स्वास्थ्य

    Showing 2,431-2,440 of 2,502 items.
  • कोरोना सङ्क्रमितको मृत्यु

    कञ्चनपुर / महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताएका छन् । “भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु”, उनले भने, “अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।”मृत्यु भएका कोरोना सङ्क्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 125 पटक पढिएको
  • सङ्क्रमण बढे पनि आतङ्कित हुनपर्ने अवस्था छैन:मन्त्री त्रिपाठी

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढे पनि नेपालमा सङ्क्रमण बढ्न नदिने बताएका छन् । उनले भारतमा सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि सङ्क्रमणको जटिलता थपिएको बताएका छन् । उनले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिएका छन् । मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने सङ्क्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टिन बनाउने कार्य पनि शु

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 132 पटक पढिएको
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रावल

    कर्णाली / कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गरेका हुन् । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा रावलसँगै प्रा डा रेशम राना र सहप्रध्यापक डा पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो । गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाल

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 118 पटक पढिएको
  • चीनबाट प्राप्त कोभिडविरुद्धको खोप चैत २५ देखि लगाइने

    काठमाडौं / चीनले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप बुधबारबाट लगाउने सरकारले तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताए ।उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर खोप नलगाएकाहरूलाई यो खोप लगाइने बताएको छ।चीनले अनुदानस्वरूप दिएको उक्त खोपको म्याद दुई वर्षको छ। चीनले दिएको यो ८ लाख डोज खोप टेकुस्थित कोल्डरुममा ठाउँ नपुगेपछि एयरपोर्ट भ

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 126 पटक पढिएको
  • ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

    कञ्चनपुर / भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । उनका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 104 पटक पढिएको
  • घाममा डढेको छाला गोरो बनाउने घरेलु उपाय

    बिर्तामोड / हाम्रा हरेक गतिविधि का लागि घाममा हिंड्नुपर्छ। यो सँगै घाममा डढ्ने समस्या पनि आउँछ । अनुहारमा केही दाग नहोस् र सुन्दर राख्नका लागी घाम बाट बच्न जरुर छ  घाममा डढनबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छः– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनु । यसले डढिसकेको छालाको दाग हटाउँछ– घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनु ।– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ ।– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगा

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 214 पटक पढिएको
  • नेपालमा नयाँ प्रकारको कोरोना ‘भेरियन्ट’ पुष्टि

    काठमाडौं / भारतबाट आएकामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको कोरोनाको भेरियन्टबाट सङ्क्रमण भएको पुष्टि भएको हो ।दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।“शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ”, उनले भने, “नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ ।” कोरोनाको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 119 पटक पढिएको
  • कोरोना संक्रमित थपिने मुलुकमध्ये भारत पहिलो नम्बरमा

    काठमाडौं  / छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएको त्यहाँको सरकारी तथ्यांकमा उल्लेख छ ।योसँगै भारत संसार दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको बताइएको छ । शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरेको छ ।यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन्। त्यो दिन अमेरिकामा ७० हजार र ब्राजिलमा ६९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो। यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्द

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 142 पटक पढिएको
  • निःशुल्क स्वास्थ्य शिविरमा २७५ लाभान्वित

    सिन्धुली /  जिल्ला आयुर्वेद स्वास्थ केन्द्र सिन्धुलीले गोलन्जोर गाउँपालिकामा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २७५ जना लाभान्वित भएका छन् ।केन्द्रले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार आयोजना गरिएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ परीक्षण गर्नुका साथै औषधि वितरण र पञ्चकर्म विधिबाट उपचारसमेत गरिएको थियो ।यता जिल्लको तीनपाटन गाउँपालिकामा रहेका  ज्येष्ठ नागरिकका लागि आयुर्वेदिक औषधि वितरण गरिएको छ । तीनपाटन गाउँपालिका आयुर्वेदिक शाखाले नागरिकको घरदैलोमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिएको हो । ज्येष्ठ नागरिकको

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 145 पटक पढिएको
  • बडिगाडमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

    बागलुङ / जिल्लाको बडिगाड गाउँपालिका–२ खर्बाङमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।  जिल्लामा आयुर्वेद स्वास्थ्यको पहुँच विस्तार गर्ने योजना अनुसार दुई स्थानमा सो सेवा स्थापना गरिएको हो ।  जिल्लाका १० पालिकामध्ये ६ पालिकामा आयुर्वेद औषधालय नभएका कारण सरकारको लक्ष्य अनुसार गाउँमा सेवा विस्तार गर्न थालिएको हो । सरकारले नेपालमा २०० बढी आयुर्वेद सेवा दिने गरी नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने निर्णय अनुसार बडिगाडमा बुधबारदेखि नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा. सरोज रायले बताए ।सबै पालिकामा आयुर्वेद सेवा पु¥याउने अभियान अन

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.