स्वास्थ्य

    Showing 2,091-2,100 of 2,502 items.
  • कोरोना अपडेट : देशभर थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि, १ सय ६९ जनाको मृत्यु

    बिर्तामोड / आज नेपालमा थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ८ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको हो।नेपालमा हालसम्म कोरोना भाइरसको संत

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 266 पटक पढिएको
  • यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

    बिर्तामोड / नेपालमा कोभिड –१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले यससम्बन्धी विभिन्न सामग्री शेयर गरिरहेका छन् । यसै सिलसिलामा ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय’ भन्दै यस्तो सामग्री शेयर गरिएको छ ।“३–४ टुक्रा कपुर, ३–४ वटा ल्वाङ, सानो चम्चाको १ चम्चा ज्वानो र २–३ थोपा नीलगिरीको तेल मलमलको सुती कपडामा पोको पारेर बाँध्नुस् र बेला बेलामा सुँघ्नुस्।सुँघिसकेपछि प्लाष्टिकको जिपर ब्यागमा राख्नुस् ।नीलगिरीको तेल घरमा छैन भने नराख्दा पनि हुन्छ ।”यो सन्देशसँगै ती सामग्री राखिएको तस्बिर नेपाल टेलिभिजनकी पूर्व समाचार वाचिका रमा सिंहको फेसब

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 276 पटक पढिएको
  • शान्ति समाजद्धारा ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियानमा शुरु

    काठमाडौँ / नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ । समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त सिलिन्डर मन्त्रालयमार्फत् अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुनेछ । समाजले वर्तमान सङ्कटपूर्ण अवस्थामा सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा जेठ ५ गते पशुपति क्षेत्रका बाँदरका लागि मनपर्ने भिजेको चना र

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 162 पटक पढिएको
  • एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौं  / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको संघको राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ ।त्यसका लागि संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 168 पटक पढिएको
  • किटको अभावमा परीक्षण रोकियो

    वीरगञ्ज / भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले जानकारी दिए । उनले भने, “किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ ।” उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए ।महानगरपालिकाले भन्सार क्षेत्रम

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 134 पटक पढिएको
  • सङ्क्रमण फैलिने क्रम बढ्दै, परीक्षणको दायरा बढाउँदै कामपा

    काठमाडौँ / कोभिड –१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने छ । यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिए । प्रमुख कुँवरका अनुसार समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ ।कामपाका प्रायः सबै वडामा

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 152 पटक पढिएको
  • महोत्तरीमा संक्रमणबाट ५९ जनाको मृत्यु

    जलेश्वर / कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ ।कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८ सय ९७ सङ्क्रमित भएका छन् । ३५ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उनका अनुसार २ सय ४० ले कोरोना जितेका छन् ।यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडाम

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 138 पटक पढिएको
  • सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्दै माओवादी

    काठमाडौं  / नेकपा माओवादी केन्द्रले अक्सिजन उत्पादनका लागि सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । माओवादीले सरकारी र सामुदायिक अस्पतालहरुको नजिक पर्ने गरी सातै प्रदेशमा एक एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो ।जेठ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्तावमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।यस्तै, माओवादी केन्द्रले देशका विभिन्न ठाउँमा स्थानीयस्तरमै व्यक्तिगत सुरक्षा कव (पीपीई) उत्पादन गर्ने विषयमा समेत सम्भाव्यता अध्ययन गर्ने भएको छ । पार्टीले कोभिड कोष खडा गर्ने समेत स्थायी समित

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 252 पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप ७ हज्जार ४२५ जना कोरोना संक्रमित थपिए, १ सय ८५ जनाको मृत्यु

    बिर्तामोड / आज थप ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ । पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना संक्रमित पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 295 पटक पढिएको
  • साहित्यकार बानिरा गिरीको निधन

    काठमाडौं / साहित्यकार बानिरा गिरीको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको हो ।उनलाई २० दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपि संक्रमण पुष्टि भए पनि मृत्यु भने हृदयघातका कारण भएको परिवारले बताएको छ । हृदयघात भएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उनी केही वर्षदेखि अल्जाइमरबाट ग्रसित थिइन् ।उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो नारी हुन् । उनले निर्बन्ध, कारागार र शब्दातीत शान्तनुजस्ता साहित्यिक कृति लेखेकी छिन् । कारागार उनको निकै प्रशिद्ध उपन्यास हो ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 148 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.