काठमाडौं— वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादव प्रसाद घिमिरे र लोकजन खड्का रहेका छन् । उनीहरुले जापान, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेको नेपाल प्रहरीले जनाएको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।सूचना अधिकारी प्रहरी उपरीक
काठमाडौं— राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले काठमाडौंको चःमतीबाट पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान, रौनक ठाकुर रहे
काठमाडौं— रामेछाप जिल्लाको दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिकां—३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ । आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं जाँदै गरेको उक्त एम्बुलेन्स दुर्घटना भएको थियो।प्र ३ -०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान भुपेश आछामीले जानकारी दिए । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका- २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।एम्बुलेन्समा एकजना प्रहरी जवान र चालकसहित ४
रसुवा— जिल्ला अस्पताल धुन्चेमा सेवाको विविधतासहित दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएसँगै अहिले उपचार गर्न आउने बिरामीको उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ । हिमाली जिल्ला रसुवामा चेतनाको अभावका कारण अस्पताल जानुको सट्टा झारफुक एवं तन्त्रमन्त्रका लागि स्थानीय धामी, झाँक्रीमा जाने परम्परागत उपचार विधिमा परिवर्तन आइ अस्पतालततर्फ मानिसको भीडभाड देखिने गरेको छ ।पछिल्ला दिनमा साक्षरता दरमा वृद्धि भएको, स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढेको, स्थानीय जनताको आयस्रोत वृद्धि भएको, जिल्लामै व्यावसायिक हिसावले औषधि पसल खुलेको, जिल्लास्थित अस्पतालमा विविधतासहित विशेषज्ञ सेवा सुरु भएको र शिक्षा र सामा
सुनसरी — कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लाका विभिन्न सिमा नाकाहरुमा तस्करीको गतिविधि दिन प्रतिदिन बढ्दो क्रममा छ। गुप्त अनुसन्धान अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सेटिङमा भारतबाट भित्रिने विभिन्न सामानमा दर रेट तोकेर पैसा असुली गर्दै तस्करहरूलाई सहज रुपमा भन्सार नाका पार गराउने कार्य भइरहेको छ।जिटिभीले गरेको गुप्त स्ट्रिङ अपरेसनमा घुस्की, कप्तानगञ्ज र हरिपुरजस्ता नाकाबाट दैनिक करोडौंको तस्करी भइरहेको प्रमाण फेला परेको छ। फिल्मी शैलीमा सशस्त्र प्रहरीको आँखै अगाडि खुलेआम तस्करी हुँदा समेत प्रशासन मौन रहेको देखिनुले आम नागरिकमा गहिरो शंका उत्पन्न गराएको छ।जिटिभीको रिपोर्ट अनुसार सशस्त्र प्र
दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका छन् ।उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यवसायिक तथा आर्थिक
विराटनगर— मोरङको उर्लाबारी नगरपालिका—३ स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । जेष्ठ २ गते राती साढे ८ बजे पुर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरी तर्फ आउदै गरेको ग. ६ प ५०२६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको ना. ५ ख २१८७ नम्बरको ट्यक्टरले ठक्कर दिदा मोटरसाईकल चालक झापा दमक नगरपालिका–९ का ३६ वर्षीय मन कुमार लिम्बु गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई
धनकुटा— धनकुटाको धनकुटा नगरपालिका-८ शिवबेशी का ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । जेष्ठ १ गते आफ्नै खेत बारीमा धान गोडिरहेको आवस्थामा बिद्युतको पोलबाट आचानक तार चुडिएर भुईमा झर्दा राईलाई करेन्ट लागी उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
काठमाडौं— भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरुले यहाँ कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उनले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी न
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् । उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौंको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.