विदेश

    Showing 231-240 of 1,585 items.
  • नेपालमा डुबेर हुने मृत्यु रोक्न पौडीबाज लाया सिड्नीमा म्याराथन दौडदै

    सिड्नी । व्यावसायिक पौडीबाज लाया कोमा आउँदो ३१ अगस्ट २०२५ मा सिड्नी म्याराथनमा दौड्दै छिन्।  नेपालमा डुबेर हुने मृत्यु तथा घाइते हुने अवस्थाबारे जनचेतना जगाउन र यसलाई  रोकथाम गर्नका लागि सञ्चालन हुने गतिविधिहरूलाई सहयोग गर्न आफूले उक्त दौडमा भाग लिन लागेको उनले बताइन् ।सिंगापुरमा रहेकी उत्साही ‘लाइफसेभर’ लाया ‘ए ग्लोबल मिशन टु एण्ड ड्राउनिङ—स्टार्टिङ विथ नेपाल’ (डुब्ने समस्याको विश्वव्यापी अन्त्यको ‘मिशन’, नेपालबाट शुरू गरौं)भन्ने नारासहित म्याराथनमा सहभागी हुँदैछिन्।नेपालका विभिन्न भागमा, विशेषगरी बालबालिकाहरू, डुबेर अकालमा ज्यान गुमाइरहेका छन्। तराई–मधेश क्षेत्रमा मात्र डुबेर हुने

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 197 पटक पढिएको
  • इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा

    काठमाडौं— इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् ।बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौं। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ ।’तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन्

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 535 पटक पढिएको
  • छोराको हत्या गरी फरार 'माेस्ट वान्टेड' अमेरिकी महिला भारतमा पक्राउ

    वासि‌गटन डिसी, ६ भदौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले भारतबाट शीर्ष १० मोस्ट वान्टेड फरार महिलालाई पक्राउ गरेको छ । सिन्डी रोड्रिग्ज सिंह नामकी यी महिलामाथि आफ्नै ६ वर्षीय छोरा नोएल रोड्रिग्जको हत्या गरेको आरोप छ ।एफबीआई निर्देशक काश पटेलले बिहीबार एक्समार्फत यो जानकारी दिएका हुन । उनले सिन्डीले आफ्नो ठेगानाको बारेमा झूट बोलेको र त्यसपछि भारत भागेको बताए। एफबीआईले भारतीय अधिकारी र इन्टरपोलको सहयोगमा सिन्डीलाई २० अगस्ट २०२५ मा भारतबाट हिरासतमा लिएको हो । उनलाई अमेरिका फिर्ता पठाइएको छ, जहाँ उनीविरुद्ध कानुनी कारबाही गरिने छ।सिन्डी एफबीआईको शीर्ष १० मोस्ट वान्टेड फरारको सूचीमा परेकी थिइन्।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 217 पटक पढिएको
  • शंकास्पद गतिविधिमा संलग्न इन्डोनेसियाका तीन नागरिक नियन्त्रणमा

    काठमाडौं— अध्यागमन विभागले शंकास्पद क्रियाकलापमा संलग्न तीन इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये एक जना पर्यटक भिसामा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए।गृह मन्त्रालयका अनुसार, सन् २०२४ मा नेपाल प्रवेश गरेकी एक इन्डोनेसियाली महिलाले अध्ययन भिसाको उद्देश्य विपरीत ललितपुरको धोबिघाट क्षेत्रमा मुस्लिम धर्मको प्रचार–प्रसारमा संलग्न रहेको पाइएको छ।प्रहरी अनुसन्धानबाट ती महिलासहित अन्य व्यक्तिहरूले कुरान पढाउने कार्यमा समेत संलग्न रहेको खुलेको छ।अध्यागमन विभागले उनीहरूको गतिविधि शंकास्पद रहेको भन्दै हाल अनुसन्धानको दायरामा राखिएको जनाएको छ। आवश्यक अनुसन्धानपश्चात उनीहरूमाथि अध

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 533 पटक पढिएको
  • ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

    काठमाडौं— एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ ।यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।यसअघि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 588 पटक पढिएको
  • लिपुलेकमा नेपालको अधिकारमाथि भारत असहमत

    काठमाडौं—  भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् । विज्ञेप्तीमा भनिएको छ,‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ। यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा कृत्रिम रूपमा भूभाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’बुधबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिप

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 458 पटक पढिएको
  • युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

    काठमाडौं— युक्रेनी सैन्य केन्द्रहरुमा रुसले आक्रमण गर्दा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको रुसले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, विगत २४ घण्टामा, रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसन सैनिक केन्द्रहरूमा आक्रमण गरेको छ । जसमा १,३०० भन्दा बढी युक्रेनी सैन्य कर्मचारीहरू मारिएका छन् र घाइते भएका छन् ।आक्रमणहरूले ट्याङ्क, बख्तरबंद सवारी साधन, रकेट लन्चर, इलेक्ट्रोनिक युद्ध स्टेशन, गोलाबारुद डिपो र अन्य धेरै लक्ष्यहरू नष्ट गरेको रिपोर्ट गरिएको छ । प्रतिवेदनमा यो पनि भनिएको छ कि रूसी वायु रक्षा बलहरूले एउटा रकेट र २१७ फिक्स्ड–विङ ड्रोनहरू खसालेका छन् ।यद्यपी,

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 536 पटक पढिएको
  • फिनल्याण्डका सांसदले संसदभित्रै आत्महत्या गरे

    काठमाडौं— फिनल्याण्डको संसद भवनभित्र ३० वर्षीय सांसद ईमेली पेल्टोननले आत्महत्या गरेका छन्। उनी सामाजिक लोकतान्त्रिक पार्टी (एसडीपी)का सांसद थिए।आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा पेल्टोननले आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए। यसपछि, अर्को रोगका कारण उनले संसदीय कामबाट बिदा लिनुपरेको थियो।पेल्टोनेन २०२३ को चुनावमा ५७४७ मत प्राप्त गरेर सांसद बनेका थिए। उनी संसदका केही समितिहरूमा काम गर्थे। उनी जार्वेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।एसडीपी नेता टिटी टुपुराइनेनले भने, 'ईमेलीको मृत्युबाट हामी धेरै दुखी छौं। उहाँ सबैको मायालु हुनुहुन्थ्यो। यति सानो उमे

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 533 पटक पढिएको
  • सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती

    काठमाडौं— सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यी बिच मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्तामा यस्तो सहमती भएको हो ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय विदेश आयोग कार्यालयका निर्देशक समेत रहेका वाङले आफ्नो दिल्ली भ्रमणका क्रममा मोदीसँग भेट गरेका हुन् ।सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमती गरेका हुन् । यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 601 पटक पढिएको
  • एनआरएनए डेनमार्कको सुरेश पुन नेतृत्वको समितिले पायो औपचारिकता

    काठमाडौं— जुलाई ३१, २०२५ मा सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), डेनमार्कको नयाँ कार्यसमितिले औपचारिकता पाएको छ ।कोपनहेगनमा आइतबार शपथ ग्रहण गर्दै कार्यसमितिले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको हो । नयाँ कार्यसमितिका अध्यक्ष सुरेश पुन लाई निर्वाचन आयुक्त भुवनध्वज थापाले शपथ ग्रहण गराएका थिए भने बाँकी पदाधिकारीहरूले पनि अध्यक्ष पुनको उपस्थितिमा शपथ लिँदा नयाँ कार्यसमितिले औपचारिकता पाएको हो । डेनमार्कमा रहेका नेपाली समुदायप्रति आफ्नो शुभकामना व्यक्त गर्दै डेनमार्कका लागि नेपाली राजदूत तथा प्रमुख अतिथि सुम्निमा तुलाधरले

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 479 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा