स्वास्थ्य

    Showing 2,301-2,310 of 2,402 items.
  • कोरोनाका कारण पूर्वराजा – रानी अस्पताल भर्ना

    काठमाडौं  /पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल तथा पूर्वअधिराजकुमारी कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । केही दिनयता होम आइसोलेशनमा बस्दै आएकी उनीहरुको स्वास्थ्य समस्या देखिएपछि शबिनार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।अस्पताल भर्ना हुने क्रममा पूर्वरानी कोलम ओपिडी वार्डको अगाडि खुड्किलो चढ्नेक्रममा लड्न खोजेकी थिइन् । यसबाट समेत कोरोना संक्रमणका कारण पूर्वराजा, रानीको स्वास्थ्य निकै बिग्रिएको अनुमान गर्न सकिन्छ ।यसअघि निर्मलनिवासमै आइसोलेशनमा बस्दै आएका उनीहरु तीनै जनाको स्वास्थ्य बिग्रिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको पूर्व राजाका संवाद सच

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 148 पटक पढिएको
  • जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

    बझाङ / भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनि भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैैजाँदै गर्दा बाटोमै मृत्यु भयो । कोभिड– १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन् । त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रह

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 167 पटक पढिएको
  • अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

    भरतपुर / भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो ।अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने जनाइएको छ । अपिलमा भनिएको छ “अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौँ ।” अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 106 पटक पढिएको
  • गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा

    काठमाडौँ / गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिएका छन् । दोस्रो चरणको भाइरसको सङ्क्रमण तीव्र भएकाले स्वास्थ्य सतर्कता अपनाउन पनि उनले नगरवासीमा आह्वान गरेका छन् । भौतिक दूरी कायम गर्न, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र न

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 99 पटक पढिएको
  • दोस्रो पटकको परिक्षणमा पूर्वराज दम्पतीमा कोरोना देखियो

    बिर्तामोड / भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।हरिद्धार भ्रमण सकेर गत आईतवार स्वदेश फर्किएका पूर्वराजा र पूर्वरानी लाई कोरोना संक्रमण भएको हो । उनिहरुको शनिबार दिल्लीमा गरिएको  स्वास्थ्य परिक्षणमा नेगेटिभ रिर्पाट आएपछि स्वदेश फर्किएका थिए । स्वदेश आएपछि गरिएको दोस्रो पटकको परिक्षणमा भने संक्रमण देखिएपछि शाह दम्पती सेल्फ क्वारेन्टाइनमा बसेको उनको निजी सचिवालय स्रोतले जानकारी गराएको छ । विदेशवाट फर्किनेले १० दिन क्वारेन्टाईनमा बस्नु पर्ने सरकारी निति समेत रहेकाले शाह दम्पती अहिले क्वारेन्टाईनमा समेत रहेको स्रो

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 716 पटक पढिएको
  • बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

    लहान / उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिएका छन् । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताएका

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 128 पटक पढिएको
  • भारतले रोक्यो अक्सिजन, नेपालमा उपचारमा समस्या

    बिर्तामोड / भारतले अक्सिजन निर्यात रोकेको छ । नेपालमा समेत संक्रमण फैलिरहेको समयमा भारतमा कोरोना भाइरसको संक्रमण बढेको कारण देखाउँदै अक्सिजन निर्यात बन्द गरेको हो ।संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा चिकित्सकले भारतबाट आउने अक्सिजनको आयात रोकिएका कारण कोरोनाको समयमा अक्सिजनको अभाव हुने सरकारलाई जानकरी गराएका छन् । भारतले हाल मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने कतिपय औषधिको समेत निर्यात गर्न छाडेको वैठकमा उपस्थित स्वास्थ्यकर्मीले जानकारी गराएका छन् । संक्रमण बढेपछि आईसीयू कक्ष, जनशक्ति र उपचारमा प्रयोग हुने रेमडिसिभर औषधिको समेत अस्पतालमा अभाव भएको चिकीत्सकले वैठक

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 232 पटक पढिएको
  • न्युरो अस्पताल विराटनगरमा कार्यरत नक्कली चिकीत्सक सहित ७ पक्राउ

    काठमाडौं /  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदेश एककै चर्चित एवं ठुलो अस्पताल विराटनगरको न्युरो अस्पतालमा कार्यरत नक्कली प्रमाणपत्र धारी एक चिकीत्सक सहित ७ जनालाई पक्राउ गरेको छ । सिआइबीले सोमबार पत्रकार सम्मेलन पक्राउ परेका ७ जना नक्कली प्रमाणपत्रधारी डाक्टर र एक जना कन्सलटेन्सी सञ्चालकलाई काठमाण्डौमा सार्वजनिक गरेको छ । सिआइबीले विभिन्न अस्पतालमा छामा मारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी विष्णुपुर–२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा–९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार दे

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 2,823 पटक पढिएको
  • आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया

    टीकापुर / टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ । बर्न इन्ज्युरी(आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो ।शिविरमा आगोले पोलिएर प्राथमिक उपचार नपाएकै कारण विभिन्न समस्या भएका ७०७ ले उपचार सेवा लिएका छन् । जटिल समस्या भएका १७७ लाई थप उपचारका लागि काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ । शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लाष्टिक सर्जन डा सन्तोष भण्डारीले जानकारी दिएका छन् । कैलालीको टीकापुरमा पहिलोपट

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 114 पटक पढिएको
  • सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

    चितवन / सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गरेका छन् । सो अवसरमा उनले अस्पतालको सेवालाई प्रभावकारी बन

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 112 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.