शिक्षा

    Showing 241-250 of 1,003 items.
  • नमूना पुस्तकालयलाई पुस्तक सहयोग गर्न आग्रह

    बैतडी— जिल्लाको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ मावि बडगाउँमा नमूना पुस्तकालय बनाउन आवश्यक गृहकार्य अगाडि बढाइएको छ । पठन संस्कृतिको विकास एवं र विभिन्न आवश्यक पुस्तक सहजै उपलब्ध गराउने उद्देश्यसहित उक्त गृहकार्य अगाडि बढाइएको हो ।  विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले गत असोज ६ गतेदेखि पुस्तकालयको सुरुआत गरिएको र अहिलेसम्म साढे चार हजार पुस्तक जम्मा भइसकेका बताए। पुस्तकालयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुस्तक सहयोग गरिरहेका छन् । पुस्तकालयका लागि पुर्चौंडी घर भई विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढीले पुस्तक उपलब्ध गराएका जनाइएको छ । पुस्तकालयमा धार्मिक, शैक्षिक, वि

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 554 पटक पढिएको
  • चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द

    महेन्द्रनगर। केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ ।चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।त्यसैगरी, अत्यधि

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 367 पटक पढिएको
  • आलोपालो दिवा खाजा बनाउँदै भाग्योदयका अभिभावक

    स्याङ्जा— भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयमा अभिभावकले आलोपालो विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन्।नेपाल सरकारको दिवा खाजा कार्यक्रमअन्तर्गत बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क खाजा उपलब्ध गराइँदै आएको छ। उक्त विद्यालयमा एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाजा बनाएर खुवाउन कठिन भएपछि अभिभावकले सहयोग गर्दै आएका हुन्।विद्यालयमा दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको छ। विद्यालयका प्रधानाध्यापक रेशम खनालका अनुसार बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि छ बार छ प्रकारका खाना बनाइन्छ। “एक जना भान्सेले मा

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 539 पटक पढिएको
  • प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन

    काठमाडौं— निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यले ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन गरेको छ ।बाढी, पहिरो, भूकम्प, महामारीजस्ता प्राकृतिक प्रकोपले समय–समयमा देशभर प्रभाव पार्ने तथा त्यसका प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्र र निजी विद्यालय समुदायमा पर्ने यथार्थलाई मध्यनजर गर्दै यस विभाग गठन गरिएको प्याब्सनले जनाएको छ ।विगतका वर्षहरूमा विपद्का बेला राहत, सहजीकरण र समन्वयका विभिन्न मानवीय अभियानहरू सञ्चालन गर्दै आए

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 619 पटक पढिएको
  • द ब्रिटिस कलेजले पत्रकारलाई नियन्त्रणमा राख्यो, प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला

    काठमाडौं—  नेपाल लिड डटकमका संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टमाथि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुर्व्यवहार गरेको छ। कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरी दुबई कामदारको रूपमा पठाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई कलेज प्रशासनले अवरोध गरेको हो।समाचार संकलनका क्रममा कलेजले आफ्ना सुरक्षा गार्ड परिचालन गरी पत्रकारद्वयलाई घेराबन्दीमा राखेको र कलेज परिसरबाट बाहिर निस्किनसमेत नदिएको आरोप लागेको छ। यस घटनाले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ स्वतन्त्र समाचार सेवाले जनाएको छ।महासंघ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 590 पटक पढिएको
  • शीतलहरका कारण सुनसरीका विद्यालयमा तीन दिन बिदा

    सुनसरी— चिसो बढेपछि सुनसरी जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ। अत्याधिक चिसो भएपछि जिल्लाका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन्।स्थानीय तहका निर्णयअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ। इटहरी उपमहानगरपालिकाले भने उक्त बिदा सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।उपमहानगरको शिक्षा शाखाका अनुसार अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर, रामधुनीलगायत सुनसरीका अन्य स्थानीय तहले पनि यही अवधिका लागि विद्यालय बन्द ग

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 552 पटक पढिएको
  • ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन

    काठमाडौं— पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् । बुधबार एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् ।उनीहरुले इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइउनका लागि पनि माग गरेका छन् ।लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।प्रक्रियामा ढिलाइ हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक/मानसिक

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 505 पटक पढिएको
  • शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

    काठमाण्डौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ ।मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त निर्देशन दिएको हो । मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची ३ मा उल्लेखित सर्तहरू अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।साथै, विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा ‘डिसिप्लिन इन्चार्ज’ (डीआई) राख्दा सिकाइ प्रक्रियामा नकारात्मक असर परेको गु

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 585 पटक पढिएको
  • सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द

    काठमाडौं— सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। इटहरी उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने आवश्यकता परेको हो।सुनसरीका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 536 पटक पढिएको
  • शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

    राजविराज। शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् ।राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ ।त्यस्तै जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको जनाइएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले एक सूचना जारी गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 403 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.