स्वास्थ्य

    Showing 2,241-2,250 of 2,402 items.
  • कोरोना संक्रमणबाट शिवसताक्षीमा एकको मृत्यु

    बिर्तामोड / झापाको शिवसताक्षीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  विएन्डसी अस्पतालमा कोरोनाको उपचार गराइएरेका शिवसताक्षी ८ का नरप्रसाद उप्रेतीको मृत्यु भएको हो ।उनलाई काठमाण्डौंको हेम्स अस्पतालबाट एकसाताअघि विर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।काठमाडौंमा रहँदा उनलाई कोराना संक्रमण भएको थियो । अस्पताल स्रोतका अनुसार उप्रेती स्वासप्रस्वास, सुगर र प्रेसर रोगबाटपनि पीडित थिए ।नेपाली सेनाको शव व्यवस्थापन टोलीले अस्पतालबाट सब ल्याएर कन्काई नदीमा दाहसंस्कार गरिएको बताइएको छ । हाल शिवसताक्षीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 112 पटक पढिएको
  • महामारीका जोखिममा एचआइभी संक्रमित

    बलेवा / बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआइभी एड्सविरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफूमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान शुरु गरेका हुन् । औषधिको प्रयोगले उनको स्वास्थ्य त सुधार भएको छ  तर आफू संक्रमित भएको समाजले थाहा पाउला कि भन्ने त्रासले भने उनलाई पिरोलिरहन्छ । सामान्य समयमा विभिन्न बहानामा बागलुङ बजार आउने र गोप्य रुपमा एआरटी सेन्टर पुगेर औषधि लिने उनलाई अघिल्लो वर्षको बन्दाबन्दी समयमा सबैभन्दा धेरै समस्या भयो । एक दिन पनि छुटाउन नहुने औषधि बन्दाबन्दीका कारण लिन पाइएन भने समस्या बल्झेला भन्ने त्रासम

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 125 पटक पढिएको
  • भेरीमा अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान

    राँझा / पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो  समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । ८२ लाख रुपैयाँको लागतमा अक्सिजन लिक्युड ट्याङ्क जडान गरिएको हो । उक्त ट्याङ्कमा ३१ हजार लिटर अक्सिजन ग्यास भर्न सकिन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएकाले ट्याङ्कमा अक्सिजन भण्डार गरिनेछ ।अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दी

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 108 पटक पढिएको
  • अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव

    सल्यान / सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् । अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । “हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन्, बाँकीले आठदेखि १० घण्टा धान्नुपर्छ । यतिबेला बिर

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 103 पटक पढिएको
  • कोरोना सङ्क्रमण फैलिएपछि गर्भवती महिला तनाबमा

    ­टीकापुर / कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररुपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन् । कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरु बढी नै चिन्तित बनेका हुन् । टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा परेकी छन् । जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिएको छ तर उनलाई अस्पतालसम

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 115 पटक पढिएको
  • न्याय परिषद्का सदस्य निरालाको निधन

    काठमाडौँ / न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्व महान्यायाधविक्ता समेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् भएका थिए ।

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 121 पटक पढिएको
  • छोटे राजा बन्न थाले जनप्रतिनिधी : पाँच घण्टासम्म एम्बुलेन्स नपाउँदा कोरोना संक्रमितको मृत्यु

    बिर्तामोड / लाखौं मूल्यका सवारी साधन चढेर हिड्ने जनप्रतिनिधिले समयमा नै सवारीसाधन घण्टौं उपलब्ध नगराईदिदा नवलपरासीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १३ दलदलेका ६५ वर्षिय चिन प्रसाद काफ्लेको एम्बुलेन्स नपाएरै मृत्यु भएको छ । काफ्ले परिवारले नगरपालिकामा खबर गरेर घण्टौ कुर्दा पनि नगरपालिकाले अस्पताल सम्म लान सवारीसाधन नदिंदा विरामीको मृत्यु भएको हो ।विरामीका परिवारका सदस्यले घण्टौ कुर्दा समेत एम्बुलेन्स नपाएपछि काफ्लेको मृत्यु भएको जानकारी गराएका छन् । उनीहरुले मोटरसाईकलमा अस्पताल लान खोज्दा एम्बुलेन्स आउँछ भन्दै घण्टौ सम्म कुराएर अन्तिम अवस्थामा ट्याक्

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 269 पटक पढिएको
  • सेती प्रादेशिक अस्पतालमा थप छ जनाको कोरोनाबाट मृत्यु

    धनगढी / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको  मृत्यु भएको छ ।  पछिल्लो पटक मृत्यु हुनेमा  धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय  छन् । महिलाको आज बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यसैगरी दार्चुला, मालिकार्जुन गाउँंपालिका –८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेका समयमा मृत्यु भएको छ । यस्तै कञ्चनपुर, भीमदत्त नगरपाल

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 113 पटक पढिएको
  • कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

    काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् । तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका  भण्डारीको  वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन् । 

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 108 पटक पढिएको
  • असावधानीले दुर्गम गाउँमा कोरोना सङ्क्रमण

    पाँचथर / जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस–१ नाम्रेक आएका थिए ।याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । यहाँ पूजाको आयोजना गरे

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 121 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.