.