धनगढी / नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ । एकैठाँउमा समय व्यतीत गर्नु, सामाजिक सञ्जालमा आएका महामारी र मृत्युका खबर हेर्नु तथा गाउँठाउँमै सङ्क्रमणका कारण मृत्युका घटना घट्नुले पनि मानिसहरूमा डर पैदा गराउने भएकोले यस अवस्थामा एकले अर्काको हौसला बढाउनुपर्ने जानकारहरू बताउँछन् । महामारीको समयमा हौसला र प्रेरणा अति आवश्यक हुने गर
पाँचथर / यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा
काठमाडौँ / काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो ।उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए ।उनका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पक्ष
बिर्तामोड / प्रदेश १ मा आज ८ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । आज ३५३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको छ । प्रदेश १ मा आज २ हजार २२२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये
काठमाडौँ / नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थल भित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ ।”नेपालमा दोस्रो भेरियन्ट सहितको सङ्क्रमण शुरु भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ
बिर्तामोड / आज देशभर थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ।
वाग्मती / वाग्मती प्रदेश सरकारले जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ । प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाले बोलपत्र आह्वान गर्दै रु आठ करोड ५० लाख लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेका छ । प्रत्येक अस्पतालमा एक द
काठमाडौँ / कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ । तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ४ हजार १५७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ । भ
काठमाडौँ / नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ९एनआरएनए०, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भे
बिर्तामोड / प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९२ महिला र १०९ पुरुष सहित २०१, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरी र सुन्दरहरैचामा १०–१०, पथरीशनिश्चरेमा ८, सुनबर्षी र रतुवामाईमा ७–७, जहदा, धनपालथान र बेलबारीमा ५–५, ग्रामथानमा ३, रंगेली, केराबारी, कानेपोखरी, लेटाङ र स्थानी तह नखुलेका २–२, झापाको मेचीनगरमा ६८, विर्तामोडमा ३५, दमक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.