स्वास्थ्य

    Showing 2,441-2,450 of 2,502 items.
  • कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

     म्याग्दी / कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो । गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका पाँचमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । पोखरास्थित प्रयोगशालामा गरिएको स्वाब नमूनाको

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 110 पटक पढिएको
  • नवलपुरमा भेटिए १४ कुष्ठरोगी

    नवलपरासी  / नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र  देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन् । यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक÷एक पुरुषमा कुष्ठरोग देखिएको छ । हुप्सेकोट, बुलिङटार र बौदिकाली ग

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 187 पटक पढिएको
  • सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

    कर्णाली  / कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो । आव २०७५र०७६ को सोही अवधिमा पाँच हजार ७४१ तथा २०७६ देखि २०७७ असोजसम्म पाँच हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिए । आव २०७६र७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 149 पटक पढिएको
  • सुदूरपश्चिमः दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाइयो

    बैतडी / बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् ।  सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ ।   सो अभियानमा प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन् । कैलालीमा सबैभन्दा बढी  ६३ हजार  ३९७ लाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिएका छन् । यस्तै, कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार  ५७४, दार्चुलामा १७ हजार १७९, बझा

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 146 पटक पढिएको
  • मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

    बैतडी / पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका  हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए । उनले भने, “मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ ।”मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 162 पटक पढिएको
  • झापा प्रदुर्षणका हिसाबले रेड जोनमा छ : वातावरण विभाग

    बिर्तामोड / देशभरको वातावरण केही दिनदेखि अत्याधिक प्रदूषित भएको छ । यसमा झापा समेत वातावरण अत्याधिक प्रदुषित रहेको वातावरण विभागले जनाएको छ । वातावरण विभागका सुचना अधिकारी शंकरप्रसाद पौडेलले झापाको अवस्था पनि सन्तोषजनक नभएको बताएका छन् । उनले भने ‘झापाको दमकमा रहेको स्टेशनको टिपोट हेर्दा झापा पनि प्रदुर्षणको हिसाबले रेडजोनमा छ, सामान्य अवस्थामा पिएम २.५ को भ्याल्यु ४० हुनु पर्नेमा पछिल्लो २४ घण्टामा दमकमा १६६ देखाएको छ भने आज बिहान १९२ देखाएकाले झापामा प्रदुर्षण  बढ्नेक्रममा छ ।’यो अवस्था मानव स्वास्थ्यको लागि हानीकारक हुने र यो बेला घरभित्रै बस्न समेत आग्रह गरेका छन् । वातावरण प्रदु

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 132 पटक पढिएको
  • फ्रान्समा एकैदिनमा ४२ हजार सङ्क्रमित

    काठमाडौँ (एजेन्सी) फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।   त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।  अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितहरुको सङ्ख्याका आधारमा फ्रान्

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 168 पटक पढिएको
  • सात जिल्लामा कोभिड अस्पताल, ७९ पालिकामा उपचार केन्द्र

    कर्णाली / कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा श्ययासहितको सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरेको छ । भारतलगायतका देशमा पुनःकोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि पर्न जाने भएकाले कोरोना नियन्त्रण गर्न प्रदेश प्रवेशद्वार जाँचको व्यवस्थाका लागि बैठकले यो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 154 पटक पढिएको
  • कतारमा कोभिड १९ को संक्रमण बढ्दो

    काठमाडौँ / कतारमा कोभिड १९ का संक्रमितहरु बढिरहेको जनाइएको छ ।  स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ । यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ । चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तिब

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 162 पटक पढिएको
  • सीमामा एन्टिजेन परीक्षण

    सुदूरपश्चिम / कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको पछिल्लो हप्तादेखि एन्टिजेन परीक्षणको काम भइरहेको छ ।  कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए, नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । कुनै पनि व्यक्तिमा कोरोना भए नभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा. गुणराज अवस्थीले बताए । “यो एन्टिजेन विधि कोरोना परीक्षण गर्ने आरडिटी पिसिआर विधि जस्तै मानिन्छ तर कुन भाइरस हो भन्ने

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 126 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.